अरुले जवरजस्ति लिम्बू भनेर चिनिएका सावायेत्हाङका सन्तान याकथुङ लाजेबासीहरु ‘याक्थुङ’हुन । याक्थुङ हुनुमा उनिहरुका आफ्नै मौलिक भाषा, लिपि, खानपान, भेषभूषा, आर्थिक, सामाजिक, संस्कृतिक जीवन दृष्टिहरु छन ।
हाम्रो पुर्खाहरुको जरा खोज्दै जाँदा सावा यात्वाहाङ सन्तान खाम्बोङबा लुङबोङबा थिबोङ ‘याक्थुङ’हो । गाउँघरतिर एउटा याक्थुङले अर्को याक्थुङलाई कहिल्यै लिम्बू वा किरात भन्दैनौं ।
हाम्रो समुदायले लिम्बुवान गोर्खा राज्यमा बिलिन भएको झण्डै आधा सताब्दी पछिमात्र लिम्बू लेख्न थालिएको एतिहास छ । सन १८८५ देखि पूर्बेली युवाहरु ब्रिटिश गोर्खाभर्ती सुरु भएसंगै हामीलाई जवरजस्ति लिम्बू बनाइयो । त्यो भन्दा उता सबैले आफूलाई याक्थुङनै भन्थे । त्यो समयमा अड्डा अदालत, कुनै सरकारी जागिर नभएकाले नाम जाति थर लेख्न आबश्यकता थिएन । राज्यसंग संबन्ध भएका केही ठालुहरु सेन मकवान साशन कालमा राय÷राई÷सेन लेखिएको बिभिन्न लेखोटमा पाइन्छन ।
त्यो समयमा हाम्रा समुदायका मगर गुरुंग राइ लिम्बूहरु कमैले मात्र खस लेपाली भाषा बोल्थे । धेरैका औपचारिक नामसमेत हुन्नथ्यो । खासगरी पूर्वका याक्थुङ आफुलाई लिम्बू र खम्बूहरु आफैलाई राई भन्दैनथे । बिभिन्न भाषा बोल्ने भागेर भर्ती भएका युवाहरु गोराले एकै ठाउँमा भेला गरेर व्यक्तिगत बिवरण दर्ता गर्दा दोभाषेको सहयोगमा पहिले उनीहरुको बोल्ने भाषा र दोस्रोमा कहाँबाट आएका भनेर पत्ता लगाउथे । त्येसपछि तत्कालीन राज्य सत्ताले पल्लो किरात भनेको याक्थुङ पान बोल्ने जति सबैको लिम्बू र माँझ किरातबाट आएका चाम्लिङ, थुलुङ, वान्तवा, पूमा खालिङ भाषा बोल्नेहरुको थर राई लेखि दिए ।
पछिल्लो पहिचानबादी आन्दोलले गर्दा करिव १३० वर्ष पहिलदेखि सुरु भएको लिम्बूको ठाउँमा अहिले आफ्नै बंशको थर लेख्ने चलन बढ्दो छ । नागरिक प्रमाणपत्रमा लिम्बू भएपनि धेरै बंश खुल्ने उपथर र याक्थुङ पानमा नाम राख्ने चलनले व्यापकता पाएको छ । अझ सचेतहरु त याक्थुङ लेख्नेहरुनै हुन ।
याक्थुङ सभ्यतासंग कुनै ऐतिहासिक संबन्ध नभएको सुब्बा लेख्नेहरुपनि छन । सुब्बा बाहिरिया सत्ताले दिएको एउटा पद थियो । पृथ्वीनाराण शाहले जबरजस्ति नेपाल एकीकरण गरेपछि आफ्नो आदेश मान्ने केही स्थानिय ठालुहरुलाई याकथुङलाई सुब्बा, राय, थारुलाई चौधरी, कथित वल्लो किरातका सुनुवारलाई मुखिया, माँझ किरातका चाम्लिङ, खालिङ, वान्तवा, थुलुङ, पुमा, कायु, साम्पाङ आदिलाई राया (राई), पगरी दिइएको पदनै धेरैले आफ्नो जातिकोरुपमा स्विकारिएको अवस्था हो ।
याक्थुङ पहिचान
पहिचानका अनेक रुप र रंगहरु छन । जातीय पहिचान, लैङ्गिक पहिचान, सांस्कृतिक पहिचान, बर्गीय पहिचान, पेसागत पहिचान, राष्ट्रिय पहिचान, लाहुरे पहिचान, बच्चा, बैंसालु, बुढो पहिचान, नाक, आँखा पहिचान ।
कतिपय पहिचानका रुप रंग परिवर्तन होलान तर खास जातिको खास जातीय पहिचान खासै परिवर्तन हुदैन । एकजना याक्थुङ धनी, सुब्बा पहिचानबाट गरिव सामन्य किसान बर्गमा झर्न सक्छ, तर उसको असली पहिचान याक्थुङ हो ।
याक्थुङ सभ्यता बिकास क्रममा हामीले सावायेत्हाङ सन्तान खाम्बोङबा लुङबोङबा, थिबोङ याक्थुङ, सुभा, सुब्बा, लिम्बू, किरात, किरुवा, चितुवा, बाघे आदि झण्डै एक दर्जनजति नाम पाएका छौं । तर याक्थुङभन्दा यताका सबै नामहरु हामीलाई जबरजस्ति भिराइएको कलंक हो ।
आफूलाई जान्नेमान्ने अगुवा देखाउन अझैपनि हाम्रा समुदायका केहि गर्बसाथ सुब्बा लेख्छन । बिगत अढाइ सय वर्षदेखि जातीय कलंकको रुपमा पिरोली रहेको सुब्बालाई सुभाङ्गी सुब्बा, मंसिरे सुब्बा, टपरे सुब्बा, डवल सुब्बा, डोके सुब्बा, ढाक्रे व्यक्तिका पेशा, पद, चरित्रअनुसार अनेक रुप र रंगहरु हुन्छन । यो लेखमा केही सुब्बाहरुको बारेमा बहस गरिन्छ ।
सुभाङ्गी सुब्बा
आदिम कालदेखिनै याक्थुङ समुदायका जान्ने गन्ने मान्ने समाजका प्रतिष्ठित तूम्याहाङलाई आदारपूर्वक शुभा भनेर सम्वोधन गरिन्थ्यो । पृथ्विनारायण शाहको खुनी हमलापछि लिम्बुवानमा प्रसाशनिक एकाई चलाउन केहीलाई सुब्बाको पगरी भिराईयो । ज्यानमारा, गाईमारा, जात पतितजस्ता पञ्चखत वाहेक हाल सिडियो, मालपोत, प्रहरी, आदि प्रसाशनिक कामहरु सुभाङ्गी सुब्बाहरुले सम्पन्न गर्थे ।
सुभाङ्गी सुब्बा भनेकै आफ्नो र आफ्नै समुदायको किपटको कर असुलेर राज्यलाई बुझाउने बिच्यौला हुन । यो प्रथाको विशेषता सुब्बाको जेठो छोरोमात्र सुब्बा हुने वा रु। ३० र ६० मुरी धान फल्ने खेत पुरेतलाई बुझाएपछि सुब्बाका हुन पाइन्थ्यो । अन्ततः यही सुब्बाहरु राज्यसंग मिलेर किपट खाए ।
मंसिरे शुब्बा
मंसिरमा अन्न पाकेपछि रातदिन पकाउदै भएभरका मान्छेहरु भेला पारेर खाएर सक्ने । फागुन चैत नलाग्दै आरिने हाउ जाँठा एकदुई पाथी छैन भन्दै अन्न माग्नेहरुलाई “मंसिरे सुब्बा भन्ने चलन छ । म आफैले थाहा पाउदा किपट प्रशस्त भएरपनि ९० प्रतिशत मंसिरे सुब्बा थियौं ।
राज्यले सुब्बाहरुलाई दशैं मान्नेपर्ने रणनीतिअनुसार नेग्रा निशान दिएर माउलो स्थपना गर्न आदेश दिए । सुब्बाहरु ठुलाठुला राँगा बोका मार हान्ने होडबाजीमा आर्थिक भार थपन्दिै गयो ।
किपटको उन्मूलनसंगै मंसिरेहरुको संख्या ह्वात्तै घटेको छ । के सम्झौ भने किपट घटाउनमा मंसिरे सुब्बाहरुको पनि ठूलै भूमिका रह्यो ।
डवल शुब्बा
हाम्रा मुन्धुमविद तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाका पिताश्री खड्कबहादुर नेम्वाङ सुब्बाका जेठोपाको छोरो नभएपछि डोके ढाक्रे सुब्बाको रोलक्रममा बस्ननुपर्ने हो । तर धनीमानी, पढेलेखेको उच्च व्यत्ति घोडामा हिड्ने भएकाले सबैले सुब्बा भन्नै पर्यो । पछि सरकारी जागिर सुब्बा पद खाएपछि खड्कबहादुर प्रमोशन भई ‘डवल‘ सुब्बा भए ।
डबल सुब्बा परिवारको हैसियत अझै त्येही अवस्था छ तर पहिला गनिएका किपटवाला घनीमानी जो सुकुम्वासीसम्म भएका कंगाल लिम्बूहरु फुर्ती लगाउदै हिड्ने सबैलाई डबल सुब्बा भनिन्छ ।
समरिति मान्ने टपरे सुब्बा
चैनपुर बजार कुनै समय पूर्बको प्रमुख प्रसाशनिक केन्द्र थियो । बि.सं. १८७५ मा गोर्खालीहरूले चैनपुरमा याक्थुङ लाजेका ठूलाबडा भेलागरी दुई भागमा वर्गीकरण गरे। उनीहरूको रितिरिवाज (हिन्दू मनुस्मृति) स्वीकार्ने ‘समरिति लिम्बू’ टपरे सुब्बा र अर्का नस्वीकार्ने नीति (याक्थुङ मुन्धुम) कहलिए ।
समरितिका टपरे सुब्बाहरु पण्डितले जजमानी गरी टपरा सोहोरेझै गाउँबाट भूमिकर धुरी संकलनगरी सरकारलाई बुझाउथे । पण्डितले फयाँकेको मैलाकुचिला चाटचुट पार्थे हाम्रा टपरे सुब्बाहरु ।
बि.सं. १८७५ यता निरन्तर आफ्नै समुदायको आनासुकी दाम सोहोरेर याक्थुङ लाजे कंगाल पार्ने यिनै टपरे प्रवृत्तिका सुब्बाहरु कांग्रेस÷एमालेको भmोला बोक्छन । याक्थुङ पहिचान खिलापमा लागेका पद्मसुन्दर लावती, सुभाषचन्द्र नेंवाग, विजय शुब्बा, बसन्तकुमार नेंवांग, भिष्मराज आंगदेम्वे, राजेन्द्र लिङदेन टपरे सुब्बा हुन ।
कुवाना कुजाका सुब्बा
पुर्खाले निधारण गरेको याक्थुङ नीति विपरित क्रियाकिलाप गर्ने ब्यभचारी ज्यानमारजस्ता लिम्बूहरु सुब्बाको कारवाही पर्ने डरले भागेर मुंगलान पसे । उतै घरजम गरे । लामो समय उतै रहँदा आफ्नो थर विर्से वा सामाजिक मूल्य मान्यता विपरित काम विगारी भागेकाले आफ्नो पुख्र्यौउली थर लुकाउन सुब्बा लेख्न थाले ।
मुंगलानमा वस्नेहरु अरु समुदायसंगको घुलमिल र अवसरका कारण शिक्षामा प्रगति गरे । शिक्षासंगै उनीहरु साहित्य, गित संगितमा अगाडी बढे । तर त्यो प्रगतिको विधा आफ्नो याक्थुङ भाषा संस्कृतिको थिएन । अरुको काम गरेर ठुलो हुनेहरु आफुलाई सुब्बा लेख्न रुचाउछन कुवाना कुजाका सुब्बाहरु हुन ।
रणधिर सुब्बा, मणिकुमार सुब्बा (पानचिते) प्रताप सुब्बा, कुमार सुब्बा, विन्दिया सुब्बा, मनप्रसाद सुब्बा, नविन सुब्बा, प्रेम सुब्बा, विक्रम सुब्बा, उपेन्द्र सुब्बा, सुनिता, पवित्रा, देश सुब्बास्ता राजनीति, सहित्य, संगित, चलचित्र क्षेत्रमा चम्किएकाहरुको नक्कल गर्दै आफूलाई सुब्बा लेख्न रहर गर्नेको संख्यापनि कम छैन । कुवाना कुजा सुब्बाहरुसंग याक्थुङ कला चेत छैन रनै हाम्रै संस्कृतिको खिलापमा नुमाफुङ र जारी फिल्म बनिन्छन र हामी आफै आँखा चिम्लेर ताली ठोक्र्दै हेर्छौं ।
सुब्बा नबनेका याक्थुङ
सुब्बा नलेखिपनि याक्थुुङ सांहित्य, कला, संस्कृतिमा चम्केका थुप्रै छन । यासेली योङहाङ, मनु नेम्वाङ, सुवर्ण नेम्वाङ, राजु आङदेम्बे, अटल तुम्वापो, ब्रविन शेर्मा, दिलिप फुरुम्बो, सुनिता केदेम, निरन्ता नेम्वाङ, देशु सुहाङ, गंगा फियाक, भगिराज इङनामजस्ता धेरैलाई सुब्बा बनेर ठूलो बन्न रहर छैन । यद्यपि भगत सुब्बा यसको अपबात हुन ।
याक्थुङ नेताको थर लेख्ने इतिहास
राणा साशन अन्त्य यता सिंहदरवार छिरेका हाम्रा याक्थुङ समुदायका मन्त्री सांसदहरुचाही धेरैले पहिचान खुल्ने थर राखेको इतिहास छ । भारत प्रवासबाट नेपाल आएर लामो समय राजनीति गर्दै चिनको पहिलो राजदूत हुदै पटकपटक मन्त्री खाएका रणधीर एकमात्र सुब्बा लेख्ने याक्थुङ हुन ।
याक्थुङ समुदायबाट जेठो मन्त्री देउमानले २०१३ तिरै ुआङदेम्बेु लेखेर सुखद सुरुवात गरे । त्येसपछि २०१४ सालमा डाक्टर कआई सिंहको मन्त्रिमण्डलका स्वास्थ्यमन्त्री कुलबहादुर थेबेले लिम्बू र सम्शेरबहादुले आफ्नै थर तुम्बाहाम्फे लेखे ।
२०१५ को पहिलो आम निर्वाचनमा हाम्रो समुदायबाट ४ जनाले नेपाली कांग्रेसबाट चुनाव जितेकाहरु रंगिविरङगी
जति लेखेका छन ।
चौविस धनकुटाका डगलसिंले किन सेन लेखे यसको रहस्य उनका बंश जबेगूले खोज्नै पर्छ । ताप्लेजुङबाट निर्वाचित कुलमानले इजम लिम्बू दुवै राखेर नाक थामि दिए । फेदापे तेजामान तुम्बाहाम्फे र पान्थरे प्रेमराज आङदेम्बेले जानेर नजानेर आफ्नै थर लेखेछन । पञ्चायत प्रजातन्त्र गणतन्त्रसम्म पचासौ मन्त्री सांसदहरुमा मनिकुमार लिम्बू ९२०४८, इलाम(२० वर्तमान मन्त्री डिकबहादुर लिम्बू बाहेक सबैले आफ्नै पहिचान खोल्ने थर लेखाएको देखिन्छ ।
हन्दू धर्म ग्रन्थको नालायक पात्र किरात चाही कुनै नेता याक्थुङलेपनि प्रयोग गरेको पाइदैन । राणा साशनपछि सामन्य जनतातर्फ पहिलो प्रहरी महानिरक्षक ज्ञानबहादुर हेम्ब्या र पूर्व सिडिओ मन्जुल फोम्बोले याक्थुम्वा लेखेका छन । चुम्लुङको केन्द्रीय अध्यक्षसमेत भइ सकेका मञ्जुलले किन थुङबाको ठाउँमा ‘थुम्बा’ प्रयोग गरे भन्ने उनकै आफ्नै तर्क छ ।
पहिचान मेटाउने दुस्साहस
यो लेख कसैको मानमर्दान वा होच्याउने आशय होइन । याक्थुङ सभ्यता क्रमको बिभिन्न कालखण्डमा कसरी यस्ता नालायक नाम भिराइयोे र त्येसलाई हामीले चुपचाप ग्रहण गर्यौं भन्ने तथ्यलाई समिक्षा गर्दै सुधारौ भन्ने आग्रह मात्र हो । पहिचानमा संकट ल्याउने यस्ता प्रबृत्तिहरुबाट हामी सचेत हुनै पर्छ ।
व्यक्तिको इच्छाअनुसार नाम जात, थर, उपथर वा कुनै धर्म लेख्न सबैलाई छुट छ । कुनै एउटा जाति बिशेषले अर्कोलाई सुब्बा, किरात, लिम्बू राई, देवान, चौधरी, थापा, मुखिया त्याग भन्नु अतिबाद सोच हो ।
याक्थुङले हामी किरात होइनौं भन्न पाउनु पर्छ । राईले हामी खम्बू होइन पाउनु पर्योनि । यहाँ त एउटाले तिमीहरु राई नभइ खम्बू भएकोले खम्बुवान हुनुपर्ने र अर्कोले तिमारु किरात होनि यही किरात प्रदेश स्वीकारौं भन्ने हिटलरको नाजी जातीय अतिबाद तर्क गर्न छोडौं । बारपाखे धलेहरु हामी गुरुङ होइन भनेर सिंहदरवार धाएको बिसौं वर्ष भइसक्यो तर उनिहरुलाई घले हुनुमा रोक्ने गुरुङनै हुन । लोहोरुङ, कुलुङ, बाहिङ आदिले हामी राई होइन भन्दा रोक्ने राईहरु छन । मगर संघले पुन समुदायलाई जवरजस्ति मगरमा बस्न दबाव दिइ रहेका छन ।
तथ्यांक बिभागमा जनसंख्या धेरै देखाउन जातीय पहिचान मेटाउने दुस्साहस कसैले नगरौं ।
कृष्णकुमार हेम्ब्या – UK