स्वच्छ राखौं वातावरण स्वच्छ राखौं घर
आफै अघि नसरे कस्ले गर्दिन्छ र ।
स्वच्छ रहे वातावरण हामी बाँच्न सक्छौं
वातावरण विनास भए संकटमा पर्छौं ।।

फोहोरमैला धेरै भए प्रदुषण हुन्छ
दम, खोकी जस्ता रोगले हामीलाई छुन्छ ।
वातावरण स्वच्छ राख्‍नु कर्तव्य हो जानौं
हाम्रो जिउने आधार वातावरण हो मानौं ।।

अव्यवस्थित सहरीकरण, विकास मात्र भन्दा
आफैलाई जान्ने सुन्ने अरुलाई तुच्छ ठान्दा ।
हावा, पानी, खाद्यान्न सबै प्रदुषित भए
कति जीवजन्तु, वनस्पति लोप पनि भए ।।

वन फँडानी गर्र्यौं भने बाढी पहिरो जान्छ
खेत बारी सबै उस्ले आफैसाथ लान्छ ।
वातावरण संरक्षण गर्न हामी सबै मिलौ
यो धर्तिलाई स्वच्छ सफा हरियाली बनाऔं ।।
समाप्त

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *