दिपक धेरै वर्ष वावाको सेवामा लाग्यो । धेरै अध्ययन अनुसन्धान गर्यो । धेरै परोपकारको कुराहरू सिक्यो । जब दिपक आश्रमबाट अध्ययन सकाएर आयो अनि आफू वरिपरिका सबैलाई ज्ञान वाँड्ने इच्छा उसमा जाग्रित भयो ।

सबै जना छहारीको शित्तलमा बसिरहेको ठाउँमा दिपकले “हामीले जीवन के हो ? भनेर बुझ्नु पर्छ । हामीले यो बुझेनौँ भने केही गर्न सक्दैनौँ ।”

एक जना टहलिरहेकाले उत्तर दिइहाले “तपाईंको कुरा हामीले बुझेनौँ । अलि प्रष्ट पारी बुझाइदिनुहोस् न ?”

अर्कोले फेरि भन्यो, “तपाईंले पो वर्षौ लगाएर अनुसन्धान गरी आउनु भयो, त्यस्तो कुरा हामीले तुरुन्तै कहाँ बुझ्छौँ र ?”

दिपकले फेरि भन्यो, “यसका लागि हामीले म को हुँ ?बाट सुरु गर्दा राम्रो । वास्तबमा म भनेको शरीर हो ? कदापि होइन । म भनेको जहाँबाट तपाईंको बोली आएको हो त्यो तपाईं हो । म पनि त्यस्तै हुँ । सबैजना त्यस्तै हुन् । त्यो अन्तर्आत्माको आवाज आउने ठाउँ चिन्नुपर्छ ।”

ऊ सबलाई ज्ञान बाँड्दै थियो तर सबैजना भागिसकेका थिए । उसले मनमनै गुन्यो, ‘कत्ति ज्ञानीहरुलाई भगवानले ज्ञान दिएका हुन्छन् तर जतिसुकै धोद्रे स्वर आउने गरी ठुलो स्वरमा बोले पनि अरुले बोलेको उसले थाहा पाउँदैन । किनकि ज्ञान उसले पाइसकेको हुन्छ । त्यसैकारण पनि त्यस्ता धोद्रे स्वरले उसलाई पापका त्यस्ता स्वरले विलखवन्दमा पार्न सक्दैन । कति ज्ञानीले ज्ञान प्राप्त गरिसक्दा पनि उसलाई विच्क्याउन अनेकौँ पापीचक्रका पुस्तकहरू उसका अगाडि सत्य जस्तै गरी पढ्न विवश पारी दिन्छ । त्यस्तोमा पनि भगवानले उसले पढेपछिभन्दा लेखेपछि बुझ्ने बनाइदिनुहुन्छ । यसले गर्दा त्यो कुचक्रको फन्दामा ऊ पर्दैन ।’

हो ! यी सबै दिपककै कथा थियो । तर उसले राम्रो कुरा सिकाउन खोज्दा उनीहरू पनि जस्तालाई त्यस्तै गर्नमा पुगे । उनीहरुले “न यो सुन्ने हो ? न यो आफैँ पढेर पनि नबुझ्ने हो, त्यसैले हामी पनि जस्तालाई तस्तै गर्ने हो ।” यसरी उनीहरू वावाको ज्ञानबाट विमुख भए ।

अँझै पनि उनीहरुको देश स्वतन्त्र भइसक्दा पनि दिपकले “म को हुँ भन्ने थाहा छ ? भनुँ ?” भनेपछि पहिलेपहिले त भाग्थे नै दिपक सर्वसाधारण भएर आम मानिसहरू माझ आउँदा पनि अँझै बत्तीँदै चकमन्न पार्दै भाग्छन् ।

जब उसले “म भनेको शरीर होइन । म भनेको आफू जहाँबाट वोलिरहेको हुँ त्यो हो । त्यस आत्मालाई चिन तिमीहरू ।” भनेपछि फेरि केही एकाध मानिसहरू ढुक्कले शासको आवाज आउने गरी ढुक्कको खुइ्यय सास तान्न थाले ।

