अँध्यारा रात नि किनिए होलान्

हारेका बाजी जितिए होलान्

आँखामै हरपल राख्ने त मै हुँ

याद गर्नेले पो बिर्सिए होलान्

नरोई आएँ छुट्टिने दिनमा

क-कसका आँखा मिचिए होलान् !

उज्याला दिनमा हँसिलै देख्छु

रातमा पो छाती पिटिए होलान् !

ऋणमाथि ऋण भो गुणमाथि गुणले

बैगुणले सबै तिरिए होलान् !

‘आनन्द’ छैन त्यो प्यारो देशमा

वैरीका रिसराग सिद्धिए होलान् ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *