सादा जीवन बिताउन आजैदेखि थालौं
धनी बन्ने मृगतृष्णा मनबाट फालौं ।
पापको कमाई होइन मिहिनेती बनौं
भ्रष्टाचार गर्दिन कहिल्यै आजैबाट भनौ ।।

खराब चरित्र आजै त्याग्नुपर्छ
आफ्नै पौरखमा रमाउनुपर्छ ।
राम्रो गुण, संस्कारको अनुसरण गरौं
भौतिक सुख होइन खुशीयाली भरौं ।।

राजनीति होस् या प्रशासन सबैतिर
हाम्रो होइन राम्रो मान्छे छानौं मिलेर ।
सबै जन्ता मिल्न सके असम्भव छैन
भ्रष्टाचारी, घुसखोरी हाम्लाई चाहिदैन ।।

भ्रष्टचार गरी जति कमाए पनि
चैन दिने छैन यस्ले कसैलाई पनि ।
न त सुख यसबाट न त सन्तोष मिल्छ ।
सदाचारी बन्न सके मात्र शान्ति मिल्छ ।।

समाप्त

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *