“बैनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने ।”
बिर्खबहादुरले हातमा बोकेको रेडियोबाट यो गीत घन्किदा सुक्रबरे हाट नै रिमझिम भएको छ । सेतो पैन्ट, फूल्बुटते कमिज, घाटीमा सानो चिटिक्क परेको रुमाल, हातमा घडी र रंगीन चस्मा लगाएको र आफूले भिरेको फोनमा नेपाली र हिन्दी गीतहरू सुनाउदै बिर्खबहादुर आज सुक्रबरे हाट भर्न आएको छ । दस वर्षपछि लाहुरे भएर फर्किएको बिर्खबहादुरको फुर्तिले गाउँका तरुनीहरू ‘लाहुरे दाइको जोवन नै राम्रो’ भनेर गिज्याउन थालेका छन् ।
“म त जस्तो पायो त्यस्तोलाई कहाँ बिहे गर्छु र ! ठुलासँग संगत र उठबस भएको म जस्तोसँग त बिहे गर्न पुर्पुरोमा लिएर आउनु पर्छ ।” बिर्खबहादुरले आफ्नै घर आँगनअगाडि भेला भएका दाँत फुस्केका बुढाबुढी र भुरा भुरीलाई गफ लगाउदै थियो।
लाहुरबाट लाएका सबै सामानहरू सत्तरी नाघेका बाबुले आगनअगाडि ओसार्दै थिए कि बिर्खबहादुरले सानो प्रदर्शनी नै गर्दैछ ।
“गाउँका मान्छे न बोल्न जान्ने न त हिड्न नै जानेका छन् । लाहुरमा यस्तो हुदैन, मान्छे दिनदिनै सफा हुन्छन पाखा भिताका मान्छे को मति केही छैन। सफा हुन येकादासी आउनु पर्छ। सफा हुन पनि औसी नै आउनु पर्ने ।” फेरि पनि बिर्खबहादुरले छेड हान्न छोडेन।
“आमा पानी तताई देऊ । म लाहुरमा नुहाएर मात्र खान्थें ।” बिहानै पानको थुप्रोले मुख गाजिएको बिर्खबहादुरले आमातिर फर्केर भन्यो ।
“हैन तिम्रा लाहुरका मान्छे हामी जस्तै नै हुन्छन र ? हामी जस्तै हिड्ने बोल्ने अनि खाने हुन्छन र ?” लगभग सत्तरी पुगेका काका बाउले बिर्खबहादुरलाई प्रश्न गरे ।
“हाम्रो बिर्खे त फिल्मको चटके जस्तै भएछ,” छेउमै रमिता हेरिरहेका भुराभुरीले खित्का हाँस्दै भने।
“खै लाहुरमा एती कमाए र उति कमाए भन्छ तर पैसा को नाममा गोडा सातेक हजार अनि यिनै थोत्रा समान लिएर आएको छ बिर्खेले ।” आमाले सबैका अगाडी गुनासो पोखिन्।
“हैन हाम्रो लाहुरमा जीवन नै रेल गाडी जस्तो। पसलका ढोका आफै खुल्छन सिनेमाका जस्ता तरुनीसँग गाला जोड्न आइतबार पर्दैन। लुगा पानी कसिलो लगाउने, तरुनीलाई फकाउने नपर्ने जाइलाग्छन । गाउले आइमाई को न लाउने ढंग न माया गर्ने ढंग । मैले पैसा नाजोगाएको पानी त्यसैले हो । लाहुरमा पैसा जोगाउदै गरेको भए आज बिर्खे दुखी हून्थ्यो ।” उसले गफ हान्यो, “आफ्नो मात्र गफ गर्छस कि आफन्तलाई केही दिन्छस ये नाथे !” आफ्नै काका प्रेमनाथले सातो झारे बिर्खेको।
“बिर्खे अब लाहुर नगएस, उमेर बित्यो, एउटा जोइ खोज, घरजम गर्नु पर्छ दस वर्ष लाहुर बस्ता पानी केही माखो मरिनस, बरु खेती पति गरिस बने एक मान खान पुग्छ।” असी पुगेका काका कर्किए । बिहानै जाडोको महिना भए पानी रंगीन चस्मा र हल्का लुगामा कस्सिएको थियो बिर्खबहादुर ।
“किन बोल्दैनस ये नाथे ।अब आफ्नो गाउमै बसेर जोडी बाध र इलम गर । घरमा बुढा भएका आमा बाउको हेरचाह गर्नु पर्छ नि हो गाठे । एउटा छोरा भनेर सातुको भरमा तलाई दस कोषको भारी खेप्दै पढाएका थिएनन् होला नि ? तेरा आगनमा घाम लाग्दैन नि गाठे । त बैगुनी भइस, लाहुरे भएर पानी केही माखो मरिनस ।” तिनै काकाले सातो झारे।
“ए काका मर्दका सात वोटी हुन्छन । एहा न मिठो खान पाइने न पैसै कमाउने। कुममा कुम जोडेर तरुनीसँग गाला पानी जोड्न पानी नपाइने । यो गुन्द्रुके जीवन म कसरी बिताउने नि ?” बिर्खबहादुरले जम्मै बुढाबुढी र भुराभुरीलाई आफ्नो सफाई दिन खोज्यो ।
“बिहे नै गर्न परे सहरकै केटी खोजने हो, पाखा भित्ताकासँग बिहे गरेर के मैले चाहिं रुनु ? गाउका आइमाईलाई माया कसरी गर्ने के थाहा ? सहरका आइमाई त पक्का हुन्छन यहाँको जस्तो एउटासँग जीवन बिताउने होर? सहरमा गाउको जस्तो बारा सत्ताइस कुरा पानी हुदैनन् । नेपालको नेताले जनताको टुप्पी र छाला बराबर बनाएका छन् । को बस्छ यस्तो ठाउँमा ?” उसले आफ्नो बयान गर्यो ।
“तर बिर्खे जे भए पानी येहाको जस्तो माया र सहयोग त तैले त्यो अर्काको मुलुकमा पाएको छस र? बिरामी पर्दा र औषधी गर्नु पर्दा घरमा अन्नको आना नै नभए पानी सोधी खोजी गर्ने छर छिमेकी पाएको छस र ? तेरा दौतरीहरू पैसै नकमाए पानी हाँसेका छन्, जोडी छ । त चटके भैस अनुहारमा मुजा पर्न लागिसक्यो अब आफ्नै माटो फर्की तलै गाउमा भएको जस्तो खुसी त लहरमा छिन न बिर्खे धक नलगा बिर्खाबदुरले फेरि छेड हान्यो हैन काका तिमीले मुखमा लगाम लागु तिमी त्यसै थोते त भएका हैनौ नि आफ्नो बानी अहिले पानी पत्रु को जस्तो छ काकाले भने बिर्खे त लाहुरे भरे दुखी र गरिब भै बिर्खबहादुर यतिखेरा झस्कियो बिर्खाबहदुर्लाई थाहा छ उसले कति हण्डर र ठक्कर खाएको छ बिहान देखि बेलुकासम्म हड्डी खोत्दा पानी उसले पैसा जोगाउन सकेको छैन ।
बिर्खबहादुर आफ्नो भीरपाखा सम्झेर कति रोएको छ । लाहुर जानुभन्दा अगाडि पिरती गाँसिएकी खेम पोइल जादा बिर्खाबदुर कति एक्लिएको थियो । मालिकले कम गर्न मन छैन भने निस्की भनेको दिन उसलाई मर्नु न बच्नुभएको थियो । खान नपाएको, काम नपाएको सम्झेर यतिख्रे उसका आँखा भरिएका छन् । यो जीवन पनी कति नराम्रो येत्रो वर्ष लाहुर बस्दा पनी बाबु आमालाई राम्रो लुगा किनी दिन सकिएन, घरको छानो छोप्न सकिएन । के खाऊ के लाउ भन्ने जवानी अर्काको काम गर्दै बित्यो । न त बिहे नै भयो नत पैसा नै भयो । बिर्खबहादुरको आँखा रसाएको छ यतिखेर । गरिबी भए पानी साथीहरुभन्दा आफ्हुलाई सबैभन्दा दुखी र गरिब सम्झ्यो । कुम कुम मिलाएर साथीहरू मेलापात गएको देखेर यतिखेर बिर्खबहादुर एक्लिएको छ ।आफ्नो गाउ बेसी, पाखा भित्ता, सम्झेर बिर्खबहादुरले आफूलाई धिक्कारेको छ।