“कठै ! मानिसहरू किन डराउँछन् ? किन ढुक्क हुन्छन् ? कतै हो कि हैन कि किन हुन्छ मानिसहरुलाई ? धेरै त अफिमेलीपनको पर्दाले ढाक्ने प्रयासरत रहन्छन् ।” दिपक सधैँ यही परिकल्पनारत भइरहन्थ्यो ।

एक पटक एक तमासले घोत्लिरहँदा त्यो चोकमा एकजना क्रान्तिकारी सुबोध भन्ने व्यक्ति आएर बहस गर्न आयो र भन्यो, “दिपकजी ! मेरो के गल्ती ? जनताको हक, अधिकार, स्वतन्त्रता, न्यायिकता, समानताको आवाज उठाउनु के मेरो गल्ती हो ? फगत ती मानिसहरू नै पर्दामा राख्न खोज्छन् र घोडाको जस्तो नत्थी बाँधेर आधिनायकवादको कोर्रा खाईखाई फगत सीधा हिँडिरहन्छन् ।”

दिपकले भन्यो, “ हेर सुबोध ! जब उनीहरुलाई तपाईं उचाल्न खोज्नुहुन्छ । आफ्ना बारे, मेरा बारे, उनीहरुका बारे सही समाधान देखाउँदा उनीहरू चालै पाउँदैनन् ।”

“कारण !”

“कारण प्रष्टै छ । त्यो समाचार ग्रहण गर्ने विचारलाई बङ्ग्याउन सयौँ अरु समाचारले फेरि उही घोडाको हालत बनाइदिन्छन् । उनीहरू त्यो चाल पाउँदैनन्।”

“अहिलेको शिक्षा धाकछोप गर्ने शिक्षा छ । जनताहरू उत्पादनमुलक शिक्षा विर्सिरहेका छन् । लक डाउनमा दुःख पाइरहेका छन् ।”

“त्यसैले गणतन्त्रको सुगन्ध थाहा छैन कसैलाई पनि ।”

“तर यो लकडाउनको समयमा गणतन्त्रको कुरा गर्न सहज भएको छ नि थाहा छ तपाईंलाई ?”

“किनकि गणतन्त्र घोषणा भइसक्दा पनि पहिले काममा जोतिनु पर्दा, अफिसमा बिदा नपाउँदा गणतन्त्रको कुरै गर्न पाएनन् । २०६५ पछि अहिले २०७७को लकडाउनमा खुलेर उनीहरुले आफ्नो स्वतन्त्रताको अनि अधिनायकवाद विरुद्धको यो गणतन्त्रको उद्घोषलाई स्वतन्त्रतापूर्वक पोख्न पाएका छन् ।”

दिपक गणतन्त्रको शुभकामना दिँदै वार्तालापबाट “म चाहिँ अब मनतन्त्रतिर लाग्छु” भन्दै हिँडे ।

त्यो क्रान्तिकारी पत्रकार सुबोधको सानोबेलाको मिल्ने साथी कपिल त्यहाँ आइपुग्यो । “ए त्यो तपाईंले क्रान्तिकारी दिपक अहिले पहाडीबाबा भयो भन्ने लेख लेख्या । उही त हो नि त्यो दिपक ।”

उनीहरुको कुरो फेरि “बिहे गरिसकिस् कि नाईँ ?”भन्दै सुरु भयो । दुवैजनाले बिहे गरिसकेको भनेर दङ्ग परे । फेरि भाउजू कस्ती परिन् भनी कुरो सुरु भयो । उनीहरू दुवैले उनीहरुका बुढी जत्ति जान्ने अरु हुँदैनन् । जसलाई पनि बुढालाई ओभरटेक गर्ने बुढी नै हुन्छन् भन्ने निष्कर्षमा पुगे । तर उनीहरू दुवै यो लकडाउनमा रमाएका छन् यद्यपि बुढीहरुले “यस्तो भनेको यस्तो हो भनी बुझाइरहँदा पनि” रे । उनीहरू दुवैमा कपिलचाहिँ लोकतान्त्रिक पत्रिकाका पत्रकार हुन् । च्याटमा इमो, भाइवर, जिमेल, याहु, हटमेल, फेसबुक, ह्वाट्स्एप आदिमा सूचना आदानप्रदान भए पनि व्यक्तिगत रुपमा भौतिकरुपमा उनीहरुको यो पहिलो भेट हो लाग्थ्यो उनीहरुको यो पहिलो डेटिङ । यसै सन्दर्भको गफ यस पटक सुनौँ न त सुबोध र कपिलको ।

“लक डाउन अगाडिसम्म आइमाईको ओथारे गफ लाउँदै बस्ने गर्दा श्रीमानसँग न त दर्शनको कुरा मिल्थ्यो न त मनोविज्ञान अनि धर्मकै कुरा मिल्थ्यो ।”

“मेरी बुढीले पनि खूबैसँग फेसबुके पढाइ जारी राखेकी छे । फेरि लकडाउनको सँतापले हामी पहिले फेसबुकबाट हराम भए जसरी धार्मिक प्रवचन सुन्न थालेकी छे । अँझै पनि बुढीले मैँ जान्ने हुँ तँ केही जान्दैनस् जस्तो व्यवहार गरिरहेकी छे । तर एक कुरामा सन्तुष्ट छु ।”

“मेरो पनि त्यही हो । यस मानेमा म त ओहो ! ओहो ! भनी रमाइरहेको छु । त्यो के भने मैले बिहे गर्नु अगाडिदेखि दशौँ वर्ष यो संसारलाई जान । ओथारे गफले हुँदैनभन्दा जुत्ता समाउने हुन् मेरी बुढी ।”

“अनि !”

“तर त्यही उसलाई सम्झाएको कुरा, अहिले बुढीको गिदी पलाएको देख्दा आजकल म खुसीले रमिरहेको छुँ नि । त्यसैले मैले त ओहो ! ओहो ! मात्रै भन्न थालेको छु । उसले अनेकौँ हतकण्डा अपनाएर मलाई अहिले बुझाउनमा डटिरहेकी छिन् नि ।”

“किनकि जीवनदर्शनवारे, मनोविज्ञानवारे उसलाई बुझाउन खोजेको कुरा उसैलाई उसकी बुढीले बुझाउन थालेकी छे । होइन र ?” उसले व्यङ्ग्य कस्दै भन्यो ।

“मेरी बुढीले आज एप्पल कम्प्युटर पुरस्कार पर्यो भनी इन्डोनेशियामा फोन गर्न लगाई । मैले गरेँ । त्यहाँ फोनमा क्विज कन्टेष्ट प्रतियोगितामा पर्यो । अप्सन भन्दै थियो मैले फोन काटिदिएँ । फोनको विल हेर्दा ४००रुपियाँ काटिएको थियो । मैले फोन गर्न लगाएको भए चार हात उफ्रेर कराउँथी होली ।”

“भाउजू त विजनेश गर्नुहुन्छ हैन ?”

“हो नि उनी विजनेश गर्छिन् म पत्रकारिता । मेरो खेती अहिले सुकेको छैन । ऊ चैत्र ११ गतेदेखि घरमै छे । विचरीले एकैदिनमा २ अनि ३ हजार कमाउँदा मैले ५० रुपियाँ लिँदा धेरै सन्तापको भनाइ खानुपर्ने । तर म अहिले हाड घोटेको अनि जीवन दाउमा लागाएर कोरोनाको रिपोर्टिङ्ग गरिरहेको कमाइ उसले बेफ्वाँकमा उडाउँदा आफूले पहिले भोगेको पीडा उसले बुझीन् होली भनी चित्त बुझाउँछु ।”

“हो हो भूल नदाहोर्याए त भै हाल्यो नि । तपाईंको छोरो पनि १२ वर्ष पुग्यो हैन ?”

“हो नि ! मैले तपाईंलाई चयाट्मा भन्या सम्झिनुभा रहेछ । छोरोले कत्तिवटा प्रशङ्गमा भनेको पनि थियो यो पैसा खर्च गर्नेमा नि ।”

फेरि कपिल फ्ल्यास ब्याकमा गयो घरमा बाउछोरा टेलिफिल्म हेरिहेको थियो दृश्य यस्तो थियो :
हिरो र हिरोनी सिनेमा हेर्न गए। राम्रो उत्कर्षको दृश्य आयो, हिरोनीले हिरोले सिनेमा हेर्यो कि हेरेन भनी जाँच्न खोजिन् तर हिरो घुर्र घुर्र आवाज निकाली सुतिरहेको थियो । हिरोनीले कर्नफ्लाक्स सबै टाउकोमा छरि दिइन् हिरोलाई । फेरि अर्को उत्कर्षको दृश्य आयो हिरोले हिरोनीले यो दृश्यको मजा लियो कि लिएन भनी हिरोनीलाई हेर्यो तर हिरोनी निदाइरहेकी थिइन् । हिरोले हिरोनीको व्यागबाट सल निकाली हिरोनीलाई
छोप्यो आफ्नो कुममा धल्काएर ।

त्यत्तिक्कैमा छोरोले भनेको थियो ‘ड्याडी पैसा माग्दा तपाईं कुनै कम्प्लेननै गर्नुहुन्न तर मामुकोभन्दा उल्टो हजुर !’ यही होला हैन ड्याडी कर्तव्यको बुबा र स्नेहको आमा बीचको मेरो जीवन ।”

एकदम लामो हाँसो गुञ्जियो । दुवैजनाले धाप मारे ।

“यो भनेको यस्तै हो अरु ताजा कुरामा जाऊँ न । आजको बजेट भाषण नजिकिँदै गर्दा तपाईंको पत्रिकाका लागि पूर्वतयारी ? यस विषयमा जाऊँ न, आफ्नो कमाउ धन्दाको वारे इमनदारी पोखौँ नँ”

“एउटा सिम्पल कुरा गरुँ न । बजेट भाषण कस्तो भने ? अहिले हामी कोरोनामा मात्र केन्द्रित छौँ । थप केही गर्न सक्दैनौँ । धनीसँग कर लिने हो उनीहरुको सम्पत्ति लुट्ने कानून छैन । हामीसँग यत्ति पैसा ढुकुटीमा छ । लकडाउन २ महिना हुन लागिसकेपछि त सर्वसाधारण जनता भोको पर्न नदिन लागि यो कोष बढाउन यसरी कर उठाउने हो र सहायताको रकम विनाभ्रष्टाचार कडाइका साथ इमान्दारसाथ बाँडियो भने पुग्छ यसरी हाम्रो सरकार जनतामाझ आएका छौँ । सहयोगका रकमका लाथि हात बढाएका छौँ ।”

“ह्या ! यस्तो छर्लङ्ग अब सत्यजुगमा मात्र मन्त्रीले भन्ला । यत्ति इमान्दारमा आउँदैनन् कोही पनि ।”

फेरि दुवैजनालाई सो चोकमा सञ्चार माधयमको भ्यानले एकै समयमा लिन आइपुग्यो । किनकि आजकल लकडाउनमा छोटो समयमा अफिस चलाउने गाडीको परमिट प्राप्त हुन्छ । दुवै जनाले भ्यानबाट देखुञ्जेलसम्म गरिरहे वाईवाई .. .. . .. .वाई . .. ..वाई.. . .

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *