हजुरआमा बिरामी हुनुहुन्छ । भन्ने चिट्ठी हात परेकाे भोलिपल्टै भालेको डाक अघि ऊ अामाले बनाएकाे एक थाल जाउलाे खाएर, तराईबाट अाफ्नाे जन्मस्थल पहाडी जिल्लाको लागि निस्किएको थियाे । त्यसबेला पृथ्वी राजमार्ग र नारायणगढ ->मुग्लिङ्ग सडकखण्ड निर्माण भएको त्यस्तै अाठ, दस वर्ष मात्र भएकाे थियाे । नारायणगढ देखि काठमाडौ सम्मकाे यातायातको लागि बस र ट्रकहरु दिनमा पाँच, सातवटा मात्र छुट्थे । दुई, अढाई घण्टाकाे पर्खाइ पछि उसलाई एउटा ट्रकमा यात्रा गर्ने साैभाग्य जुरेकाे थियाे । पृथ्वी राजमार्गको गल्छी भन्ने ठाउँमा अाेर्लेर चार,पाँच घण्टा उत्तर-पुर्बको पैदल यात्राकाे लागि दस मिनेट जंगल र पहाडकाे गाेरेटाे बाटो के हिडेकाे थियाे । दुईजना भुसतिघ्रेहरुले उसको फर्कने गाडीभाडा, झाेला, दुई मुठी चिउरा र अरु केही खत्राकखुत्रुक सरसामान लुटेर हिडें । जब ऊ बेलुका पख भाेक र तिर्खाले व्याकुल हुदै जन्मघर पुग्याे । हजुरबुवा पिढीमा बसेर तमाखु तान्दै हुनुहुन्थ्यो । अाफ्नाे परिचय दिदै भन्याे, म साहिंलाकाे छाेराे । अाेहाे ! नाति त लाठेपाे भैसकेछ । “हजुरबुवा, हजुरआमालाई अहिले कस्तो छ ?” तेरी हजुरअामा बितेको तीन महिना भैसक्याे बाबू ! “अनि साहिंला र साहिंलीलाई कस्तो छ ?” अामालाई सन्चै छ । तर बा, बाईराेडकाे बाटाेमा कुल्लीकाम गर्दा भिरबाट लडेर बित्नुभाकाे पनि सात महिना भैसक्याे । चिठी पठाएको थिएँ त । पाउनु भएन र ?

151514 commentsLike

Share

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *