अमेरिका
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिले पूर्णता पाएको छ| आइतबार समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले समितिलाई पूर्णता दिएको हो |
समितिको सदस्यहरूमा रजनी श्रेष्ठ- (डिसी, अमेरिका), लतिका जोशी – (सिल्गुडी भारत) ,सीता बराल- (पोर्चुगल) , आचार्य प्रभा – (कोलोराडो, अमेरिका), गीता रेग्मी- (नेपाल), माया केसी – (कतार), बिष्णा बिरही- (सिकागो, अमेरिका), कमला न्यौपाने – (कान्सास,अमेरिका) , अमेरिका,गीता बजगाईँ- (क्यालिफोर्निया, अमेरिका),. रिजा प्रधान – (पर्थ, अस्ट्रेलिया ), मन्जु भन्डारी – (बेलायत), शारदा पौडेल ‘निशा’ -( स्पेन) , निर्मला राई – (टेक्सास, अमेरिका), सबिना रेग्मी- (जापान), जानुका ढुंगेल- (फ्लोरिडा,अमेरिका) रहेका छन् |
यसैगरि समितिमा शान्ता अधिकारी घिमिरे – (न्यूयोर्क, अमेरिका)लाई,नवरत्न पुरस्कार संयोजकमा मनोनयन गरेको छ|
समाजले समितिको संयोजकमा उर्मिला निर्दोषीलाई यसअघि नै मनोनयन गरिसकेको छ|
दुईबर्षे कार्यकाल रहने समितिले महिला सम्मेलन, नवरत्न पुरस्कार समर्पण, महिला सर्जकको कृति प्रकाशन र गोष्ठीहरू गर्ने छ |