Bhawana Parishkrit Sunuwar

स्थानः सर्भेन्ट क्वाटरभित्र रोगी ड्राइभर केदार खाटमा पल्टिरहेका छन् । उनकी छोरी मानसी अस्पताल लैजाने तरखरमा छिन् ।

भाग १
——–
……………..ऐया ……….
मानसीः बाबा रोगसँग यसरी जिद्धि गर्नु ठीक हुँदैन । अनि फेरि तपाईले यसरी हरेश खाुनभयो भने हाम्रो के हाल होला ?
हाम्रो लागि भए पनि तपाईले उपचारको लागि अस्पताल जानै पर्छ ।
बाबाः मानसी, मेरी छोरी, मैले मेरो जीवनमा आफ्नो छोराछोरीलाई दुःख र अभाव सिवाय केही दिइन । आफूले बनाएको पसिनाको मूल्य सबै उपचारमा सकियो । अब ती सब बाँकी नरहेपछि आफ्नो पढाइ समेत त्यागी, हाँस्ने खेल्ने उमेरमा संघर्ष गरी आफ्नो सन्तानले पैसा जुटाएको कुरालाई मैले नपुंशकले झैँ टुलुटुलु हेरिरहनु परेको छ । त्यो भन्दा ठूलो दुर्भाग्य एउटा पिताको लागि अरु के नै हुन सक्छ र ? (रुन्चे स्वरमा)
मानसीः बाबा, हामी तीन जनाको निम्ति अमूल्य तपाईभन्दा अरु केही हुन सक्दैन यो दुनियाँमा । हामीले जे ग-यौँ, त्यो सब आफ्नै सुख र खुशीका निम्ति गर्दैछौँ र आफ्नो पढाइलाई पनि पछि जारी राख्नेछौं । मानस र नयनसीको पढाईलाई पनि बिग्रन दिन्न । त्यसैले बाबा, तपाई आफ्नो जिद्धिलाई छाडी कुनै चिन्ता नलिई उपचारका निम्ति अस्पताल जान तयार हुनुहोस् ।
मानसः हो बाबा, मानसी दिदीको कुरा मान्नुहोस् ।
मानसीः मानस, जा तँ, ट्याक्सी खोजेर ले । अनि नयनसी तँ माथि गएर बाबाको समान ले । मैले रातो व्यागमा अस्पतालको लागि कपडा तयार पारेकी छु ।
मानसः दिदी परिहास दाइले भन्नुभएको उहाँलाई एकपटक अफिसमा फोन गर्नु रे ।
नयनसीः अनि दिदी, बाबालाई अस्पताल लाने कुरामा उहाँले आफ्नै गाडी ल्याएर आफै आउँछु भन्नुभएको छ । मानस बरु तँ परिहास दाइलाई फोन गर न ।
मानसीः चुप लाग् तिमीहरु । बढ्ता जान्ने नहोऊ । आफ्नो बाबाको निम्ति यसरी कसैको भर पर्नु ठीक छैन । यो कर्तव्य हाम्रो हो, मेरो हो । यसमा अरु कसैलाई किन बीचमा पार्ने, भन त तिमीहरु ? (बाहिर गाडीको हर्न बज्छ)
मानसः ऊ परिहास दाइ आइपुग्नुभए जस्तै छ । जा त नयनसी हेर ।
नयनसीः जस्तै छ हैन, उहाँ नै आइपुग्नुभएको हो । त्यो गाडीको हर्न उहाँकै हो । मानस तँ ट्याक्सी खोज्न नगए हुन्छ ।
मानसः अनि एउटा कुरा दिदी, तपाईले परिहासलाई जे सुकै ठाने पनि हामी त उहाँलाई आफूहरुभन्दा अलग ठान्दैनौं ।
नयनसीः हो दिदी, उहाँको हामीप्रतिको त्यो आत्मीय व्यवहार र मानवीय भावनाले गर्दा हामी उहाँलाई आदर गर्छौं, विश्वास गर्छौं ।
मानसीः बा बा बा … एउटा पराई मान्छेको निम्ति आफ्नो दिदीसँग यस्तो कुरा गर्नेसम्म भइसक्यौ हैन तिमिहरु ।
बाबाः ल ल भैगो भैगो … तिमीहरु यसरी एक आपसमा झगडा नगर । परिहास बाबु मेरो मालिकका छोरा हुन् । २० वर्षको उमेरदेखि मैले उहाँहरुको सेवा गर्दै आइरहेको छु र ऐले यो ६० वर्षको अबस्थासम्म उहाँकै छत्रछाँयामा छु । परिहास बाबु बाहिर देशमै बढी हुर्केता पनि उनी मलाई पिता जस्तै व्यवहार गर्छन् । उनको ईच्छा नै त्यस्तो छ भने मलाई कुनै आपत्ति छैन । म अस्पताल जान तयार छु ।
नयनसीः ऊ परिहास दाइ आईपुग्नु भयो ।
परिहासः काका, म पनि आइपुगे । अनि नयनसी, मैले अस्पतालमा क्याविन नम्बर ७ बूक गरिसकेँ र डा. गृष्मसँग अहिले ३ बजेको समय लिएको छु ।
बाबाः परिहास बाबु, यो बूढो र रोगी शरीरको लागि तपाईले निकै दुःख गर्नु भैसक्यो । यो रोग लागेको पनि १०÷१० वर्ष भइसक्यो । यी बच्चाहरुले पनि धेरै दुःख र कष्ट गरेर मेरो उपचार गराउँदै छन् । अब म यो बुढो र लाचार शरीरको लागि अरु दुःख दिन चाहन्न ।
परिहासः काका, हजुरले यसरी बेकारको कुराहरु सोंच्नु भएन नि । सन्तानले आफ्नो मातापिताको सेवा गरेको खण्डमा कुनै देवी देवताको पूजा र आराधना नै गर्नुपर्दैन । जसले आफ्नो जन्मदिने आमा बुबाको सेवा गर्ने कुरामा कन्जुस्याईँ गर्दछन्, तिनीहरु सन्तानकै गरिमाबाट तल खस्छन् र जन्म जन्मान्तर सम्म अविची नरकमा पर्ने छन् । मानसी, तल गाडी तयार छ सामान राख्दै गर्दा हुन्छ । म र मानस, काकालाई लैजान्छौँ । ल आउनुस् काका मलाई समात्नुस् ।
बाबाः ल ल ……।
परिहासः विस्तारै काका विस्तारै ….। (गाडी सुरु गरेको आवाज)

भाग २
——–
स्थानः अस्पतालको क्याविन
परिहासः मानसी, ए मानसी, किन त्यसरी झोक्राएर बसेकी ?
मानसीः डा. गृष्मले बाबाको ………विषयमा ………….मेरो त संसार नै अँध्यारो हुन लागिसक्यो ।
परिहासः यता सुन् । मैले त तिमीलाई संसारकी सहासी नारीहरुमध्ये एक सहासी नारी ठानेको थिएँ । हेर्, तिमीले यसरी आँत्तिने हो भने मानस र नयनसीको हाल के हुन्छ भन त ?
मानसीः अति साँच्ची त्यो डायलायसीस भनेको के रहेछ ? आज दिनभरी बाबालाई त्यतै राख्छन् ?
परिहासः मृगौला खराब भएपछि अस्थाई रुपमा दिइने उपचार नै डायलायसीस हो । यो रगत र पानी दुई किसिमबाट गर्ने गरिन्छ । त्यो कुरा विरामीको कन्डीसन अनुसार डाक्टरहरुले तय गर्छन् । अनि ४३ घण्टासम्म बाबालाई डायलायसीस रुममा राख्नुपर्छ रे । पर्सी त डिस्चार्ज दिने कुरा छ ।
मानसीः पहिले त बाबाको प्रेसर हाई थियो । हामीहरु सानै थियौँ । नयनसीलाई जन्म दिएर आमा गाउँमै बित्नुभएछ । त्यस बेला हाम्रो गाउँमा अशिक्षा र अन्धकार थियो । मानसी र म पनि २ वर्ष र ४ वर्षका मात्र रहेछौं । मेरो बाबा तपाईको बाबाको ड्राइभरको रुपमा काम गर्नुहुन्थ्यो । आमाको निधनपछि सहरमा बाबाले हामीलाई ल्याउनुभयो । अनेक दुःख र कष्ट खपेर हामीलाई हुर्काउनु भयो, पढाउनु भयो । अरु पुरुषहरुले झैँ हाम्रो बाबाले अर्को बिहेसमेत गर्नु भएन । शायद एक्लोपन र त्यो दुःख चिन्ताहरुलाई भुलाउनका लागि होला, बाबाले राति राति पिउने पनि गर्नु हुन्थ्यो । उही पिएको कारणले गर्दा आज बाबाको यो हाल भयो । निकै लामो समयदेखिको उच्च रक्तचापले किड्नी फेल हुन पुग्यो । (रुँदै)
परिहासः होर मानसी, मानिसले जीवन लिएर आएपछि हरेक तीतो मीठो परिस्थितिलाई स्वीकार्नुपर्छ । सुख र दुःखलाई समान रुपमा आत्मसात गर्नसक्नुपर्छ नियतको खेल ठानेर । अब आफ्नो बाबाको अवस्था र आउने परिस्थितिलाई पनि उनै नियतिमाथि छाडी देऊ । हामी केवल कर्म गर्नका लागि स्वतन्त्र छौँ । फल भोग्न भने परतन्त्र छौं । त्यसैले त भन्छन् नि ‘कर्म गर फलको आशा नगर’ भनेर । अँ साँच्ची, मानस र नयनसी पनि आउँछन् होला नि आज ?
मानसीः नितीहरुको परिक्षा चलिरहेछ, भरे पालो फेर्न आउँछन् ।
परिहासः ए हो ? परिक्षा चलिरहेछ? त्यसो भए उनीहरुले मन लगाएर पढन्पर्छ । म छु उनीहरुको साथमा । भरे पालो फेर्न म केटाहरुलाई पठाइदिन्छु । अनि तिमी पनि भरे घर गए हुन्छ ।
मानसीः सुन्नु न, …..
परिहासः अँ भन …..
मानसीः मलाई ….. एकदमै …..अप्ठ्यारो लागिरहेछ ।
परिहासः के कुरामा ……?
मानसीः तीन चार वर्षदेखि यसरी तपाईले हाम्रो लागि निकै दुःख गर्नुभएको छ । तपाई आफैं पनि दुःखी हुनुहुन्छ, तपाईको त्यो दुःखमा भने हामीले केही गर्न सकेका छैनौं ।
परिहासः ल, अब चाहीँ म तिमीलाई सजाय दिन्छु । अति नै बोल्यौ तिमीले । (कान समात्दै मानसीको)
मानसीः (रुन्चे स्वरमा) ऐया …..नाई…..छाड्नु न मेरो कान ।
परिहासः ल भन, कसले भन्यो तिमीलाई म दुःखी छु भनेर हँ ? कतै तिमीले सुरभी र मेरो सम्बन्ध विच्छेदको विषयमा त भन्न खोजेकी हैनौँ ?
मानसीः अनि के त ? त्यो सानो कुरा हो ?
परिहासः अहँ, त्यो सानो कुरा हैन । त्यो त एउटा दुर्घटना हो । सुरभी र मेरो त्यो सम्बन्ध एउटा नमिठो सपनाको वितेको कालो रात हो । जसलाई सम्झेर दुःखी भै मुर्ख बन्न म चाहन्न । हो उनीसँग मेरो प्रेम विवाह जरुर भएको थियो । दार्जिलिङबाट आफ्नो स्कूलको पढाइ सकाएर कलेजको लागि दिल्ली पुगेँ म । सुरभी र मेरो भेट कलेज पढ्दा भएको हो । बास्तवमै यति रमाइला थिए ती दिनहरु । हामी एकले अर्कालाई हदभन्दा बढी चाहने गथ्र्याँै, मायाँ गथ्र्याँै । कलेजका वर्षहरु आनन्दमय भएर विते । आफ्नो अध्ययन सकाएर हामीले बिहे ग¥यौँ । दुई वर्ष त समय बितेकै थाहा भएन । त्यसपछि ……..।
मानसीः अनि ……….. ?
परिहासः (लामो सास फेर्दै) …..अनि त्यसपछि परिस्थितिले बिस्तारै रङ्ग बदल्न थाल्यो । सुरभी र मेरोबीच पहिलेको जस्तो आकर्षण र प्रेम रहेन । एक अर्कामा कमी कमजोरी देख्ने र देखाउने धमिराले आक्रमण गरिसकेको थियो । बस्, त्यसपछि हामीले आ–आफ्नो बाटो अलग हिँड्ने निर्णय ग-यौँ ।
मानसीः विवाह जस्तो पवित्र सम्बन्धलाई बचाइ राख्ने कोसिस गरेको खण्डमा तपाईहरु सफल हुन भने अवश्य सक्नु हुन्थ्यो । जे होस् सम्बन्ध विच्छेद समाजको लागि एकदमै खतरनाक रोग हो । यसको रोकथाम र उपचारको निम्ति वैवाहिक जोडीले विवेकपूर्वक भूमिका खेल्नुपर्ने हुन्छ । अभिमानले सर्वनाश गर्छ भने त्याग, समर्पण र सम्झौताले संसारलाई नै झुकाई दिन्छ ।
परिहासः ती सब कोसिसहरु हामी दुवैले नगरेका भने हैनौँ । हामी दुवैजना एकको निम्ति अर्को बनेकै थिएनौँ । नत्र भने आठ नौ वर्षसम्म हामीले एकै साथ वितायौँ । विहे हुनुभन्दा अगाडि एकले अर्कालाई राम्ररी चिन्ने र बुझ्ने मौका पाएका थियौँ । यति हुँदा हुँदै पनि हामीले आफ्नो वैवाहिक सम्बन्धलाई जोडी राख्न सकेनौँ । फुर्सदमा समझदारीपूर्वक नै हामीले आ–आफ्नो खुशीको लागि छुट्टिने निर्णय ग-यौं । हामी छुट्टीएको पनि ४ वर्ष भै सक्यो । अहिले, सुरभी भारतको पुनामा छिन् । आर्मीको मेजरसँग उनी तीन वर्ष अगाडि पुनः वैवाहिक सुत्रमा बाँधिइन् । उनको त्यो दाम्पत्य जीवन सफल होस् । बस्, म यही चाहन्छु ।
मानसीः अनि तपाई नि ? आफ्नो जीवनलाई कस्तो मोडमा लैजाने, सोचमा हुनुहुन्छ ?
परिहासः मानसी, तिमी आफूलाई थाह छैन होला कि तिमीले गरेको यो प्रश्नले मेरो अगाडिको जीवनको लागि कति ठूलो अर्थ बोक्छ भनेर ।
मानसीः हेर्नुस्, तपाईको यस्तो घुमाउरो कुरा म बुझ्न सक्दिन । बोल्दै जाँदा गल्ती भए माफी चाहन्छु । अहिले म बाबालाई हेर्न जान्छु । अनि तपाई पनि घर जानु भए हुन्छ नि ।
परिहासः बाबालाई भेट्न एकैचोटी ७ बजे मात्र अनुमति छ । अहिले तिमीसँग म केही हैन धेरै भन्दा धेरै कुरा गर्न चाहन्छु । जुन कुरा मैले दुई वर्ष अगाडि देखि नै गर्न चाहेको थिए । अब लाग्छ सही मौका आउँदैछ ।
मानसीः कस्तो कुरा हो त्यो ? जसको निम्ति सही मौका पर्खनु प¥यो तपाईलाई ?
परिहासः मानसी, सुरभीले जस्तै म पनि त आफ्नो जीवनलाई नयाँ मोडबाट सुरुवात गर्न चाहन्छु । मैले आफ्नो मात्र इच्छामा बिहे गर्दा न मैले सुख पाएँ, न त आफ्नो परिवारलाई नै खुशी र सुख दिएँ । त्यसैले दुई वर्ष अगाडिदेखि मैले आफ्नै रोजाइमा र घर परिवारको सहमतिमा विवाह गर्नको लागि एउटा अनुहारलाई यो ह्रृदयमा ठाउँ दिइरहेको छु ।
मानसीः आ हा । यो त एकदमै खुशीको कुरा हो । अनि को हो त्यो भाग्यमानी ? के म पनि चिन्न सक्छु ?
परिहासः एकदमै, राम्ररी चिन्छौ तिमीले उनलाई अनि सुन न, अर्को पनि खुशीको कुरा छ । मेरो मम्मीले पहिलेदेखि नै उनी जस्तै बुहारीको कल्पना गर्नुहुन्थ्यो रे । तर, उनी र म बीच उमेरको निकै अन्तर भएकोले त्यो कुरा सम्भव देख्नु भएनछ । तर अब आएर हेर न मेरो मम्मीको सपना साकार हुने सम्भावना बढी छ ।
मानसीः कसरी ?
परिहासः उनी अहिले आएर २० वर्षकी भइन् । अनि म ३५ वर्षलाई जोडी त मिल्छ हैन ? हा हा हा –हाँस्दै)
मानसीः यस्तो कुरामा उमेर, वर्ग, जातभात, शिक्षा र पदले कुनै फरक पर्दैन । मान्छेबीचको भावना, विचार, प्रेम र विश्वासको कुरा आउँछ यसमा । अनि को हुन उनी ? मैले त अनुमान नै लगाउन सकिन ।
परिहासः पख न सुन्दै जाउ पछि आफै चिनिहाल्छौं नि । मैले उनको बाबालाई उनको हात मागिसकेको छु । मेरो आफ्नो परिवारको पूर्ण सहमति छ यसमा । बाबा र मम्मी अर्को हप्ता सिंगापुरबाट काठमाडौं आउँदै हुनुहुन्छ । उनको बाबाले उहाँहरुको हातमा मेरो निम्ति उनलाई सुम्पिदिनु हुनेछ । त्यसपछि जीवनमा कहिल्यै भुल नहुने गरी कदम अगाडि बढाउने सोचमा छु । तिमी साथ दिन्छौ हैन मेरो यो यात्रामा ?
मानसीः मबाट हुन सक्ने सहयोग त म गरिहाल्छु नि । अनि यतिका लामो अनेक कुराहरु गर्ने तर आफ्नो त्यो उनी चाहिँ नचिनाउने ?
परिहासः पक्का चिन्न चाहन्छौ तिमी मेरी उनीलाई ?
मानसीः चिनाउन नचाहने भए नचिनाउनु । आखिर बिहे पछि त्यही घरमा त ल्याउनु हुन्छ होला नि । पहिलेको जस्तै भागेर दिल्ली सिल्ली त जानुहुन्न होला नी ।
परिहासः अहँ, अब त्यस्तो गल्ती गर्दिन । अँ तिमीले उनलाई सकिन भनेकी हैनौँ ? ल यता आऊ, यहाँ बस त मेरो नजिकै ……..अँ……अनि मेरो दुवै आँखामा राम्ररी हेर त ………. (एकछिन मौन)
परिहासः देख्यौ ? चिन्यौँ ? को रहेछ त ? बोल न केही ……..खै आँखा खोल न मलाई हेर न ……….
मानसीः अहँ मलाई …….केही थाहा छैन र मलाई चिन्नु पनि परेको छैन । मलाई बाबाकोमा जानुछ । (डराउँदै) खे मेरो हात छोड्नुस् ।
परिहासः अहँ अब म यो हात कहिल्यै पनि छाड्ने छैन । मानसी, त्यो केटी तिमी हौ । बिहे स्वर्गमै निश्चित भएर आएको हुन्छ । अनि त्यस्तो जोडी कहिल्यै पनि छुट्दैन । तिमी मेरो लागि बनेकी हौ र म तिम्रो लागि । हाम्रो बिहे हामी दुवै परिवारबीचको सहमतिमा हुनेछ । काकासँग तिम्रो हात मैले मागिसकेको छु र त्यो कुरामा मानस र नयनसीको पनि सहमति छ । ऐ…. एकपटक तिमी फेरि मेरो आँखामा हेर त । हेन न । देख्यौ ? भनन कस्तो लाग्यो ?
मानसीः हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु भन्दा समयलाई थपेर विचार गर्नु ठूलो बुद्धिमानी हुनेछ । मलाई यस विषयमा केही थाहा छैन ।
परिहासः तिम्रो यो विचारसँग म पूर्ण सहमत छु र म यो पनि बाचा गर्छु कि तिम्रो यो हात आजको दिनदेखि थामेको छु । यसलाई म आफूबाट कहिल्यै छुट्टिन दिनेछैन किनकि आजदेखि तिमी मेरी हौ । यो प्रतिज्ञा हो मेरो ।

भाग ३
——-
स्थानः मानसीको घर ।
बाबाः मानसी, मेरो छोरी, पहिले त मलाई निकै डर लागेको थियो, परिहास बाबुको त्यस्तो कुराले । कहाँ उहाँहरु जस्तो सम्पन्न घरानाको परिवार, कहाँ म जस्तो ……..तुच्छ उहाँहरुको निगाहमा पालिएको गरीव ड्राइभर ।
मानसीः बाबा, तपाईलाई डाक्टरले आराम गर्नु बढी यताउनीको कुरालाई नसोंच्नु भनेको छ हैन ?
बाबाः मलाई बोल्न देऊ छोरी, यतिखेर म आफूलाई एकदमै तन्दुरुस्त भएको महसूस गरेको छु । अनि छोरी, भगवानले धनी र गरीव, नोकर र मालिक नछुट्याउने रहेछन् । ईश्वरले त हामी सबैलाई एउटै दृष्टिले हेर्ने रहेछन् । हामी सबै उनको नजरमा समान रहेछौं भन्ने विश्वास अब मलाई भयो ।
मानसः अनि थाहा छ दिदी तपाईलाई ? हिजो परिहास दाइको बाबा मम्मि नै हाम्रो घरमा तपाईको हात माग्न आउनु भएको थियो । अर्को साता त परिहास दाईसँग तपाईको बिहे हुँदै छ नि (खुशी हुँदै)!
मानसीः चुप लाग तँ, जान्ने भएर बीचमा नबोल । (लजाउँदै तर ठुस्केको बाहाना गर्दै)
बाबाः तिम्रो भाइ ठीक भन्दैछ मानसी । मेरो पनि यो खुशीको कुराले छातिबाट सब रोग भागेको अनुभव भयो । अनि यस्तो महसूस भैरहेका छ कि मेरो घट्दै गएको आयु पनि बढ्दै गइरहेको छ । अब मलाई केही हुन्न । तिमीहरु ढुक्क भए हुन्छ । मैले अझै धेरै खुशीहरु बटुल्नु छ, आफ्नो सन्तानहरुका निम्ति ।
मानसीः बाबा, यदि यसो हो भने हजुरको खुशीको निम्ति म जे पनि गर्न तयार छु । वर्षौँपछि मैले बाबाको अनुहारमा हर्ष देख्ने सौभाग्य पाएकी छु । अनि यसरी हजूरको मुखबाट आत्मबल विश्वासको शब्द बनेर निस्केको सुन्न पाएकी छु । तपाईहरु सबैको इच्छा अनुसार म परिहाससँग लगन गर्न राजी छु र मेरो लागि उहाँ एकदमै योग्य वर हुनुहुन्छ । म उहाँसँग सदा खुशी रहनेछु, त्यो कुरा पनि मैले बुझेकी छु ।
मानसः ल यति नै बेला परिहास दाइ पनि आइपुग्नु भएछ । (खुसी र उत्तेजित हुँदै)
परिहासः हो मानसी तिमीले सही निर्णय ग¥यौ । म तिमीलाई जीवनभर सुखी राख्ने छु, साथ निभाउने छु । किनकि तिमी मेरी हौ ।
(मानसीको दुबै हात समात्दै)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *