प्रीय गुरुबर !!!!!!
नमस्कार !!!
म शिबपुरिको बेशीमा लुकेको सहरको परदेशिको तर्फबाट ।र मैले आज करिब एक दशक पछि बिहानै एक्कासी ४२0 भोल्टको लकडाउनले मुटु हल्लाए पछि दिमाखमा यो माला बनाउदै छु ।र यो माला लाउन योग्य ठहर्छ ठहर्दैन !!यहाँहरुले नै मुल्यांकन गरि लाउनु होला ।
आज यस्सो खुस्स भुँडीभोजन लिन घुम्तिको चोक तिर निस्केको के थिएँ दुरुस्तै मेरा प्रीय गुरुङ सर जस्तै मानिस पो भेटेँ त ।,,,होचो कद,,,,गोलो अनुहार ,,,चिम्सा आँखा ,,,,मोटो घाँटी ,,,,छोटो हात ,,,,,अनि पोटिला औलाहरु ।नजाने जस्ले कति बट्टा चकहरु घोट्यौ होला ।र धुलो फोक्सोमा हुल्यौ होला ।र म जस्ता हजारौ योद्धाहरुलाई पाईको भ्यालु सिकाउदै टाई लाउन सक्ने बनायौ होला ।तर सर तिमिलाई थोरैले सम्झन्छन ।र म पनि त्यस्तैमा पर्छु ।किनकी तिमिलाई बिर्सेर पनि सम्झन सक्तिन ।र एउटा कुरा मलाई तिमी भनिस चाई नभन्नु ल !!।किनकी ज्यादै प्रीय र सम्माननिय मानिसलाई तपाईं हैन तिमी भन्दा हुन्छ ।

पक्कै तिमिलाई यस्तै लाग्दो हो, सामाजिक सन्जालको यो सजिलो दुनियाँमा कम्तिमा सर! सन्चै त हुनुहुन्छ ????भनेर बोलाउन त सकिन्थ्यो ।तर म बोलाउदिन किनकी सर म उडेर जुन छुन्छु भन्ने तिम्रै विद्यार्थी हुँ ,भनेर घमण्ड गर्न सक्ने म मा सामर्थ्य छैन ।र पनि मैले कहाँ बिर्सन सक्छु ,,,,,र त्यो पानी ट्यान्की माथी ,,,रमेश !!आउ पढ् भनेको ।त्यो पिपलको बोटनीर अजिङ्गरको आहारा दैबले जुटाउछ भनेको ।,।।,,,,यस्तै यस्तै ।।
म आज घरहरुको बिच्चमा बसेर ती स्कुले दिन सम्झन्छु ।र खोल्छु रहस्य ,,,मनमनै !तिमी को मार्फत आएका थियौ ।कहाँ रहेका थियौ ,,म त्यही बाटो हिन्दा चिआई चिआई हेर्ने गर्थेँ ।तिम्रा गहिराईका बेदनाहरु ।
र अर्को कुरा म आज यति धेरै शब्द लेखिसक्दा पनि किन किन अझै खुल्न सकेको छैन।र फेरि सबै खोलिहाल्नु पनि त भएन ,,किनकी पुरै खुल्दा भोलि फेरि बोल्ने बाटो पनि नरहला ।र खुल्दा मलाई आरोप लगायो चाहिँ नभन्नु , नि ल !!किनकी ,, मैले मेरै गुरुहरुलाई आरोप लगाएको चाई हैन ,,जबकी गुरु जस्तै भएपनी माता पिता समान हुन्छन् त्यसैले ।तर मेरा केही यस्ता गुरुहरु पनि थिए ।सम्झेर ल्याउदा ,,,,,,पढाउने विषयबस्तु फुट्टी कौडी नआउने तर हातमा छडी लिदै ल यो घोक भन्दै घोक्न मत्रै लाउने पनि गुरु थिए ।आफ्नै आफन्तलाई बढी नम्बर दिने पनि गुरु थिए ,,,,,विद्यार्थीले आफ्नै पोल खोल्यो भनेर बिना गल्ती पनि खोतली खोतली पिटन आउनी पनि गुरु थिए ।अरुको छात्रवृत्ति खोसेर आफ्नैलाई दिन लाउनी पनि गुरु थिए । पढाई छोडेर विद्यार्थीकै पछि लाउने पनि गुरु थिए ।तर यो सबै मेरो गलत बुझाई रहेछ ।
र मन निचर्ने कुरो ,,,,,?पढाउन निकै विद्वान र प्रखर भएर पनि आफ्ना दामलेहरु UK र पोखरा सर्दा पनि ,,,आफू गाउँकै स्कुलमा थेच्चिन पर्दा ,,,र अझ भित्र आफ्नै भाइ समानका सहपाटिबाट चेप्पिन पर्दापर्दै पनि ,,,स्कुलकै चिन्ताले कक्षामा पढाउदा पनि बाहिर बाहिर हेरेर पढाउने ,,,सङघर्सले खारिएका र म छुट्टीदा ,,,,,जो जस सङ्ग सम्बन्धित छ लेखेर पठाउने पनि मेरै गुरु थिए ।

आखिर सच्चा गुरुलाई म हिजो जति पुज्थे आज पनि त्यत्तिकै पुज्ज्छु ।सायद ,,,,पेसाको कर्मले सेकाएको मर्म हो कि ????त्यसैले आज भोलि सोच्दा पनि यस्तो लाग्छ ,,कि ,,,,,,केही सम्बन्धहरु यस्ता हुन्छन जो कोट्याएर बोलाइदैनन ,,तर सम्झनामा कोट.टीएर बसि रहेका हुन्छन ।
र अन्त्यमा सर !तपाईंहरुले जति पढाउनु भयो ,,मैले मात्र किताब पढ्न सिके ,,,,,जिबनको पढाइ त किताबहरु भन्दा पनि अझै धेरै पढ्नु रहेछ त्यसैहरुले त सर !!! मलाई जिबनका मीठा सिक सिकाए । ।जस्लाई तपाइँहरु कै यादहरु सङ्ग घोलेर पिउदै आजपनि वास्तविक जिबनको स्वाद लिईरहेछु ।।।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *