माटोपानीको प्रतिक्षामा-कोइँचबु काःतिच

Posted on January 3, 2021 | by admin

सोच्छु मबासु होपो बन्न सकुँअनि फपिदुपि बनेर मुसगस झारि दिउँमेसेल्मि बनेरमासी लागाएर रक्तमुछेल बनाइ दिउँनिम्लो बनेरआछोगि हाउहाउ पा चोति भन्ने बनाएरदुःधको दुःध पानीको पानी सत्य बक्न लगाउँसार्मी देयि बनेरहलचल गर्न […]

हाम्रो साहित्यले छुटाएका कथाहरू- Biswa Paudel

Posted on January 3, 2021 | by admin

लेखकहरू सम्पन्न र विद्वान् हुँदा साधारण ज्यामीहरूका कथा यथार्थवादी ढङ्गले लेखिएनन् । लेखकहरू सहरका हुने भएकाले गाउँका कथा यथार्थवादी रूपमा आएनन् । साहित्य एक व्यापक विधा हो, यसमा लेखकहरूलाई संरचनागतबाहेक […]

अनेसास एसिया क्षेत्रका च्याप्टरहरूको भेला सम्पन्न

Posted on December 28, 2020 | by admin

समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले महादेशीय रुपमा आफ्नो गतिविधि ब‍ढाउने उदेश्यअनुरुप हालै एसिया क्षेत्रका च्याप्टरहरूको अनलाइन भेला सम्पन्न गरेको छ ।  केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजनमा सम्पन्न सो भेलामा जापान […]

हाइकु-रत्नशमशेर थापा

Posted on December 24, 2020 | by admin

१)नाङ्गिदै छन्,हिउँको अभावमाहिमालहरू । २)लोप हुँदैछसौन्दर्य पहाडकोनापाई स्नेह । ३)मख्ख पर्दैछन्लहरको स्पर्शमाकिनाराहरू । ४)अोसिहो धर्तीनिठुरी मौसमलेबदल्दा रङ । ५)खोज्दैछन् वास्नाकागजको फूलमाअल्लारेहरू । ६)को सुन्छ यहाँखोला नदीहरूकोतीतो गुनासो ।

मेरो आवाज / भीमदर्शन रोका

Posted on December 24, 2020 | by admin

धरै मानिसहरुको एउटा ठूलो आवाज आउनेछतिमी ध्यानले सुनिरहनूत्यसमा मेरो पनि आवाज हुनेछफेरि झन् झन् ठूलो हुँदै जानेछ । आकार यसको, सूर्यमण्डलजस्तोघामवरिपरि सभा लागेजस्तोराती भए चन्द्रसभाबसिरहेका तारैताराचक्रैचत्रसफा शुभ्रबाहिर भित्र सप्ताहहरुमा शहीद […]

अवज्ञाको देउराली-कृष्णचन्द्रसिंह

Posted on December 24, 2020 | by admin

कवि राजवकी छोरीको बिहे भोजमा थिएँ म, वसुन्धरामा । भोजमा बाक्लै थिए बहुउमेर, बहुविधा र बहुविचारका लेखक-कविहरू । नीलगगनबाट चट्याङ परेझैँ खबर आयो ः कृष्णचन्द्रसिंह प्रधान इहलोकमा अब रहेनन् । भोजको वातावरणमा अनायास […]

प्रतिनिधि नारी यौनकथा

Posted on December 24, 2020 | by admin

कमजोर कथाहरूको संग्रह विमल भौकाजीको संकलनमा रत्न पुस्तक भण्डारबाट प्रकाशित प्रतिनिधि नारी यौनकथामा १८ जना सुपरििचत नेपाली नारी साहित्यकारका यौनका बहुविध पक्षमा केन्दि्रत कथाहरू प्रस्तुत गरएिका छन् । संग्रहमा वानीरा […]

कला र साहित्यमा बिम्ब / तेजेश्वरबाबु ग्वंगः

Posted on December 24, 2020 | by admin

प्रतीक र विम्ब शाब्दिक रूपमा दुई अलग शब्द हुन् । रूपमा मात्र नभई अर्थमा पनि यी अलग छन् । समान गुणका आधारमा कुनै दृश्य वा अदृश्य अन्य कुनै वस्तु/भावको कल्पना […]

टाँकीको फूल र एक जोडी – आँखा इल्या भट्टराई

Posted on December 24, 2020 | by admin

वरिपरिको परिवेशमा छरिन आइपुगिसकेको छ । अगिदेखि तप्त भएको वातावरण विस्तारै शीतलमा अनूदित हुँदै छ । कताबाट हो कुन्नि अचानकै एक झोक्का हावा चलेर जडवत् भइरहेको निःशब्द वातावरणलाई आफू पनि […]

एब्स्ट्रयाक्ट चिन्तनः प्याज/ शङ्कर लामिछाने

Posted on December 24, 2020 | by admin

एब्स्ट्रयाक्ट चिन्तन हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- “शङ्करजी, तपाईँको लेख, त्यो लेख, ‘शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा’ पढेँ ।” “कस्तो लाग्यो ?”” मजाको छ । अलि रियलिस्ट […]

अनेसासको “अन्तर्दृष्टि”ले पूर्णता पायो

Posted on December 14, 2020 | by admin

अनेसासको “अन्तर्दृष्टि”ले पूर्णता पायोसमाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन अन्तर्दृष्टि” पत्रिकाको सम्पादन समूहले पूर्णता पाएको छ। यसको कार्यकारी सम्पादकमा सुरेन्द्र अस्तफल (नेपाल) मनोनित भएका छन् । यसअघि पनि उन‍ले अन्तर्दृष्टिमा […]

मेरी प्यारी -प्रतीक घिमिरे

Posted on November 10, 2020 | by admin

निकै ठूलो संघर्षअनि कठिन घडीहरू पार गरेपछि मात्रमैले तिमीलाई पाएको हुँँकयौं रातहरूत्यसै अनिदो बिताएको छु मैलेथुप्रै भोक र तिर्खाहरूत्यत्तिकै पचाएको छु मैलेत्यति सजिलै मैले तिमीलाई भेट्टाएको हैनत्यसैलेतिम्रो असाध्यै माया लागेर […]

अनुरोध- दीपा मेवाहाङ राई

Posted on November 9, 2020 | by admin

हामीले हिडेका आधा बाटोहामीले शितल तापेका वर पिपलदेउरालीमा रोपेका केही बचनहरुसाझको सम्झनामा बहिरहने त्यो बतासभञ्ज्याङ्ममा बिसाएको केही सुस्केरासबै सबै तिम्रै नाममा छोडेर जादैछु बग्न सक्छन् कयौ थोपा आँखा बाटपग्लिजाने हिउहरुभौतारिन […]

अनेसासमा सत्र सदस्य महिला समिति गठन

Posted on September 22, 2020 | by admin

अमेरिकाअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिले पूर्णता पाएको छ| आइतबार समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले समितिलाई पूर्णता दिएको हो |समितिको सदस्यहरूमा  रजनी श्रेष्ठ- (डिसी, अमेरिका), लतिका […]

पन्तलाई पुरस्कार गौतमलाई अभिनन्दिन

Posted on September 16, 2020 | by admin

पन्तलाई  पुरस्कार गौतमलाई अभिनन्दिनसमाचार दाता    यस वर्षको “राजमित्र स्मृति पुरस्कार” साहित्यकार महेश्वर पन्तलाई प्रदान गर्ने निर्णय भएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद काफ्ले”शैव” , कवि लालगोपाल सुवेदी र गत […]

शरणार्थीको कथा-पुष्प ढकाल

Posted on September 11, 2020 | by admin

माखोलाको वारिपारिबास थियोबाँसको घरघरको छानो प्प्लास्टिक,बेराको सेउलाघाम पानी छिरे पनिखुला आकाश देख्ने छानोघरको छानो चुइन्छबस्ने बास छैनर खाने गास छैन ।हावा हुरीले घरको छानोप्लास्टिक उडाइन्छअसार साउन महिना बर्षाघरभित्र आल र […]

जून-माया भट्टराई

Posted on September 2, 2020 | by admin

आजकल म प्रायःआकाशतिरजून हेरेर समय बिताउनेगर्दछु ।र कल्पनागर्छु मेरो जिन्दगीकोसहारा यै जून बनेको छआजकल ।खै, किन होजब रातमाक्षितिजपारि जून हेर्दछु,मैले मेरो जिन्दगीको सहाराभेटे झैँ लाग्छ,जहाँ म मेरो लुटिएको,खोसिएको घरबारभेट्तछु,मेरा हराएकाखुसीहरू […]

वमूल्यनमा बाँचेको जिन्दगी-शर्मिला खड्का दाहाल

Posted on August 23, 2020 | by admin

यो एउटा छोटो कथा यहाँमा समर्पित ।अवमूल्यनमा बाँचेको जिन्दगी डाक्टरले दुईवटै किड्नी फेल भएको प्रमाणपत्र दिइसकेको छ मलाई तर मृत्युले मलाई प्रवेश दिइसकेको छैन । ऊ निषेध गरिरहेछ । कष्टपूर्ण […]

परिधि-मनिष प्रजा

Posted on August 23, 2020 | by admin

प्रत्येक नारी अस्मिताको कथा: `घर चाडैं आएस् है, छोरी! धेरै दायाँबायाँ नगरेस् !´ आमाको यी वाक्यले साथीको घर हिँडेकी म घरको मुलद्वारको बिच बाटोमा टक्क अडिए। मानौ, ती बिन्तीले मलाई […]

तिम्रो पत्र-कमला सरुप

Posted on August 23, 2020 | by admin

समुद्रको छेउमा, त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवनभन्दा पनि महत्वपूर्ण कुरा भावना कसरी हुनसक्छ रु अहिले […]