“हाम्रा आवाजहरूलाई कुनै आवाजले छेक्ने छैन”
नाराका साथ राष्ट्रको वर्तमन विषम पस्थितीलाई युवाकविका सामुहिक अभियानले ‘क्वारेन्टिन पोएट्री’ मार्फत हिजो सामाजिक सञ्जालमा युवा कविहरूले एक्यवद्दता साथ यो नाम दिएर हिजो मिति २०७७ असार १७ गते तदनुसार सन् (जुन १ सन् २०२०)को साँझको नेपाली समय ठीक सात बजे सामाजिक सञ्जालमा घरदेश लगाएत प्रदेशका रहेका सैयौं कविहरूले एकै साथ कविता अप्लोड गरेका थिए । यो अभियानको सुरुवात गरेका कविहरू: सौरभ कार्की, नवीन प्यासी, पवन ढुंगाना, सम्पदा रिजाल, मोहित जोशी, बाबुसाहेब, ले सुरुमा ग्रुप च्याट बनाइ सल्लाह गरेका थिए ।
यही अभियानका युवाकविहरूलाई मैले केहि प्रश्नहरू गरेको थिएँ ।
१. यो भाषिक आन्दोलन हो कि काव्यिक ओकालत हो सत्ताधरिलाई ?
यो नितान्त एक काव्यिक आन्दोलन हो, जसले सत्तालाइ सचेत बन्न आग्रह गर्दछ ।
२. के हो क्वारेन्टिन कविताको मुल मर्म र उदेश्य ?
सरकारको अकर्मण्यताका कारण हामी यो देशका नागरिकहरू असुरक्षित क्वारेन्टिनमा बस्न वाध्य छौं । सरकारी स्तरबाट भइरहेका बेथिती, अपराधीक गतिविधी तथा स्वास्थ सामाग्री खरीदको लापरबाहीले आफ्नो ज्याननै जोखिममा राख्नुपर्ने अवस्था सिर्जना भएको छ ।
साधारण औंषधिको अभावले क्वेरन्टिनमा बस्नेहरूको झाडापखाला, ज्वरो र नैरश्यताले अकालमा ज्यान गएको छ । सरकार यो समयमा रोकथाम गर्नबाट पूर्णरुपमा असफल भएको छ । यस्तो अवस्थामा कविताको माध्यमबाट आम मनिसको आवाजलाई आम मानिसकै भाषामा प्रस्तुत गर्ने नै “क्वारेन्टिन कविता”अभियाको मुल मर्म र उदेश्य हो ।
३. क्वारेन्टिन कवितानै लेख्न किन जरुरी छ ?
कविताले सधैं आममनिसको आवाज बोकेको हुन्छ भन्ने हाम्रो सामुहिक सोचाइँ हो । कोरोनाबाट बच्न भन्दापनि बढी आफ्नो जीवनलाईनै धरापमा राखेर अव्यवस्थित, ज्यानमारा “क्वारेन्टिनमा बस्न वाध्य आम जनताको आवाजलाई कवितामा चित्रण गर्न र नसुन्नेलाई सुनाउन ‘क्वारेन्टिन कविता’ को ध्यय हो । आफ्नो सामाजिक सन्जालको पेजमा सवै कविहरूले क्वारेन्टिन पाेयट्री नाम दिएका कविता रचेका छन् । सामुहिक अभियानकर्ताहरूले एउटा पाेस्टर बनाएका छन्, जसमा सिलाइएकाे ऒठलाइ युवाहरूले च्यात्ने प्रयास गरिरहेकाे देखाइएकाे छ । यो एउटा सत्ताधारी समुहलाइ ठुलो काव्यिक तथा कलाको प्रहार हो ।
अन्त्यमा यो समुहका एक युवाकवि सौरभ कार्कीले भने:-
“Enough is enough” कसैको एक्लो नारा हैन । यो विश्वव्यापी रुपले उठेको सामुहिक नारा हो । त्यसैले यो हाम्रो पनि नारा हो । हामीलाई पनि अत्ति भएकै हो । त्यसैले enough is enough भनेका हौ सरकारलाई खबरदारी हो । उसको जवाफदेहिता र पारदर्शिता खोजिएको हो ।
त्यहि । विद्यार्थी संगठन सङै कुनै राजनीतिक दलले आफ्नो स्वार्थको घुसपैठ गर्न खोजेको बुझिएको छ । सत्तानिकट संगठनले पनि `परिचालित´ आरोप लगाउन सक्छन् । हामीले प्रष्ट पार्न जरुरी छ । तेसैले आज यो विज्ञप्ति जत्ति सक्दो चाँडो सार्वजनिक गरेका हौं ।
क्वारेन्टिन कविता अभियान प्रेस–विज्ञप्ती पनि जस्ताको तस्तै यहाँ समावेश गरिएको छ ।