समयका छालहरूले हिर्काइ रहेछ जीवन
फ्याकिएका छालको किनारामा बसेर
हेरिरहेछु ढलिरहेका मानिसका यौवन
भावनामा डुबुल्की मार्न रमाउने
शब्दका जोडजाम पारेर कविताको डुङ्खा समाउने
हो यतिखेर म जीवनका कविता लेखिरहेछु
जहाँ पिढीमा बसेर बुढा भएका बा
आफ्ना सुदुर भूत सम्झिरहेछन
ती भुतले तर्साएर बीचबीचमा तर्सिरहेछन
मुज्जै मुज्जा परेका उनका बुढ्यौली अनुहार
छियै छिया परेका उनका कुर्कुच्चा
उफ ! फाटेर नजोडिने धुजा धुजा भएको मन
बेमौसममा झरिरहेको चिसो झरिको स्पर्श
आँखाबाट बलेसी सरी झरिरहने नुनिला आशु
भोक र रोगसँगै निलिरहेछन बिचरा ति बुढा बा
आसुका बुद मुहारबाट छचल्किएर
सागरमा लहरिन पुग्छन
लहरमा उठने पानीका फोकाजस्तै
फुटिरहेछन बुढा बा का रंगिन सपना
सायद तिम्रा अभावका भ्वाङ टाल्न
कुनै दिन तिम्रो सँगोलबाट चोइटिएर
मुगलान पसेको तिम्रै ह्दयको धडकन
टुप्लुक्क सँघारमा आउने आशामा
कुरेका थियौ कैयौ ओइलाएका वसन्तहरू
हो म कवितामा तिम्रो भाव पोखिरहन्थे
तिमी पीडामा औधि छटपटाउथ्यौ
खोजेर उसलाई तिम्रा निभ्न थालेका आँखाहरूले
सकि नसकी पुर्लक्क टोलाइ रहेछन
खेतबारी र पाखोभरी बञ्जर पारी
उ मुगलान भासिएको दिन गन्दा गन्दै
तिम्रा कहरलाग्दा दिन घर्किरहेछन
के हेर्छौ र बा ! तिम्रा निभ्न थालेका आँखाले
तिम्रा खुसी सधैका लागि लुटिएका पल
फर्किएर आएछ उ बाकसमा गरिरहेछ जिन्दगीले झेल
यतिखेर म जीवनका कविता लेखिरहेछु
दुखीराम र निरासारामका कविता लेखिरहेछु
सपनाबाट झल्यास विउझिन्छ विचरा दुखीराम
देखेर उसका उज्याला भविश्यहरू
थिचिन्छ सधै बोकेर बोझिदो त्रृmणको भारी उ
धनिया र उसका लालावालाको अनुहारमा चमक ल्याउन
जोतिन्छ उ प्रचण्ड गर्मिमा खेतका ग¥हा र आलिमा
झ्याङ्खिन्छ उँखुका झ्याङ अनेक सपना आँखाभरि बुनेर
फुल्दछ फूल उँखुका बोटभरि दुखीरामको आशा दियो बनेर
ढल्दछन खेतका ग¥हाभरि लहरै उँखुका लाक्क्रा
हाल्छन ढालाभरि साहुले राखेर उदारो भाका
विचरा दुखीराम लडियाका गोलियासँगै
लुटिएछन उसका सारा सपना
शिसिर यामको कठाङग्रिने चिसो आकाश ओढेर
किसानको लुटिएको सपना फिर्ता गर्न संर्घषरत
दुखीराकको कथा लेखिरहेछ मेरो कविता
विचरा दुखीराम ! अव त केही हुन्छ होला भनि
थुप्रै चिन्हमा सहिछाप लगाएको थियो
फगत उसको सहिछाप पनि
मालिककै पक्षमा उभिनेको लागि भैदियो
हेर दुखीराम त्यो त तिम्रै गास काटेर
आफ्नै महल ठड्याउनेको लागि भैदियो
कर्मशिल र स्वाभिमानी उसका पौरखी हातहरू
रित्तो पेटले लात हानेर एक एक गलिरह्यो
देश आत्म निर्भर बन्नुको सट्टा
बिदेशीकै अनुदानमा परालम्बी बन्ने बाटो समाइरह्यो
गरिबीका विवसतामा च्यापिएर बिचरा विनयहरू
क्रृणको बोझ थाम्न नसकी
नावालक लालावाला सहित त्रिशुलीमा हेलिइरहेछन
हो म यिनै पीडाका कविता लेखिरहेछु
काला पानीमा दुखेका घाउ
नाला पानीमा पानीको घुटको नपाइ
ती विरविराङ्खना छटपटिएको कविता लेखिरहेछु
सधै आशा बाडिरहने कविता लेख्छु भन्थे
निरासारामका कविता पो लेखिरहेछु
सदियौ देखिका राष्ट्र, राष्ट्रियता र जीविकाका मुद्धा
सडक किनारामै थाति रहेका बेला
म सधै उज्यालो प्रकाश दिने
जुनकिरीको खोजीमा लागेको कविता लेखिरहेछु