-विनाेद नेपाल

घुम्दैफिर्दै फेरि त्याे दिन आईपुग्याे । फेरि एकपटक उनीहरुको स्मरण गरियो । शालिक र तस्बिरमा फूलमाला चढाईयाे । प्रमुख वक्ताले उनीहरुको प्रशंसा गर्दै र दुखद दुर्घटनाको स्मरण गर्दै ‘घटनाकाे निष्पक्ष छानबिन हुने र दाेषीलाई दण्डीत गरिने ‘ बताए ।

पररर ताली बज्यो ।

उनीहरुको गुणगान गाउँदै उनले अगाडि भने ‘हामी वहाँहरुले देखाउनु भएको बाटाेमै हिंडेका र हामी यसैगरी सँगसँगै हिंड्ने छाैं । यसाे गर्दा वहाँहरुकाे आत्माले शान्ति पाउने छ ।

फेरि पनि पररर ताली बज्यो ।

कार्यक्रम सम्पन्न भयाे । तितरबितर भई सबैजना आआफ्ना बाटा लागे ।

कार्यक्रममा सहभागी हुन गएका बाबुसँग पछि लागेर पुगेकाे बालक याे दृष्य देखेर आश्चर्यमा पर्‍यो । उसले बाबुसँग भन्याे – ‘ अघि भर्खर एउटै बाटाे सँगसँगै हिंड्ने भनेका अङ्कलहरु त फरकफरक बाटाे पाे लाग्नुभाे !’ ‘ठूला मान्छे पनि झुट बाेल्दारहेछन् है बा’

२०७७।०२।०३

श्रोत : लघुकथा कुनो

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *