देश बिकासमा विद्यार्थीको भुमिका भन्ने शिर्षकमा चर्चा गर्नु भन्दा पहिला,हामिले बुझ्नु पर्छ कि देश र विद्यार्थी भनेका के हुन्?यिनिहरु बिच कस्तो सम्बन्ध छ?देश(राष्ट्र वा मुलुक) भनेको राजनितिक भुगोल अथवा अन्तरास्ट्रिय राजनिती अनुसार निश्चित सिमारेखा भित्रको भौगोलिक भुभाग हो। देशलाई कुनै व्यक्ति जन्मेको, बसोबास गरेको वा नागरिकता पाएको जमिन पनि भनिन्छ।त्यस्तै विद्यार्थी (शिष्य) भनेको ज्ञान आर्जन गर्ने ब्यक्ति हुन्।यिनिहरु मा स्कुले बालक देखि कलेजमा पढ्ने युवा सबै समेटिन्छन् र घरमै स्व अध्यन गर्ने ब्यक्तीलाई नि विद्यार्थी भन्न सकिन्छ।
कुनै पनि देशको विकासमा विद्यार्थीको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ। देश विकासको मुख्य आधार भनेकै विद्यार्थी हुन्।आजका विधार्थीहरुले भोलि गएर देशको सम्पूर्ण दायित्व आफ्ना काँधमा लिने हुँदा देशको भविष्य उनीहरूकै हातमा रहेको हुन्छ।भनिन्छ नि आजका विद्यार्थी भोलिका देशका कर्णदार हुन्।आज विद्यार्थीले आफ्नो गुरुबाट के शिक्षा पाउछन्, त्यही शिक्षालाई भोलि उनिहरुले भविस्यमा लागू गर्छन्।अझै भन्नै पर्दा त,आजका विद्यार्थी नै भोलि गएर कुशल प्रकाशक, शिक्षक,डाक्टर बनेर देश विकासका कार्यमा जुट्ने भएकोले कुनै पनि देशले हरेक क्षेत्रमा उन्नति गर्नका लागि विद्यार्थीको भर पर्नु नै पर्छ।उदाहरणको लागि,आज हाम्रो देश बिकासमा पिछडिएका राष्ट्रको सुचिमा छ।यसको मुख्य कारण भनेको विद्यार्थीको अभाव नै हो।यो देशले हरेक क्षेत्रमा शिक्षित जनशक्ति पाएन त्यसैले बिकासमा पछाडियो।त्यसैले हामी हाम्रै देशबाट प्रष्ट हुन्छौ कि विद्यार्थी को भुमिका कति हुन्छ देश बिकास मा भनेर।यति हिजोको समयमा गुणस्तरीय शिक्षा प्रदान गरेर शिक्षित जनशक्ति निर्माण गरेको भए आज को दिनमा हामिले छिमेकी मुलुक चीनलाई बिकासमा उछिनिसक्थ्यौ।भन्न खोजिएको यति हो,राष्ट्र बिकासमा विद्यार्थीको भुमिका भनेको माछालाइ पानीको भुमिका जस्तै हो।
हुनत देशको चौतर्फी विकास गर्नका लागि प्रकाशक, शिक्षक, डाक्टर आदि सबै वर्गको उतिकै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ तर प्रकाशक,शिक्षक,डाक्टर पनि तिनै विद्यार्थी हुन् ।यी सबै हुन विद्या एकदमै अपरिहार्य छ।जे होस्,जसरी होस् राष्ट्र निर्माण र बिकासमा श्रेय विद्यार्थीलाई नै जान्छ।विद्यार्थीहरू देशका समेत नागरिक हुन्: सक्षम जनशक्ति हुन्। विद्यालय र कलेजमा गहिरो अध्ययन गरेर उनीहरू राष्ट्रिय र अन्तरराष्ट्रिय गतिविधिबारे राम्रै जान्ने-बुझ्ने मौका पाएका हुन्छन्। उनीहरूको गहिरो अध्ययनबाट पता लाग्ने नया-नया कुराहरूबाट सबै लाभान्वित हुन्छन्। अर्कातर्फ विद्यार्थी काल नै मानव जीवन को बिहानी भएकाले असल गुण हरु र राष्ट्रियता को बृक्षरोपण विद्यार्थी कालमै हुन्छ। देशको विकास गर्नुपर्ने भावना पनि प्रत्येक व्यक्तिमा विद्यार्थी अवस्थामै पलाउँछ। त्यसैले देश विकासमा विद्यार्थीले खेल्ने भूमिका सबैभन्दा महत्त्वपूर्ण छ।
वर्तमान अवस्थामा हाम्रो राष्ट्र केही स्वार्थी र असिक्षित मानिसहरूले गर्दा भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको छ। भ्रष्टाचारबेगर न्याय पाउन पनि गार्‍हो भइसकेको छ। भ्रष्टाचारको अन्त्य हुनु नितान्त आवश्यक भइसकेको छ। विकासको हरेक पाइलामा इमानदार मानिसहरू अगाडि आउनु र उनीहरूलाई प्रतिष्ठा प्रदान गर्नु वर्तमानको खाँचो रहेको छ। एउटा विद्यार्थी निस्स्वार्थी हुनुपर्छ र निस्स्वार्थको पाठ प्रत्येक विद्यार्थीलाई पढाउन अघि सर्नुपर्छ। यसबाट एउटा यस्तो समूहको निर्माण हुन्छ, जसले राम्रो समाज र सक्षम राष्ट्रनिर्माणमा कुशल नेतृत्व प्रदान गर्न सक्छन्। यस अर्थमा विद्यार्थीहरूले नयाँ र पुरानो पीढीबीच सेतुको काम पनि गर्नुपर्छ। उनीहरूले पुरानो पीढीसँग सुझाव लिएर नयाँ पीढीलाई दिशानिर्देश गर्नुपर्छ। यसबाट ज्ञानवृद्धिकासाथसाथै राष्ट्रनिर्माणमा समेत मदत पुग्छ। 
अब हामिले बुझ्नु पर्छ कि विद्यार्थी वर्गबाटै देशले आफ्नो भविष्य बन्ने आशा राखेको हुन्छ। हुन पनि उनीहरूकै कार्यकुशलताबाट देशको भविष्य चम्किन्छ। त्यसैले उनीहरू देश विकासका आधारशिला हुन्। विद्यार्थी वर्गका भावना कुनै पनि देशको विकास संग सम्बन्धित कार्यमा हुन् त्यो असम्भव छैन र यस कुरातर्फ विद्यार्थीले सोच्नुपर्छ। विद्यार्थी कालदेखि नै देश बनाउने कार्यमा सकेसम्म प्रयास गर्ने र निजी स्वार्थ पुरा गर्ने सोचाई पटकै नलिई देशका लागि मरिमेटेर लाग्ने बानी बसाल्नु असल विद्यार्थीको खास लक्षण हो। देश विकासको कार्यलाई टेवा पुर्याउने ज्ञान र सिप सिक्ने काममा जुटिरहनु नै विद्यार्थीको कर्तव्य हो। विद्यार्थीहरूका पढाइबाटै देशको चौतर्फी विकास हुने भएकोले देश विकासमा विद्यार्थीको भूमिका उल्लेखनीय रहेको छ।
तसर्थ विद्यार्थी जीवन ज्यादै संवेदनशील हुन्छ। यस बेलामा विद्यार्थीले पढाइ बाहेक अरूतिर ध्यान दिनुहुन्न। पढाइलाई वास्ता नगरी अन्य क्रियाकलापमा लाग्ने विद्यार्थीको जीवन नै बर्वाद हुन्छ।विद्यार्थीलाई गिलो माटोको रुपमा लिइन्छ।यस्तो बेलामा उनिहरुले जस्तो शिक्षा पाउँछन्,उनिहरु भविस्यमा त्यस्तै बन्छन्।त्यसैले भविष्यका कर्ण्धार विद्यार्थीहरुलाइ देश बिकासका उपयुक्त शिक्षा दिन जरुरी छ।अत:विद्यार्थीको देश बिकासमा अतुलनीय भुमिका हुने कुरालाई कसैले नकार्न मिल्दैन र सबै विद्यार्थीले समृद्ध देश बनाउन पहल गर्नु पर्दछ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *