कवि वियोगी काइँलाकृत ‘नीलो सपना’ कवितासँग्रहमाथि मेरो छोटो टिप्पणी

प्रतिसमालोचना सिद्वान्तबाट वियोगी काइँलाप्रतिपादित ‘नीलो सपना’लाई पर्गेलिरहेछु । रङ्ग नीलो र सपनाको अन्तरसम्बन्धन साहित्यिक मनोविज्ञानको व्यवस्थितता काइँलाकृत शीर्षक र कविताभरि-भरि देखिन्छ । कवि,भोक्ता र पाठकको मनलाई टाकटुक अभिग्रहण गरेर कविता लेखिनु साहित्यिक मनोविज्ञानको प्रयोगको छेलोखेलो हो । मनोनिज्ञान भनेपछि मनको अवस्थलाई खोतलखातल पार्नुपर्ने हुन्छ । टोपोग्राफिकल र डाइनामिक दुवै किसिमले तीन -तीन अवस्था छन् । इदम्, अहम् , पराहम गेयात्मक अवस्था हुन् भने चेतन, अर्धचेतन र अचेतन आकारात्मक अवस्था हुन् । ‘अचेतन’ मनको सबैभन्दा ठूलो भाग हो र सपना अचेतन मनले देखिन्छ । सपनाको मीमांसामा फ्रायड, एड्लर र युङलाई भेटिवरी बहुरङ्गवादले एक कदम वियोगी काइँला अघि बढेका छन् । बहुरङ्गबादले मनका यी तीन अवस्थाहरु हल्लिन्छन् -शाब्दिक कलाले पार्थक्यवादको परिसर वरपर । हाम्रो बहुरङ्गवादको एक जना प्रखर अभियन्ता पनि हुन् वियोगी काइँला ।
युङले भनेका छन्- अचेतन मन पनि दुई किसिमको हुन्छ । व्यक्तिगत र जातिय । यी दुईखाले व्यक्तिगत र जातिय अचेतन मनको सम्यक परिमिलनबाट र मनको तीनै अवस्थाबाट उब्जिने चिदवैषम्यले गतिशिलतालाई बोकेर ‘नीलो सपना’ विनिर्मिति छ । विनिर्मिति भन्नाले फ्रायड, एडलर र युङभन्दा एक कदम अगाडी बढ्दै वियोगी काइँलाले मनका तीन अवस्थाहरुमा केहि अपुगहरु स्वकियतामा थैथाप गरेका छन् । त्यसो र, मनको तीन अवस्थाको निर्मितिको विनिर्मिति भको हो – ‘नीलो सपना’ ।
पान्थरको पौवासारताप एउटै ठाउँमा एकै धाराको पानी पिउने कविहरु चार काइँला छन् – बैरागी काइँला, विरही काइँला, वियोगी काइँला र समदर्शी काइँला । यी काइँलाको काव्यिक दुमो उप्रान्त काइँलाहरु जन्पिदैनन् वा जन्माउँदैनन् होला । जेठा र कान्छा वा जेठा वा कान्छा मात्रै जन्मिरहेको छ । बैरागी काइँलाले वैचारिक प्रतिचिन्तन ‘तेस्रो आयाम’ कपेका छन् । विरही काइँलाले ‘सहप्रकाश्य’ कपेका छन् । वियोगी काइँलाले प्रतिचिन्तन मनको गतिशील रङ्गबोधन कपेका छन् । समदर्शी काइँलाले बहुरङ्गवादमा चिदवैषम्य कपेका छन् । यी चारकाइँला मध्ये वियोगी काइँला अलिक फरक विशिष्ट प्रतिचिन्तन मनको गतिशील रङ्गबोधन लिएर ‘नीलो सपना’ ऊद्वारा देखिइएको छ अर्थात् ‘नीलो सपना’ को एकमुष्ट सार मनको गतिशील रङ्गबोधन भएको छ ।
विचलन(Subversion) को चलनबाट चल्ने कवि वियोगी काइँलाले चेतनास्व ज्ञानको आविष्क्रृति र मौलिकतामा कविको विशेष स्वतन्त्रता(Poetic License )को सदुपयोग गरेका छन् कविताभरि-भरि । द्वन्द्वको सकारात्मक व्यवस्थापनबाट मात्रै जीवन समृद्व हुन्छ भन्ने दूरदृष्टिकोण कविले प्रारम्भप्रक्षेपण गरेर अन्त्यमा ‘आत्महत्या फिर्ता’ मा क्रियाकलाप रङ्गगता अर्थात् गतिशील रङ्गबोधन गरेका छन् टुङ्गाउनीमा । नीबूखोला र स्याङ्बाखोलाको डिलमास्तिर खेल्ने कविले लागिमा साध्यताले प्रतिकृतिमूलक सिद्नान्तमा शब्द खेलेका छन्/भाव खेलेका छन् मनको सौंन्दर्यशास्त्रमा रङगीन सपना देख्दै ज्ञापक र ज्ञापितको सम्बन्धन खोलाको लहरहरुजस्तै लागि बसेर । खोलाको लहरहरुले बहुलता,नवीनता र अनिश्चतता उत्तरआधुनिकताको अभिसंकेत गर्छन् । उत्तरआधुनिकतावादमा कविले हल्का विद्रोह गर्छन् ‘मक्किएको मुढाजस्तो भौतिकता’ को कारण आत्मिक पाटोलाई मनको सिद्वान्त बोकेर विसङ्घटनतिर लाग्छन् -मौविनिहासाको गवेषण । यसलाई अनेकार्थकता (Ambiguity)को अन्वेषण पनि भनौं । किनाराकृत समर्थन ‘फूलमाया’ कवितामा ‘मन -माया’ र ‘देश -माया’को मेल अन्तरपाठ छ मनोदवेगहरुको सम्यक व्यवस्थापन । रुप र विषयवस्तुको बहुलसाइनो अलिकति केलाएर यसरी वियोगी काइँलाप्रतिपादित ‘नीलो सपना’ कवितासँग्रहमाथिको मेरो सङ्क्षिप्त पारिचयिक सक्छु ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *