यसमा लेखिएको कुरा रमाईलो छ | पढौँ :

Posted on November 22, 2012 | by admin

Source: Kishore Pahadi shared Narayan Nabaraj Bhattarai‘s photo. मात्र १० वर्षअघि आफ्नो शक्ति चिनें: कर्ण शाक्य धेरै समयको ताकेता पश्चात् पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यलाई भेट्न हामी मध्यान्ह १२ः४५ बजे हात्तीसार, काठमाड ौं […]

विश्व नेपाली साहित्य महासंघ

Posted on November 21, 2012 | by admin

विश्व नेपाली साहित्य महासंघ इजरायल शाखासम्वद्ध अध्यक्षज्यु लगायत सम्पूर्ण सदस्य मित्रहरु, हार्दिक साहित्यिक अभिवादन ! नेपाली  डायसपोरेली  जीवनका विविध भोगाईहरूसंगै आआफ्ना व्यस्तताका वावजुद तपाईंहरुले त्यहा हाम्रो संस्थाको अस्तित्वलाइ जीवन्त बनाउन  जुन सक्रिय भूमिका खेल्दै […]

तिहार आयो

Posted on November 17, 2012 | by admin

तिहार आयो धेरै आँशु,नझार्नु है बहिनी तिहार आयो धेरै आँशु,नझार्नु है बहिनी दिक्क मानेपनि हिम्मत,नहार्नु है बहिनी टीका टाला लगाउन,दाजु आउला भन्दै मखमली फूलको बोट,नसार्नु है बहिनी रमाइ रमाइ पकाएका मिठाइ,पुरी,सेल मसलाको पोको पनि, नपार्नु है […]

गत केही दिन अघि

Posted on November 13, 2012 | by admin

गत केही दिन अघि पत्रकार जीतमान राई ‘सवीन’ जी ले मलेशिया बाट प्रकाशित साप्ताहिक पत्रिकाको लागी अन्तवार्ता लिनु भएको थियो| उहाँले पत्रिकाको लागी तयार गर्नु भएको म संगको यो कुराकानी […]

सद्भावको फूल

Posted on November 13, 2012 | by admin

सद्भावको फूल माला, चढाएर आओस् दसैँ आपसमा माया प्रीति,बढाएर आओस् दसैँ घर बारी साहुलाई छोडी,चाड बाड मान्नु पर्ने विकृतिलाई चोरऔँला,ठड्याएर आओस् दसैँ देश हाम्रो नेपाल हो,नेपाली नै सबको जात ठूलो […]

हाइकु

Posted on November 8, 2012 | by admin

-जीरन जार राई “संकल्प थुलुङ” मुटुको टुक्रो भएर धड्किन्छन् ति आफ्ना सन्तान ।    जीवन भरी अमृत झैँ पवित्र आमाको माया ।    संसार बाँध्ने त्यो आस्थाको बन्धन बाबा र […]

कविता : तिमीलाई पनि भिरिंगी लागेको छ

Posted on November 8, 2012 | by admin

– कवि हाङयूक अज्ञात यो प्रतेक क्षण यस्तरी बित्नुको औचित्य र अर्थ खोज्दछु जस्तरी भिरिंगी लागेको कुकुरले खोज्दछ गल्ली-गल्ली र चोक-चोक ऊ हुनुको स्वतन्त्रता-   म काठमाण्डूजस्तो खप्परभित्र आजीवन निको […]

ढुङ्गालाई

Posted on October 31, 2012 | by admin

-बिजय फोम्बो   कोही छ कि ? सधैं’नै हसाउने ढुङ्गालाई, कोही छ कि ? पानी’झै रसाउने ढुङ्गालाई !    चक्रव्युहमा अभिमन्युलाई फसाए जसरी, कोही छ कि ? जालमा फसाउने ढुङ्गालाई […]

जीन्दगानी

Posted on October 31, 2012 | by admin

-राजु मुखिया”दर्पण” ढोग्नेहरु भन्ने गर्छन शहरमा छ जिन्दगानी !    भोग्नेहरु भन्ने गर्छन कहरमा छ जीन्दगानी !!   कसैलाई मीठो होला शरद को पारिलो घाम !    कसैलाई शीत खस्ने प्रहरमा छ […]

लघुकथा-राजनिति

Posted on October 31, 2012 | by admin

-दिलिप अविरल वरूण ठिमापुर गाउँको एक गरिब केटो भए पनि शिक्षित र मेहनती थियो । भाग्यमा भन्दा कर्ममा विश्वास राख्ने ऊ सँधै कामलाई पूजा गर्थ्यो । हातमा डिग्रीको प्रमाणपत्र भए […]

म साँचो नेपाली भई मरी दिन्छु

Posted on October 31, 2012 | by admin

–ज्ञानेन्द्र गुरुङ मेरो राष्ट्रिय चन्द्र, सुर्य अंकित ध्वजा, अनन्त सम्म फहराउन खोज्दा खोज्दै… म डुब्ने बेलाको घाम भएछु भने म प्रेषक बिनाको खाम भएछु भने सुन्दर हिमाल हाँसेको हेर्ने दुई […]

कस्तुरी भैँ नयाँघरे-रोहित खतिवडा

Posted on October 30, 2012 | by admin

“जति सरापे पनि कमै हुन्छ काठमाडौँलाई । जति उल्ल्याए नि थोरै हुन्छ काठमाडौंलाई । जति धारेहात लाए नि अपुगै हुन्छ काठमाडौंलाई ।” कवितात्मक शैलीका यी हरफहरु काठमाडौंप्रतिको वितृष्णा हो, क्रोध […]

मेची नदी किनारमा

Posted on October 15, 2012 | by admin

–सौरभ कार्की एकछिन पछि जून – खोलाको उपल्लो किनारबाट पौडदै पौडदै आईपुग्नेछ – मसम्म । र साउती मारेर जानेछ – मैले नबुझ्ने कत्ति धेरै कुराहरु – हिजोअस्तिजस्तै । म सधै […]

आधुनिक अमर प्रेम कथा

Posted on October 15, 2012 | by admin

कुनै गाउँमा एकजना केटा र केटी थिए । उनिहरू एक अर्कालाई असाध्यै माया गर्थे । प्रेममा यति धेरै चुर्लुम्म डुबिसकेका थिए कि कुनै शारिरिक बन्धन थिएन । उनि हरूको अन्तर्जातीय प्रेम […]

हरियो राहदानी- अन्तर्वाता, नयाघरे

Posted on October 12, 2012 | by admin

मुलुक छोड्नेको मात्र होइन, रित्ता र सुनसान घरबस्तीका कुरा छन् ः नयाँघरे युवराज नयाँघरे नेपाली निबन्ध र नियात्राका फाँटमा अत्यन्तै सुपरिचित र बलशाली नाम हो । मदन पुरस्कार विजेता नयाँघरेले […]

गजल- सवाल जवाफ

Posted on October 5, 2012 | by admin

सवाल -मिथिला प्याकुरेल “मिथ्या”  कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म ।   छाम्न सक्छौ, छु तिम्रै दिलमा, हेर आँखा भरी कहाँ […]

परितोषिकाको तीज

Posted on September 17, 2012 | by admin

-अन्वभ मन्जरी परितोषिका पहिलो पटक आफ्नो श्रीमान आरकीडसँग गाउँको घरमा पुग्छिन् । सहरमा जन्मे हुर्केकी उनलाई गाउँलाई राम्रोसँग बुझ्ने र जान्ने रहर थियो । चार वर्षअगाडि गाउँले छोरो आरकीडसँग बिहे […]

नेपाली

Posted on September 12, 2012 | by admin

-इन्जिनियर राकेश कार्की नेपाल आमाको दुध चुसी हुर्केका नेपाली मधेशी भन पहाडी भन या भन हिमाली भ्रष्टाचार गर्ने घुस खाने बेइमानी नबन लुट्ने, मार्ने तर्साउनेलाई नेपाली नभन बाटो, शिक्षा, कृषिको […]

तताउदै जवानी

Posted on September 12, 2012 | by admin

-इन्जिनियर राकेश कार्की कसैले इसारा गरेझैँ भएथ्यो कि यो दिल उनैमा मरेझैँ भएथ्यो रहरमा म हाँसे अधर त्यो गुलाबी नजरमा उज्यालो छरेझैँ भएथ्यो तताउदै जवानी रमाउदै खुसीले दगुर्दै नदी त्यो […]

ललित साहित्य परिषद्को अधिवेशन असोजमा

Posted on September 12, 2012 | by admin

८  असोज २३ । ललित साहित्य परिषद् रोल्पाको पाँचौं अधिवेशन असोज १३ गते हुने भएको छ । परिषद्का निवर्तमान अध्यक्ष कृष्ण डी.सी.को अध्यक्षतामा बिहान लिबाङमा सम्पन्न बैठकले अधिवेशन सम्पन्न गर्न […]