झुपडीमा बस्ने एक गरीब मान्छे गम्भीर विरामी पर्यो र उद्दारकर्ताहरुले अस्पताल लगेर भर्ना गरियो । डाक्टरले उसको सबै स्वास्थ्य जाँच गर्यो ।

रिपोर्ट हेर्यो सबै ठिकठाक देखियो । रोग पत्ता नलागेपछि फेरि भिडियो एक्सरे गरेर हेरियो । त्यो मान्छेको पेटमा सुनामीजस्तो मडारिरहेको भोकको डरलाग्दो रुप देखा पर्यो ।

डाक्टर तर्सदै बिरामीसँग भन्यो, ‘अहो यो त खतरनाक रोग हो । यही खतरनाक रोगका कारण तिम्रो अवस्था नाजुक छ ।’

लौन डाक्टर साब छिटो उपचार गरिदिनु पर्यो । विमारी चिन्तित भएर डाक्टरसँग विन्ति बिसायो ।

डाक्टरले आफ्नो अनुहारमा गम्भीर भाव नचाएर बोल्यो, ‘माफ गर्नुहोस् ! यो खतरनाक रोगको उपचार विधि हाम्रो आधुनिक चिकित्सा शास्त्रमा छैन ।’

त्यसपछि त्यो विमारीको उपचार हुन सकेन र मर्यो ।

-यकिना अगाध

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *