एउटा फुच्चे धेरैबेर मेरो अघि बसेर गुलेली बनाउँने प्रयास गरिरहन्छ । अनि म झल्याँस्स संझन्छु–बर्ष७, पूर्णाँक २२ उत्साह को एउटा कथा पढ्न बाँकीछ –मोहनराज शर्माको गुलेलीघर । हत्तपत्त पत्रिका निकालेर कथा पढ्न थाल्छु । यसै पनि नाउँ चलेको लेखक ।

संधै एउटा गुलेली र केही मट्याँग्रा बोकेर दुर्जनहरुको उछित्तो पार्दै हिँडने कथाको नायक गुलेलीघरलाई लिएर कथा अघि बढ्छ । शैली प्रस्तुतिकरण, भाषिक सौन्दर्य केही छैन कथामा । मलाई लाग्छ कथामा त्यसो भए विचार जरुरै सशक्त होला, यसै आशाले म पनि अघि बढ्छु र मोटर दुर्घटना भएको ठाउँसम्म पुग्छु । घायल ठिटोको अघि हातमा गुलेली बोकेको न्यायप्रेमी गुलेलीघर उपस्थित छ । यतिखेर म सोच्छु–अब यस न्यायप्रेमीले गुलेली चखाएर भएपनि ड्राइभरलाई रोक्छ र ठिटोलाई अस्पताल पु¥याउँछ र यथार्थ पनि यही थियो ।

तर अफसोच । मेरो सोचाईको विपरीत ठिटोलाई त लेखकले एउटा हास्यस्पद फैन्टासीको सहाराले अस्पताल पु¥याए । यहीनेर कथा पढ्ने मेरो सारा उत्साह पानी भएर बग्यो, पत्रिकालाई नै टाढा हुत्याइदिन मन लागेको थियो, तर नियन्त्रण गरें–निर्जीव बस्तुसंग किन क्रोध । यो फैन्टेसी लेख्ने युग होईन । यथार्थदेखि डराएपछि अथवा यथार्थ लेख्न समय नभएपछि लेखकहरु फैन्टेसीको नकाब ओढ्छन्, आजको युगमा फैन्टेसी सरासर पलायन हो । उच्च स्तरीय फैन्टेसीको निम्ति उच्चस्तरीय कल्पना शक्तिको धनी हुनु आवश्यक छ । यस्तो उच्चस्तरीय फैन्टेसीले राम्रो मनोरंजन दिन्छ । मोहनराज शर्माको “गुलेलीघर” को फैन्टेसी…मेरा बाबै ! कस्तो फैन्टेसी त्यो ? के यसलाई फैन्टेसी भन्न पनि मिल्ला ? यस्तो कथा लेख्न कल्पना शक्ति पनि चाहिन्छ र ? यस्तो कथा लेख्न कति गाह«ो हुन्छ ? दिनको कतिवटा लेख्न सकिन्छ हँ ? प्रश्न उठ्यो ।

तर कथा पढेरै छोड्ने अठोट लिएँ । नाउँ चलेको लेखकको कृति केही त अवश्य हुनैपर्छ । गाह«ो गाह«ोसंग पढ्दै कारखानाको दृश्यसम्म पुग्छु । मट्याँग्रा प्रयोग गरिइनुभन्दा पहिले घटनाको विवरण घोर विवादस्पद छ । मजदुरहरु हड्तालको पक्षमा छैनन्, यसैले थाहा हुन्छ ।त्यहाँ मजदुरहरुलाई कुनै दुःख पीरमार्का छैन, सुखी छन् उनीहरु । तर एउटा फाल्तु नेता आएर मजदुरहरुलाई हड्ताल गर्न, तोडफोड गर्न सु्¥याईरहेको छ । यसरी हड्ताल गर्दा कामदारहरुको ज्याला हराउला भन्ने डर लेखकलाई छ ।

यो कस्तो स्थिति हो लेखक जानून् । कारखानाहरुमा हड्ताल बेला मौका हुने गर्छ । तोडफोड पनि हुन्छ, नेताहरु घुसपैठ पनि गर्छन, कसैले पैसा खाएर हड्ताल बिथोल्छ पनि ।

यी सबै स्थिति केलाईरहन लेखकलाई जाँगर छैन, बश एउटा मट्याँग्राको पेंडा खुवाइदियो काम तमाम । यस अस्पष्ट घटनालाई कथाबाट पन्छाईदिए कथा एउटा साधारण दन्त्यकथा मात्र बाँकी रहन्छ, गुलेली खेल्ने फुच्चेलाई यसो भुलाउनसम्म हुने तर त्यो पनि संभव देखिनँ । कारण ऊ त “देशभक्त काला प्रेत” “महावली शेरा” जस्ता रहस्य रोमान्चले भरिपूर्ण फैन्टेसी कमिक पढ्दो रहेछ, अब कथा त मलाई ठूलो पसलको बासी रोटी भयो ।

उत्साह आफ्नो बौदिक घोचपेच, बौद्धिक लेख तथा समसामयिक टिप्पणीको निम्ति पाठकहरुवीच संधै चर्चित छ तर उत्साहले कहिले कथा छाप्छ र कहिले नाउँ छाप्छ । उत्साहले कथा छापेको कि नाउँ छापेको ? हुनसक्छ–यो पनि मेरो दृष्टिदोष नै रहेको होस् । मैले यति झटारोको निम्ति आफुलाई तयार पार्नैपर्छ । मान्नैपर्छ– उत्साह चटके पत्रिका हो । उत्साहले आफ्नो बौद्धिक लेख, रचना, टिप्पणी तथा राम्रा कथाको निम्ति सबै सबै ठाउँमा छोडिदिएकै छ तर उत्साहले आफूसंग एउटा यस्तो कम्र्पाटमेन्ट पनि राख्ने गरेको छ जहाँ खेस्रोखेस्री राख्न सकियोस् । यही हो उत्साहको चटक । एकातिर खेस्रोखेस्री पनि अटाईने, ठूला लेखकहरुसंग मनमुटाव पनि नहुने ।

(युगधारा, वर्ष ३, अंक ३६, २०४२ आषाढ ३१ गते सोमबार ।)
– पारिजात संकलित रचनाहरु भाग–६ , निर्माण प्रकाशन, नाम्ची, दक्षिण सिक्किम

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *