– जगत नवोदित

यो गोलो भू-खण्डमा
एकदिशा हाँसिरहे पनि
बाँकी तीनदिशा रोइरहेछ

हामी मान्छे बन्न नसकेका मान्छेहरु
फूल फुलिरहेको धर्तीको आङमा
विषालु काँडा रोपिरहेछौ.
वेलावखत चल्ने आँधी-हुरीभन्दा
खतरनाक भर्ुइचालो बनिरहेछौंर्
धर्मको नाममा बाटो भत्काएका छौं
रङ्गको नाममा युद्ध चर्काएका छौं
सिर्फकसैको स्वार्थ पूरा गर्न
निर्दोषमाथि आतङ्क मच्चाएका छौं

हुँदा- हुँदा, फूलको बलात्कारमा ताली बजाएका छौं
जूनको मृत्युमा उत्सव मनाएका छौं
रगाताम्य त्यो भियतनामको घाइते घाउ
आज पनि दुखिरहेछ मुटुमा
हिरोसिमा र नागासाकीको दर्दनाक चीत्कार
आज पनि गुन्जिरहेछ कानमा

कसै-कसैको भित्रभित्रै चिसिएको सम्बन्धमा
यहाँ बषौँ चिसो युद्ध चल्यो
कोही-कोहीका तातिएको रिसको झोंकमा
यहाँ महिनौँ बम पड्कयो
तर अरिकी भोकहरु
ज्यानको भिखहरु माँगिरहँदा
किन भोकको विरुद्धमा कुनै युद्ध चलेन ?
अफ्रिकी गरिवीको विरुद्धमा
किन कुनै बम पड्केन ?

मार्लिन मुनरोको नाङ्गो तश्विर किन्न
तँछाडमछाड गरिरहेका यी मान्छेहरुलाई
के थाहा छ ?
यही धर्तीमा अर्को मार्लिन मुनरो
केवल बाँच्नको लागि
आफुलाई बेचिरहेकी छे
सभ्यताको नाममा
क्रमशःनाङगिरहेका मान्छेहरुलाई
के जानकारी छ ?
यही भुगोलमा एक पाउ आङ छोप्न नपाएको
अभागी मान्छे पनि छ

गोलो पृथ्वी
समान रुपमा घुमिरहेझैँ
धर्तीका लागि सबै एउटै हो

एउटा धर्ती सबैका लागि बराबरी हो
अफ्रिकी कागहरु
उत्तरगामी कर्याङकुर्याङहरु
दक्षिणतिरका परेवाहरु
पूर्व वा पश्चिमतिरका कुनै पनि पंक्षीहरु
सबैले समानरुपमा उड्न पाउँनुपर्छ आकाशमा
सबैले स्वतन्त्र भएर बाँच्न पाउँनुपर्छ यो धर्तीमा

खवरदार ! कुनै मान्छेलाई
धर्तीको सङ्लो जिन्दगीमा
विष घोल्ने अधिकार छैन
हाम्रो जीवन फुल्ने बरदान धर्तीको जिन्दगीसित
खेलवाड गर्ने कसैलाई इजाजत छैन ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *