Cotegory: कथा

चट्पटे मन

Posted on March 27, 2011 | by राजेश नतांश

– राजेश नतांश काया बच्ची भा’की छे । मानौं, उसको बाल्यकाल फेरि फर्किआएको छ । ऊ बाघले झम्टिएझैँ झम्टिन्छे । एकलौटी अडान नछोडि लडीबडी गर्छे । घरमा पालिएको बिरालो जसरी […]

लण्डन सहर र नेपाली युवती

Posted on February 4, 2011 | by सुबिसुधा आचार्य

– सुबिसुधा आचार्य मौसम पूर्णिमाको रात जस्तो छङ्ग स्पष्ट खुलेको छ, खुल्ला नीलो आकाशमुनिको लन्डन सहर चम्किलो देखिन्छ एक यौवन सुन्दरीझैँ आफैमा निकै सुन्दर आकर्षणमय । चेरिङक्रस रेल्वे स्टेसनमा उत्रेर […]

रूथ

Posted on February 3, 2011 | by राजेश नतांश

“म जस्तीलाई कसले पो बिहे गर्ला र सम्पादकज्यू ?” “तिमी फूलझैँ राम्री छौ, गरिहाल्छन् नि !” रूथ सोफामा लडिरहेकी थिइन् । उनको हातमा मेटासिडको बोतल थियो जसमा ‘प्वाइजन’ लेखिएको थियो […]

रेगिस्तानको मृगतृष्णा

Posted on December 4, 2010 | by कृष्णपक्ष

-कृष्णपक्ष सम्भवत: मध्यपूर्वतिरको कुनै  सामुद्रिक तटमा थियो त्यो वस्ती । धर्तीमा साँझ ओर्लिएपछि एउटा मिठो मेहेफिल जम्थ्यो त्यहाँ । संगीतकारले रसिलो धून भरेझैं  मन्त्रमुग्ध आवाजमा एउटा युवक कथा सुनाउथ्यो, कविता गीत […]

क्याफे वान (CAFÉ 1)

Posted on November 24, 2010 | by जीवन देवान गाउँले

‘क्याफे वान नेपाली सांस्कृतिक धमका २००८ को मैझारो कार्यक्रम क्याफे वान मा हुदैछ भन्ने खवर पाए पछि हामी तीन जना त्यता तिर हान्नियौ । म देवुलाई पछ्याउदै थिए भने सोम […]

पूर्णविराम

Posted on November 19, 2010 | by शर्मिला खड्का (दाहाल)

 –शर्मिला खड्का (दाहाल) उसको टाउको जोडले दुखिरहेको छ । क्रोसिनले पनि उसको टाउको दुख्न कम भएको छैन । ऊ अस्पतालबाट आएको दुई दिन भइसकेको छ । तर पनि उसको मस्तिष्क […]

सुयोग

Posted on November 15, 2010 | by जीवन देवान गाउँले

–जीवन देवान गाउँले विना योजना नै पोखराको भ्रमणमा निस्केका थियौ । अघिल्लो रातमा टुङ्गो लगाएर भोलीपल्टको नाईट समातेका थियौ र भुकभुक उज्यालोसँगै पोखरा नगरीमा हामीले पनि बसबाट आफूलाई खुत्रुक्क ओरालेका […]

साथी

Posted on November 11, 2010 | by मनु लोहोरुङ

-मनु लोहोरूङ मेरो लागि अजम्मरी, तिम्रो माया, साथी ! राख्न सकूँ ! सधैं माया, घाम भन्दा माथि मर्ने चोला कैले होला, कस्लाई थाह छ र एकै मुट्ठी सासै त हो, अरु के पो […]

तिनको नकचरो पोइ

Posted on November 1, 2010 | by बुद्ध चेम्जोङ

 (मनोवाद कथा) –  बुद्ध चेम्जोंग  सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमाकाम गर्छन | दिपक निकै मेहनेती अनि चलाक पनि छ, उ पहिलो छुट्टीमा आउदा सबितासंग मागी बिहे भएको हो |आमा बुवाले नै केटा हेरेर दिपकलाइ छानेका थिए, आखिर दिपक पनि अग्लो ह्यान्डसम अनि आइ. कम. सम्मपढेको केटो थियो | सबिताको दिपकसंग बिहे भए पछि मुस्किलले ३५ दिन सम्म संगै बसे होलान, के गर्नु दिपक दुबईसहर काममा फर्कनु नै थियो, आखिर घरको आर्थिक भार उसले नै थाम्नु थियो | घरमा ६५ बर्ष काटेको बुवा अनि सधैबिमारी भइ रहने आमा बाहेक कोहि थिएनन् | सबिता निकै खुशी थिइन दिपक देखि, उ निकै रोमान्टिक अनि हसिलो थियो | बिहे भएको पहिलो दिन नै सविताकोमन जित्न सफल थियो उसले | ती बिहे पछिका दिनहरु अनि दिपकसंग बिताएका सम्झनाहरु सविताको मनमाताजै छ | दिपकसंग बिहे भए पनि पढाई जारी राख्नु भन्ने दिपकको सल्लाह अनि सोचले सबितालाइ ज्यादै प्रभाबपरेको छ | त्यसैले अझ पनि सासु ससुरालाई स्याहार्दै पनि सबिता बि.कम.  पढिरहेकी छे, घरमा कुनै अप्ठयारो छैन,सासु ससुरा पनि बुहारी सबितालाइ आफ्नो छोरी झैँ माया गर्छन | सबिता आज अलिक दिक्दार छे कारण फोनमा कुरा गर्दा दुबईबाट दिपकले पैसा धेरै खर्च नगर्नु, इकोनोमिक हुनुजान्नु पर्छ भनेको कुरा मनमा गुन्जी रहेको छ, त्यसैले सबितालाइ निन्द्रा लागिरहेको छैन | आखिर मैले त्यस्तो केनै खर्च गरे होला | खालि क्याम्पस फी, किताब कापी अनि केहि लुगाहरु अनि स्रिंगगार पटारका सामानहरु त होनी |अरुका लोग्नेले आफ्नो श्रीमतीलाइ निर्धक्क पैसा चलाउन दिन्छन, आफ्नो लोग्ने चाही यस्तो, सबिता आफै गुनासोगरिरहेकी छे | उ चाही त्यहा मस्ती गर्दो हो, मनमनै शंका गरी आफ्नो लोग्नेलाइ | हुन पनि नाना भाति कुराहरु सुनेकीछे, दुबई सहरमा गएर धेरै मान्छेहरु बिग्रिएको, बिहे भएको केटाहरु पनि अरु बिदेशी केटीसंग लाग्छन रे, संगै बस्छनरे इत्यादी | के थाहा मेरो दिपक पनि, आफ्नो आँखाले देखेको होइन झन शंकालु बन्छे, यति सोच्दा सोच्दै झन सबिताभावनामा बग्छे, कल्पना गर्न थाल्छिन | आज दिपक आफुसंगै काम गर्ने कम्पनिको एउटी बिदेशी फिलिपिनाकेटीलाइ लिएर अंग्रेजी सिनेमा हेर्न गएको छ | दिपक र त्यो केटी एक अर्कालाइ अँगालो मारेर बसेका छन् | त्योअंग्रेजी फिलिम निकै उतेजक छ, हिरो र हिरोनी एक अर्कामा चुम्बनका दृश्यले दिपक निकै रोमान्चित छ | डु युलाइक इट? फिलिपिना केटी साथीको प्रश्नले दिपक झस्किन्छ, ” एस एस, इट्स नाइस मुभी” उसले उतर दियो | अब सबिता रिसले चुर हुन्छे, तिनी आफै दिपकसंग बदला लिन चाहन्छिन | उ भन्दा म के कम, जाबो आइ. कम. तपास गरेको छ दिपकले | म त बि.कम. पढ्दै छु, सबितामा घमण्ड आयो, कोहि मन मिल्दो हेन्डसम केटा भेटेमा साथीबनाउनु पर्ला | के दिपकले मात्रै केटी खेलाउनु मिल्ने, मैले केटा साथी बनाउनु मिल्दैन? म पनि मजाले घुमाउला,रमाइलो गरौला | अहिले जमाना नै आधुनिक भएको छ, सकेको मोज त गर्नु पर्छ भन्छन क्याम्पसका साथीहरु |यसरी नै निकै राति सम्म सोच्दा सोच्दै कतिखेर सबिता निदाइन् | बिहान, एई! बुहारी ल ल उठ! घाम उदाईसक्यो, भनेर सासुले बोलाउदा पो सबिता झसंग बिउझीन् | अनि सासुससुरालाइ हतार हतार चिया बनाई दिइन्, र बिहानको खानाको लागि तयार गर्न थालिन् | सबिताको दिउसोको क्लासथियो पदमा कन्या क्याम्पसमा | दिउसो क्याम्पसमा साथीहरुले सोधे सबितालाइ एई! सबिता के छ अनि तिम्रोबुडोको हाल खबर, कतै अरु केटीसंग त लागेको छैन, अलि विचार गर है | विदेशमा त जे गरे पनि हुन्छ रे, कसैलेचिन्दैन रे, यहा नेपालमा बिहे गरे पनि, म अन म्यारिड छु भनेर भनेर केटी घुमाउछन रे | ” खोइ! ठिकै छ, हिजो फोनगर्नु भएको थियो उहाले” सबिताले छोटकरीमा उतर दिइन् | आज पनि किन हो सबितालाइ हिजो जस्तै निन्द्रा नै लाग्दैन, त्यो माथि क्याम्पसमा साथीहरुले “अलि विचार गर है“भन्ने शब्द सबिताको मनमा गुन्जीरहेको छ | सबिता सोच्न थाल्छे, दिपक त्यो बिदेशी केटीलाई लिएर समुन्द्रमाघुम्दै होला, अनि समुन्द्र नजिकैको बालुवामा पल्टेर तातो घाममा पल्टिदै त्यो बिदेशी केटीसंग हास्दै होला | तिनलेकहिले कही सिनेमामा यस्तै बालुवा अनि समुन्द्र देखेको कुरालाइ मनमनै कल्पना गरी | यो छोरा मान्छेको जात नैयस्तो, किन मलाई यहा बिहे गरी राखेर विदेश गएको होला, आफु चाही मोज गर्ने, यता म चाही तड्पिरहेको छु |आफ्नै जवानी देखि, खोइ मेरो जवानी यतिकै खेर जाने हो कि क्याहो, सबिता झस्किन्छे | तिनलाई अचानक रिसउठ्छ, दिपक अर्को बर्ष नेपाल आएन भएन भने मैले पनि सोच्नै पर्ला, मेरो यौबन त्यतिकै खेर जान त दिनु भएननि | तिनले सम्झी, आफ्ना क्याम्पसका साथीहरु अनि तिनीहरुको बोय फ्रेन्डहरु, कति मोज गर्छन, घुम्छन, संगैबस्छन | आफु चाही सासु ससुरालाइ स्याहार गर्यो बस्यो, सविताले इर्श्या गरी आफ्नो साथीहरुसंग पनि | सबितादोधार परी, आखिर दिपक मेरो लोग्ने हो सबथोक हो तर उ मेरो साथमा छैन भने, के यो नै जिबनको सार हो र?लोग्नेको बाहुपासमा बाधिनुको मजा नै अर्कै छ, कतिन्जेल यसरी बस्नु? सबितालाइ यौबन, जवानीको मजा लिनेबानी परिसकेको छ दिपकसंग बिहे भए पछि | आखिर बिहेको मुख्य उदेश्य नै त्यही हो अनि यौबन र जवानीको मजालिदै प्राकृतिक रुपमा सन्तान उत्पादन गर्दै जानु | “हे! मेरो मन पनि” सबिता आफैलाइ सम्हालिन्छे, जे भए पनिउहा मलाई माया गर्नु हुन्छ, भन्दै सबिता आफैलाई शान्त्वना दिन्छे | शनिबारको दिन सबिताको साथी रिनाको जन्मदिनको पार्टीमा सामेल हुन गइन् | साझ ७ बजे बोलाएको थियो, निकैअरु साथीहरु पनि रहेछन | आधुनिक परिबेस पहिलेको जस्तो होइन अहिले, त्यहा केटी साथीहरु पनि वाइन पिउदैरहेछन | सबितालाई पनि वाइन पिउन कर गरे, आ! सबै पिउछन भने म चाही नपिएर के नै हुन्छ र, सविताले पनिवाइनको गिलास समाइन् | वाइनको साथ साथै केहि मासुका टुक्राहरू खाइन्, पछि बर्थ डे केक काटियो, केक रिनालेपहिला आफुले टोके अनि आफ्नो बोय फ्रेन्ड ज्याकलाइ खुवाए | सबै जना वाइनले मातिदै गए, केटाहरु चाही कोहिव्हिस्की अनि बियर पिउदै थिए, सबितालाई पनि वाइनले केहि दिमाग रिन्गाएको जस्तो लाग्यो | त्यहा संगीतकोधुनसंगै मधुरो प्रकाशमा पार्टी चल्दै थियो, सबिताका साथीहरु आफ्नो बोय फ्रेन्डसंग कम्मरमा पक्रेर नाच्दै, कोहिकुरा गर्दै थिए | सबितालाई पनि अब मन लागेको थियो, कुनै केटा भए पनि यसो हात समातेर अंगालिन्दै नाचे जस्तोगर्नु मन लाग्यो | साएद वाइनको नशामा त्यो आँट आयो होला सबितालाई, आखिर संगत न हो, ” एई सबिता आइजन नाच्न” रिनाले कर गरी, ज्याकसंग भिडाई दिइ | अब सबिता ज्याकसंग नाच्न लागि, ज्याकले हातमा पक्रेरघरीघरी फनक्क घुमाउदा सबितालाई निकै मजा आयो | अनि नाच्दा नाच्दै छासछुस हात या औलाले सबिताकोनितम्ब छुदा तिनी लाजले रातो हुन्थिन | आखिर निकै समय पश्चात छोरा मान्छेको सामिप्य पाएकी थिइन्सविताले, निकै बेर नाची रहे, ज्याक र सबिता | साझ १० बजे तिर ज्याक अनि रिनाले सबितालाई घर सम्म पुर्याउनआए | अब घर आए पछि वाइनले अलि अलि छोडी सकेको थियो, सबिता ओछ्यानमा पल्टी, सोच्न थाली दिपकको बारेमा |दिपक आज साझ त्यो बिदेशी केटीसंग डिस्कोमा नाच्दै होला, नकचरी केटी मेरो लोग्नेलाई अँगालोमा हालेर मस्किन्दैहास्दै होलिन् | दिपक पनि खुशीले त्यो केटीसंग मस्की मस्की कम्मरमा पक्रेर घरीघरी नितम्ब छुदै होला | छोरामान्छे यस्तै नै स्वार्थी हुदा हुन् अघि ज्याकले सबितासंग नाच्दाको मिठो कल्पना गरिन्,| ज्याकले पनि जानअन्जान सविताको शरीर छुदा पक्रिदा तिनलाई निकै रोमान्चित बनाएको थियो, शरीरमा करेन्ट पैदा भएको सम्झीन्| दिपक बियर पिउदै त्यो बिदेशी केटीलाई वाइन पिलाउदै होलिन्, त्यो बिदेशी केटी पनि पातिन्दै मेरो दिपकलाइ च्यापसमातेर लाडीन्दै ” आइ लभ यु दिपक, डोन्ट लिभ मि अलोन” भन्दै होलिन् | दिपक पनि ” एस बेबी, आइ लभ यु टू“भनेर चुम्बन गर्दै होला | आफ्नो यस्तो नकचरो लोग्नेको यो ताल देखेर सबिता पनि अब एउटा निर्णय गर्न पुगी, अबम पनि बोय फ्रेन्ड बनाउछु | आखिर कतिन्जेल म तड्पिनु, सोची त्यो क्याम्पस जाने बाटोमा क्यासेट पसले सधैमलाई घुरेर हेरी रहन्छ | आखिर उ पनि हेन्डसम अनि जवान छ, यति सोच्दा सोच्दै कतिखेर सबिता निदाइन् | यस्तैमा एक दिन घरमा दिपकको फोन आयो, म नेपाल फर्कदै छु | यहा हामी काम गर्ने कन्स्ट्रक्सन कम्पनि बन्दभयो, आर्थिक मन्दीले गर्दा सबै कामदारलाइ घर पठाउदै छ | कम्पनिले तलब पनि ३ महिना देखि दिएको छैन, मसंग बचेको केहि पैसाले ” सबिता! म तिमीलाई एउटा मोबाइल अनि राम्रो घडी ल्याई दिन्छु | मैले तिमीलाई एकदमैमिस गरिरहेको छु” भनेर दिपकले भन्दा सबिताको मुटु छिया छिया भएर आयो | कन्स्ट्रक्सनमा काम गर्न कतिगाह्रो भयो होला, त्यस्तो बाहिरको गर्मीमा, साएद पैसा कम कमाएर नै अलि इकोनोमिक हुनु जान्नुपर्छ, भनेरफोनमा भनेको कुरा याद गरिन् | मलाइ यति माया गर्ने श्रीमानलाइ नाना भाति कुरा सोचे, साथीहरुको लहलहैमा कुरासुनेर, सबिता आफैलाई दोषी ठानी | तिनलाई पश्चाताप भएर आयो अनि हतपत कोठामा गएर हुक्क हुक्क गर्दै रुनथालिन् |  राजारानी १ धनकुटा अक्टोबर २००९

सुयोग

Posted on October 20, 2010 | by जीवन देवान गाउँले

–जीवन देवान गाउँले विना योजना नै पोखराको भ्रमणमा निस्केका थियौ । अघिल्लो रातमा टुङ्गो लगाएर भोलीपल्टको नाईट समातेका थियौ र भुकभुक उज्यालोसँगै पोखरा नगरीमा हामीले पनि बसबाट आफूलाई खुत्रुक्क ओरालेका […]

नाजुक मन

Posted on October 15, 2010 | by सुबिसुधा आचार्य

– सुबिसुधा आचार्य मौसम पूर्णिमाको रात जस्तो छङ्ग स्पष्ट खुलेको छ, खुल्ला नीलो आकाशमुनिको लन्डन सहर चम्किलो देखिन्छ एक यौवन सुन्दरीझैँ आफैमा निकै सुन्दर आकर्षणमय । चेरिङक्रस रेल्वे स्टेसनमा उत्रेर […]

सरु

Posted on September 30, 2010 | by खेमनाथ पौडेल

– खेमनाथ पौडेल सरिता बालकृष्णको जेठी छोरी हुन् । ३ बर्षको हुँदा दैवले आमालाई चुडेर लग्यो । साथमा एक बहिनी पनि छिन् रिाजता । अनि बुढी हजुरआमा गरी जम्मा ४ […]

राजिनामा

Posted on September 27, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ एकाविहानै पल्लो गाउँकि मन्थली दौडेर आई । स्वास फुलाउँदै भन्दै थिई– सुवास सर….! सुवास सर……!! अड्किन्छे । म भर्खरै उठेर आफ्नै टेवलका चित्रहरूमा थोरै रङ्गहरू भर्दैथिए […]

बाई ईमिली

Posted on September 26, 2010 | by जया राई

– जया राई रेस्ट रुममा बसिरहेको बेला मञ्जु आईपुगिन् । उनलाई एक्सिडेण्ट एन इमर्जेन्सीमा लानै पर्ने भयो । उनका हात खुट्टा पनि थरथरी काप्दै छन् रे । म र अर्की […]

अमर प्रेमको सपना

Posted on August 22, 2010 | by तीर्थ संगम राई

– तीर्थ संगम राई आम्दा अस्पताल जाने क्रममा म दमक चौकबाट उत्तर तर्फ आफ्नो गह्रांै पयरहरुलाई अघि बढाए । टेम्पोको पीरो धुवाँले आँखामा केहि दुस्प्रयास पारेको हुदाँ म गोजिबाट रुमाल […]

मैले लेख्न नचाहेको एउटा कहानी

Posted on July 9, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी कथा -मैले लेख्न नचाहेको एउटा कहानी   Friday, 12 March 2010 at 12:56 एउटा सीमान्त सुखदायी होस् या असह्य पीडायुक्त दुखदायी आखिर जीवन जीवन नै हो र […]

प्रेमको कुनै भूगोल हुन्न

Posted on July 2, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी गाउँको उच्च माविबाट प्लस टुको अध्ययन पूरा गरिसकेपछि त्यसभन्दा अगाडिको शिक्षा आर्जनको लागि सहर छिर्नुपर्ने बाध्यतासंगै एक दिन धिरज पनि राजधानी सहर काठमाडौंको भीडभित्र छिर्यो अनि त्रिभुवन […]

बिचलित पाइलाहरु

Posted on June 17, 2010 | by हेमन्त परदेशी

– हेमन्त परदेशी आफ्नै दुनियाँको खुल्ला आकाशमा स्वतन्त्र एवं उन्मुक्त उडान भर्न चाहने पंक्षीहरुलाई पिंजडाभित्रको जीवनाभूति कस्तो होला? जतिसुकै कठोर हृदय भएका मानिसहरुले पनि सजिलै अनुमान लगाउन सक्ने कुरा हो […]

स्वाभिमान

Posted on April 20, 2010 | by दीप्स शाह

– दीप्स शाह आँधी बोकेर असमन्जस्यतामा अल्झिरहेको छ उसको मन् । शायद जीवनमै पहिलोपटक होला यसरी ऊ कुनै कुरालाई लिएर टोलाउन पुगेकी नत्र त सबैले उसलाई सानैदेखि भन्ने गर्थे “यो […]

बर्मेली काकाको ङास्यौङ धारा

Posted on April 15, 2010 | by टंक वनेम

– टंक वनेम जति जति एउटा वास्तविकताबाट भाग्न खोज्थेँ,मायाको न्यानो अंगालोले अंगाल्न खोज्थ्यो। अर्को शब्दमा याङडीमास्यौको मायाले फुत्कीनैं नपाइने गरेर बाँध्न खोज्थ्यो। हुन त याङडीमास्यौलाई स्वास्नी बनाएर त्यही बसे पनि […]