Cotegory: कविता

डेनभरमा दिनभर

Posted on September 23, 2010 | by शैलेन्द्र साकार

– शैलेन्द्र साकार यात्रा सायद एउटा नशा हो स्कचको नशाभन्दा अनुभवको क्षेत्रभन्दा उम्दा नशा त्यही नशा ब्रुमफिल्डमा सम्पूर्ण नेपालीहरुसँग साटासाट गर्छु जहाँ कालो चट्टानमाथि थपक्क बसेको सेतो चन्द्रमा नेपालि कन्या […]

चित्रहरु बनाई रहंदा

Posted on September 22, 2010 | by मञ्जुल

– मञ्जुल मन्दिर बनायौ तिमीले बिहानीका दिनका साँझका-उसले भन्यो मन्दिर बनायौ तिमीले साना ठूला होचा अग्ला-उसले भन्यो मन्दिरको परिसर बनायौ मन्दिरको पर्यावरण बनायौ तर भगवान त देखिनुभएन नि-उसले भन्यो चित्रहरु […]

त्यो केटो

Posted on September 22, 2010 | by मञ्जुल

– मञ्जुल ती प्रधानाध्यापक (भैगो, प्रधानाध्यापकको बेइज्जती नगरुँ प्रधानाध्यापकको गरिमा बोक्न सक्दैन त्यो मान्छे प्रधानाध्यापक त ती पनि हुन् जसले मलाई यो कविता लेख्न सक्षम बनाए ।) त्यस मान्छेले त्यो […]

बौलाही

Posted on September 22, 2010 | by मञ्जुल

– मञ्जुल ऊसंगउसकोमन्थिएनमानिसहरुलेउसलाईबौलाहीभने कोसंगकसकोमन कतिन्जेलसम्महुन्छ– मकोहुँऊजान्नचाहान्थी मकेगर्छर्ुुm बुझ्नचहान्थी मकेलेख्छुऊपढ्नचाहान्थी ऊभन्दासध्देमान्छेमेरालागीकोहिथिएन उसकोमुस्कान बिहानकोहिमालभन्दासुन्दरथियो बिचराउसकोमनचाहिं ऊसंगथिएन कहिलेऊरुखजस्तैनाच्थी हाँगाजस्तैहातहरुफैलाएर कहिलेगजधम्मबसिदिन्थी पहाडजस्तैएकातिरमात्रमुखफर्काएर ऊत्योगाउँजस्तैथिई जहाँसुन्दरघरहरुछन्, रुखहरुछन् तरजसकोछातीमा गहिरोनगहिरोतालसुतेकोछ। उसकोआँखामाहर्ेर्नुहोस्त त्यस्तोलाग्दैनतपार्ँइलाई –ऊ मैलेमलाईमनपर्नेऊथिई।

चुप लागेर बस

Posted on September 22, 2010 | by मञ्जुल

– मञ्जुल कहिलेकाहीँ चुप लागेर बस्न पनि सिक्नु पर्छ घण्टीले जस्तै काँडामाथिको शीतको थोपाले जस्तै पुसे-घाममा हाँसिरहेको या माघे-झरीमा नुहाईरहेको फूलले जस्तै जब दुःखमाथि विजय पाउने छन् मानिसहरुले तब बजाउने […]

मेरो टोपी कविताले लगाउँछ

Posted on September 22, 2010 | by मञ्जुल

– मञ्जुल मेरो टोपी कहिलेकाहीँ दराजले लगाउँछ कहिलेकाहीँ बाकसले कहिलेकाहीँ गलैँचाले लगाउँछ कहिलेकाहीँ गिटारले कहिलेकाहीँ कुर्सीले लगाउँछ कहिलेकाहीँ पर्खालले मेरो टोपी कहिलेकाहीँ मेरो कविताले लगाउँछ। म चाहन्छु मेरो टोपी आकाशले […]

पीडाका यामहरु र जिन्दगी

Posted on September 22, 2010 | by सरुभक्त

– सरुभक्त मायामन्दिर ढुङ्गाका मनहरु रोएर हामी समयका प्रायोरीहरु निर्माण गरिरहेका छौं जिन्दगीका त्रासदी गाथाहरुमा नरभक्षीहरुको अवतरण छ पीडाका यामहरु दुखेर भगुवा विश्वाशहरु ज्वालामुखी पर्वततिर लागे जाउँ बसाई सरौं अन्तरक्षतिर […]

कविता लेखन र आजीवन प्रतिक्षमा कवि

Posted on September 22, 2010 | by विक्रम सुब्बा

– विक्रम सुब्बा १। विभिन्न विषय र विधाहरुका आफ्नै प्राविधिक शब्दावली हुन्छन् । कविता साहित्य, सभ्यताको सबैभन्दा पुरानो विधाहरु मध्ये एक विधा हो । यसका पनि आफ्नै प्राविधिक शब्दावली हुन्छन् […]

गेडी – नविन नेपाली साहित्यिक लेखन विधाको परिकल्पना र जन्म: सामान्य चर्चा

Posted on September 22, 2010 | by खगेन्द्र पन्धाक लिम्बू

– खगेन्द्र पन्धाक लिम्बू शाब्दिक परिभाषा गेडी-सानो आकारको दाना;फलहरुभित्रको बिऊ रहने दाना;सम्बाद र साहित्यको(विशेष नेपाली लोक साहित्यको मूलमर्म ) मुख्य तात्विक रस; सानो सुनको गहना lअब जसरी व्याख्या गरे पनि […]

युवा सबै कता गए ?

Posted on September 21, 2010 | by शालिकराम पन्थ

– शालिकराम पन्थ राम्रै थियो नेपाल त्यो जनता सबै ठिकै थिए के पुगेन कसलाई यहाँ सारा शान्ति लगि दिए सुनिन्छ जनको माझमा गोलिको आवाज अनि धन को लागि यहाँ मार्छन् […]

दुई कबिता

Posted on September 20, 2010 | by विवश विप्र

1. यात्रा                                                             -बिबश बिप्र भुत्ते झम्पलहरु ! अब गाडीनेछैन मन बाँध्ने कीलो ! बाटिदैँन दाम्लोपनि अब ! अन्तर्मनको लहलहीमा बिरौलिएको कोपिला-प्राण अब जाग्यो/जागिसक्यो ! लु, मन्त्री भएको घोषणा गरौँ ! हिंड्नुछ […]

भगवान

Posted on September 20, 2010 | by शालिकराम पन्थ

– शालिकराम पन्थ   सबै लाई बताए जिन्दगी के हो तर म आँफै बुझ्न सकिन । भगवान भनी पूजा गर्छन् सबै म ढुङ्गा भनी पुज्न सकिन ।। स्वार्थी रहेछ त्यो […]

गरिवको दशैँ

Posted on September 19, 2010 | by विमला अधिकारी

– विमला अधिकारी बिहानीको किरण संगै उमंगले देश छायो दुइहजार सत्सठ्ठीको बडा दशैँ पनि आयो, निर्दयी र कठोर बन्दै आयो दशैँ खुशी बोकी कतिले त हाँस्नु पर्छ दु;ख भित्र आँसु […]

अ/भाग्यशीला

Posted on September 19, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ कहिल्यै नभेटिने अ/खण्डिकृत जिन्दगीका पछ्याईहरू निमिमेष दियो बालेर कठाङ्ग्रिएका चुस्त रातहरूमा अ/वास्तविक जीवनका अ/परिस्कृत भोगाईहरू मेरा भविष्यका पर्खाईहरूमा अ/प्राकृतिक ध्वनिहरू सुनेर अगाडि बढ्दैछन् पाइलाहरू । कहिल्यै […]

माथितिर बग्छ ईंवा खोला

Posted on September 19, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

– रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’ बादलुको घुम्टाहरूले धुमधुम्ती धुमिइएका धुम्म क्षितिजहरूको संयोगमा मुसुक्क मस्किंदै सिँहलीला, फालोट र तिम्बुपोखरीहरू तयारीमा छन् सद्भाव चुम्बनमा कञ्चनजङ्गा, सिदिङ्ग्मा र पाथीभराहरूसंग त ल तल तल […]

आमा ! म त बहुलाएछु

Posted on September 18, 2010 | by चन्द्र घर्ती मगर

– चन्द्र घर्ती मगर आमा ! अचेल मलाई के भैरहेछ !? यो के देख्दैछु !?के सुन्दैछु!? होशमै के के बोलिरहेछु ? आमा ! म त बहुलाएछु ! हेर्दा हेर्दै आँखा […]

यूएई देखि ओमान सम्म पानी माथी एक दिनको यात्रा

Posted on September 17, 2010 | by खेमनाथ पौडेल

– खेमनाथ पौडेल यसपालीको यात्रा मेरो भिन्न खालको थियो । यो भन्दा पहिला यात्राको दौरानमा परिचित ठाउँ र व्यक्तिहरुको वाहुल्यता बढी हुने गर्दथ्यो भने यस पटकको यात्रा विलकुलै नौलो र […]

छायाँ योद्धा

Posted on September 16, 2010 | by मनोरमा सुनुवार

– मनोरमा सुनुवार यूद्ध, तिम्रो शक्ति प्रर्दशनको थलो सत्ता कब्जाको उपाय वीरता प्रमाणितको दह्रो कसी तर यूद्ध, कदापी तिमी एक्लै लड्दैनौ संभवत तिमीसंगै तिम्रोभन्दा विकराल यूद्ध हामीले लड्दै आएको हुनुपर्छ […]

मिथकका खेस्रा कार्बनपेपर -म- जिवनको प्रतिरङ्ग

Posted on September 16, 2010 | by समदर्शी काइँला

– समदर्शी काइँला अहा ! कत्ति मीठो पुराकथाको भूत अभिभूत समय सन्त्रासको हाउगुजीले निलिन्छु म अधपिल्टो म् अनि नी अस्तित्वको दाबीमा- शब्दब्रह्मको घुङ्रिङ खिप्छ रातभर भुइँफुट्टा कवि ! र तिगेनजोङ्ना […]

सिमाना हराएको देश

Posted on September 16, 2010 | by दिलीप योन्जन

– दिलिप योन्जन टनकपुर हरायो सम्झौतामा महाकाली लुटियो सन्धिमा टिष्टा काङ्गाडाको त के कुरा मेरो देशको राष्ट्रियता वीर गोर्खालीको देशमा माटो हराईरहेछ सन्धि र सम्झौता नबुझ्ने पशु नेताहरुले राष्ट्र र […]