Posted on December 20, 2024 | by admin

मृत्युपछिको भय – डा. टीकाराम पोखरेल दिउँसोको बाह्र जति बजेको हुँदो हो । एकोहोरो शङ्ख बजेको आवाज आयो ।गाउँमा एकैछिनमा खबर फैलियो । मेलचौरघरकी आमैको मृत्यु भएछ ।म बाह्र वर्षको […]

3 कविता-डा रुपक श्रेष्ठ

Posted on December 5, 2024 | by admin

१. सम्भवासंभव जब सागर गर्भ नैहिमालय भएर आकास्सिन सक्छ भनेकृष्णको द्वारिका नैसागरगर्भमा भास्सिन सक्छ भनेअसम्भव भन्ने केहि रहेनछ ! विश्व निलेको ब्रिटानियालेनेपोलियनलाई वाटरलूमै भेट्न सक्छ भनेचर्चिलले हिटलरलाईवेस्टमिन्स्टरको छातीमै मेट्न सक्छ […]

के जिन्दगी कविता जस्तै हुन्छ र?-मुकेश राई

Posted on December 5, 2024 | by admin

जब पश्चिमाकाशमा अस्त हुने सूर्यलेरक्तिम लालीयुक्त पदचाप छोडेर विदा लिन्छशनै: शनै: उज्यालो निल्दै आउनेशुन्य रातको कालिमाको आभासमामेरो अशान्त मनको बेचैनी झनै बढछमनको अन्तर कुन्तर विरक्तिन्छएकोहोरो सुसाइरहेको खोलाझ्याउँकिरी र किराहरुको किरकिरकतै […]

तीन कविता/ निर्भीकजंग रायमाझी

Posted on November 30, 2024 | by admin

१. कति रानीमहल हृदयको कुनामा बने जर्साबले कालिगण्डकीको किनारमासेतो, सुन्दर एउटा महल बनाइदिएर मानिसहरूले भन्न थाले— आहा रानीमहल ! असाध्यै सुन्दरजूनको उज्यालोमा धपक्कै बल्नेहुस्सुले छोप्दासमेत टाढैबाट देखिनेमानौं, सधैं गण्डकीको पानी […]

तीन कविता – डा. संगीता स्वेच्छा

Posted on October 18, 2024 | by admin

(काव्य-सन्ध्यामा वाचित तीन कविता) 1.सुटकेश र सपनाहरू हिजै जस्तो लाग्छयो विदेशी भूमी टेकेकोएउटा सुटकेशमा अटाई नअटाईसपनाहरुकोमात्र, सपनाहरुकोएक गुजुल्टा बोकी हिंडेको । आजपनि उस्तै सुर्य उदाउँछ यहाँजसरी हिजो उदाउँथ्योत्यसैगरी अस्ताउँछ, फेरिजसरी […]

पर्खाई-तारादेवी सुनुवार

Posted on September 16, 2024 | by admin

छितिज छिचोलेरबतास भईजम्का भेट गर्नआउदै छ रे पारुहोप्पो ।सपनाको महल सजाउनमख्ख परेरप्रेमका तानहरुमाजिन्दगीका कथाहरु बुनि बसेको बेलापारुहोप्पो सुटुक्कै हेरेर फर्केछ !भुईमा पल्टिएको पातसँगैमलखादमा जानु छैन मलाईपर्खाईको घेरा अग्लाउनु छैनदुुगन्धित भाव […]

कुन्ता शर्मा – सपनाहरू भयावह हुन्छन् किन ?

Posted on September 16, 2024 | by admin

भयभीत–भयभीत भएर विषम बिपनासितथाकेर फत्रक्क गलेर पल्टिएपछि निद्रादेवीको काखमाबिर्सिएर विसङ्गतियुक्त बिपनालाईसुन्दर शीतल स्वप्नलोक भेटिए हुनेबिपनालोकका झञ्झावातहरू मेटिए हुने । हत्या, हिंसा र त्रासदीयुक्त वर्तमानहरू भोगेरयुद्ध, रक्तपात र आर्तनादहरू खेपेरथाकेको आतङ्कित […]

रोचक प्रसङ्गले भरिएको नियात्रा : उमिहोतारू-लव गाउँलेरोचक प्रसङ्गले भरिएको नियात्रा : उमिहोतारू-

Posted on September 6, 2024 | by admin

लामो समयदेखि बेलायतलाई कर्मथलो बनाउँदै आइरहनुभएका र नेपाली साहित्य सिर्जनामा अनवरत् कलम चलाइरहनुभएका नियात्राकार कृष्ण बजगाइँको चौथो नियात्राकृति प्रकाशित भएको छ । नियात्राकृतिको नाम उहाँले जापानी भाषाबाट राख्नुभएको छ– उमिहोतारू […]

भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं-डा. गोविन्दराज भट्टराई

Posted on September 6, 2024 | by admin

“प्रत्येक शब्दमा भाषाको इतिहास हुन्छ । त्यसलाई बेलाबेला ताछ्तै खुर्किंदै नवीकरण गर्न थाल्यौं भने त्यसको उत्पत्ति हराउँछ र नचिनिने हुन्छ । नेपालीमा ह्रस्व छैन, दीर्घ छैन, श, ष अथवा ञ, ण छैन भनी शब्द […]

जीवन र जीवनको ऊहापोह-विनयकुमार शर्मा नेपाल

Posted on September 6, 2024 | by admin

एक अर्थमा जीवन प्राण हो, अर्को अर्थमा जीवकोे जन्मदेखि मृत्युसम्म जिउने कालखण्ड हो जीवन । जीवन दुःख पनि हो, सुख पनि हो । जीवन हार पनि हो, जित पनि हो […]

नाङ्गो खुकुरी-तारिणीप्रसाद कोइराला

Posted on September 6, 2024 | by admin

हातमा नाङ्गो खुकुरी लिएको एउटा मानिस सडकको बीचबाट अगाडि बढ्दै थियो । ऊ छिटो-छिटो हिँड्दै थियो र उसका हरेक डेग राम्ररी भर परेर हिँड्दै थिए । पाइलाको प्रत्येक चालमा हातको […]

तेप्लायु- काङमाङ नरेश राई

Posted on August 22, 2024 | by admin

यहीँबाटअर्थात् तेप्लायुबाटजन्मेर गयोहुर्केर गयोथुप्रै सन्तान र तिनका बाल्यकालहरूहुर्केर जानेछन् बैसालु सपनाहरूक्रमशः गइरहेको हुनेछहरेक समय एउटा जीवन याम फेरिएपछि,–पोहोर जस्तै बोलाउने छआफ्ना सन्तानलाई हुच्पेखुवाउत्तिसमा बसेर आफ्नै भाषामारिसिया गाउने छ दोङकुमाखोपिरहेको हुनेछ […]

मुखुण्डो-प्रतीक घिमिरे

Posted on August 22, 2024 | by admin

आफ्नो सङ्लो र दुरुस्त अनुहारलाईविवशताको बर्कोले छोप्दैलाचारीको मजेत्रोले ढाक्दैअनुहार कम मुखुण्डो ज्यादा भिरेर हिँड्दाकुनै किसानलेखेतबारीका बालीनाली जोगाउनरखबारीका लागि ठड्याएको बुख्याचा झैँठिङ्ग उभिनु परेको छ कहिलेकहिले टोलका डबलीहरूमाकुनै लाखेले तमासा नाच […]

राजु हिमांशुमनोविज्ञानमा आधारित कथाः विपरीतताराजु हिमांशु

Posted on August 21, 2024 | by admin

साँझको छ बजेपछि त्यो मोबाइल फोनमा भक्कु बात मार्छ । सोध्दा भन्छ त्यसले—“घरमा के कस्तो छ भनी सोधेको।” त्यसको नाम हो राम । म बसेको होटेलमा काम गर्छ त्यो। मेरो […]

 जुलुसमा उठेका शब्दहरू-अनिता पन्थी 

Posted on August 21, 2024 | by admin

निद्राबाट ब्यूँँझँदा थाहा पाउँछु पानी परिरहेको छ । झरी परेको रात हिजो अस्ति आनन्द लाग्थ्यो । तर आजको मनले केही असुविधा मानेको अनुभव गर्छ । बिहानसम्म त वर्षा थामिएला नि […]

हिँड्दाहिँड्दै मोडमा-तुलसी दिवस

Posted on August 21, 2024 | by admin

हिँड्दाहिँड्दै मोडमाहिँडेको बाटो नै मोडिएपछिहिँड्नेको पनि केही लाग्दो रहेनछ। तेर्सिँदातेर्सिँदै तेर्सोमातेर्सिएको बाटो नै उक्लेपछितेर्सिनेको पनि केही लाग्दो रहेनछ। उक्लँदाउक्लँदै उकालोमाउक्लेको बाटो नै ओर्लिएपछिउक्लनेको पनि केही लाग्दो रहेनछ। ओर्लँदाओर्लँदै फेरिओर्लेको बाटो […]

गजल ~ आनन्द श्रेष्ठ

Posted on August 14, 2024 | by admin

अँध्यारा रात नि किनिए होलान् हारेका बाजी जितिए होलान् आँखामै हरपल राख्ने त मै हुँ याद गर्नेले पो बिर्सिए होलान् नरोई आएँ छुट्टिने दिनमा क-कसका आँखा मिचिए होलान् ! उज्याला […]

पञ्चकोट साहित्य सम्मेलन- निर्माण 

Posted on April 25, 2024 | by admin

२०८१ वैशाख १२, काठमाडौं । आज पञ्चकोट साहित्य सम्मेलनको कार्यसमिति गठन गरिएको छ। साहित्यिक पत्रकार सङ्घका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा गठित १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरूमा सापसका पूर्व अध्यक्ष सर्जक […]

नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र

Posted on April 17, 2024 | by admin

नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र ४ अप्रिल २०२४ । नेपाली साहित्यकर्मी तथा अध्येता विश्वास दीप तिगेलाले भाषा आयोगका अध्यक्ष र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई […]

गजल-रामगोपाल आशुतोष

Posted on April 16, 2024 | by admin

त्यो पाइताला सधैँ मेरो पक्षमा उभियोस् । तिम्रो धड्कन सधैँ मेरो मुटुमा धड्कियोस् ।। मेरो चाहना तिम्रोमेरो मायाको भूगोल आकाशमा तारा धरतीमा दूबोझैँ झाङ्गियोस् ।। नदीझैँ बग्दै, हावाजस्तै सङसङ्गै बहँदै […]