विज्ञानका पछिको दौडले मानिसलाई जिताउँदैन ।

निबन्धकार:नियात्राकार
युवराज नयाँघरे (इलाम,२०२६) स्थापित, लोकप्रिय र पाठकहरुद्वारा निकै रुचाइएका निबन्धकार–नियात्राकार हुन् । एक हातको ताली निबन्ध संग्रहका लागि २०६५ सालको मदन पुरस्कार पाएका उनले अन्य धेरै पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् । १८ कृतिका स्रष्टा नयाँघरे प्रतिनिधि लेखक मानिन्छन् । प्रस्तुत छ, छोटो वार्ता —
१. शीर्ष पाँच पुस्तकहरु ?
कुन्जिनी– महाकवि लक्ष्मीप्रसाद देवकोटा
तीन घुम्ती– विश्वेश्वरप्रसाद कोइराला
आगत पाइलामा टेकेर– कृष्णचन्द्रसिंह प्रधान
रोमको एउटा पूmल र प्यारिसको एउटा काँडा– लैनसिंह बाङदेल
बेलायततिर बराँिलदा– डा. तारानाथ शर्मा
२. मनपर्ने दार्शनिक ?
सुकरात
३. मन पर्ने उद्धरण ?
मानिस स्वतन्न्त्र जन्मिन्छ । जन्मेपछि सर्वत्र कानूनको घेरामा पाउँछ । –रुसो
४. जीवनको अर्थ के हो ?
जीवन एउटा गति हो । त्यो गतिले व्याख्या–अव्याख्या सबै खाले संसारसँग भेट्नु पर्छ ।
५. तपाईंको विचारमा साहित्य के हो ?
अदृश्य, अलिखित र अज्ञेय अनुभूतिलाई लेख्य र साकार रुपमा अभिव्यक्ति गरिने कला नै साहित्य हो ।
६. तपाईंको विचारमा दर्शन के हो ?
संसार जितेको दम्भलाई धूलिसात् बनाउने गहिरो चेतना नै दर्शन हो ।
७. समकालीन समाजमा हामीले सामना गर्ने सबैभन्दा ठूलो समस्या के हो ?
विज्ञानका पछि मानिस अनावश्यक रुपमा कुदेको छ । त्यो दौडले मानिसलाई जिताउँदैन भन्ने ज्ञान पैmलाउनमा हामी चुकेका छौँ ।
८. तपाईंका केही विचारहरु बताउनुस् ।
नेपाली साहित्यमा लेखिने विषयहरु धेरै छन् । हामी प्रकृति, संस्कृति, जीवन पद्धतिका सम्पन्नताले पूर्ण छौँ । विश्वले फर्केर हेर्ने लेख्य वातावरण हामीले तयारी गर्न कमजोर भएको अनुभव हुन्छ । ००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *