१.
बाढी आएर
खेत बगाएपछि
खोलो सुकेछ ।
२.
आउनेछु म
मङ्गलग्रहमाथि
हावा लिएर ।
३.
समुद्रभित्र
गहिराइमा डुब्दा
माछा तर्सेछ ।
४.
मध्यरातमा
नर्वेको त्यो गाउँमा
सूर्य उदायो ।
५.
दोपहरमा
चन्द्रमालाई देख्दा
सूर्य रिसायो !
६.
मुगलानमा
माटोलाई छामेर
देश सम्झिएँ।
७.
पानीका लागि
मूल खोजेर हिँड्दा
पसिना मिल्यो ।
८.
चिसो सिरक
दुई जोडीको प्रेम
तातिँदो रैछ ।
९.
पर्खेर बसें
महिनाको पुच्छर
सङ्क्रान्ति रैछ ।
१०.
औँसीको रात
कालो सागरभित्र
चन्द्रमा डुब्या ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *