चर्चा किन्न भौतारिने हजार छ यहाँ
त्यसैले त चर्चा बेच्ने बजार छ यहाँ !

एउटा मुहार दुइटा रुप मान्छे चिन्नै गाह्रो
कसको हातमा जहर भर्ने औजार छ यहाँ !

दुनियाँको आँखा छल्दै कालो धन्दा गर्छन्
कर्तुत ढाक्ने टालो बाध्ने इजार छ यहाँ !

निर्दोषलाई दोषी बनाई दोषी देवता बन्छन्
जाली फटाहालाई संसार गुलजार छ यहाँ !

असत्यको हार हुन्छ समय आउनु पर्छ
एउटा युगिन दिनको इन्तजार छ यहाँ !

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *