Posted on January 1, 2018 | by रामकृष्ण अनायास
आज पनि उत्तिकै संझिरहेको छु उनि गए पछि हामीले खेलेको बगरको किनारामा, बनाएको घर कैयौपल्ट ढल्यो होला तर समयले छुटाए पनि कहिल्यै ढलेन आशाहरु टुटेन कहिल्यै बिस्वासका ताराहरु हामीले छोएको त्यो नदीको पानी कैयौ संसार घुम्यो होला त्यो भन्दा बढी घुमेको तिम्रो स्मृति, मेरो आँखामा आज पनि उत्तिनै साक्षी छन् म नगएको कुरै पल रहेन जहाँ तिम्रो हाँसो छोडिएको थियो जहाँ तिमी र म भाँडाकुटी खेल्दा सपनाहरु बुनेका थियौ अनि कति पटक त तिम्रो सिउदो बालुवाले भरेको थिए हो त्यहि बगर साक्षी छ सोध नदी सँग […]