बिहे भइसकेपछि साथी भएका रोशना र रस्मीले कुरैकुरामा एकदिन आफ्ना बितेका पल खोतल्न थाले। एक अर्काका जीवनमा घटेका गतिविधि र कहानी सुनाउँदै र सुन्दै गए। रस्मीको मागी बिवाह भएको रहेछ । दुख सुखका सबै कहानी साथीलाई सुनाएर मन हल्का बनाई । अनि रोशनालाई पनि उसको बारेमा भन्न लगाई । तर रोशना किन हो कुन्नि एकछिन टोलाई। यो बारेमा भन्न नचाहेको जस्तो गरी । आखिर मिल्ने साथी कतिबेर पो लुकाउने ! कहानी शुरु गर्न थाली।” हेर रश्मि ! मेरो न मागी बिवाह न भागी बिवाह ! म कलेज पढ्दा मलाई एकैचोटि २ जना केटाहरु उमेश र सुरेशले मन पराएका थिए । मैले भने मनमनले उमेशलाई नै बढी मन पराउँथें । तर उसलाई भनेकी थिइन ।सुरेशलाई भने सामान्य साथीको रुपमा हेर्थें ।””अनि त्यसपछि के भयो त छिटो सुनाउन ” – आतुर हुँदै रश्मीलेफेरि बुझ्न चाही । अनि रोशनाले आफ्नो कहानी यसरी सुनाउँदै भनी -” पछि बि बि एस दोस्रोबर्षको परीक्षा सकिएपछि एकदिन म घरमै बसिरहेकी थिएँ । दशैंको फुलपातीको दिन थियो । टोलका सबैजना त्यहीँ नजिकैको भगवती मन्दिरमा फुलपाती भित्र्याउने तरखरमा थिए। त्यही बेलामा उनीहरु दुबैजना मेरो घरमा आएर मलाई बोलाए। किन होला भनी म बाहिर आएँ । अल्लि पर लगेर मलाई उनीहरुले पालैपालो सोधे – ” भन रोशना तिमीले मलाई मन पराउँछ्यौ होइन त ? ” दुबैजनाको यस्तो प्रश्नले म भावुक भएँ । “एकपल्ट मलाई नसोधी , थाहा नै नदिई के यस्तो अमानविय चाल चालेका ? म तिमीहरूलाई साथीको रुपमा मात्र हेर्छु । गइहाल यहाँबाट ।” मेरो कुरा सुनेर जानुको सट्टा आफुआफुमाझन् दोष दिन थाले । ” तैंले गर्दा म रोशनालाई गुमाउन चाहन्न !” भन्दै एकआपसमा लड्न पो थाले। म उनीहरुको यस्तो हरकत देखेर दिक्क भई घरभित्र गएँ।””एकछिन उमेशले मलाई सबैको अगाडी घरबाट तानेर बाहिर ल्यायो । उसको चाला देखेर सुरेश लगायत देख्ने जति सबै हेराहेर गरेर ट्वाल्ल पर्न बाध्य भए किनकि उसले देवीलाई पूजा गर्न भनि राखेको पूजा सामाग्रीबाट रातो धुलो तुरुन्तै झिकेर मेरो मुख भन्दा सिधा , एक बित्ता माथी लगेर रङ्ग्याइदिएको थियो।”