Cotegory: कविता

पहिलो र अन्तिम प्रेमीलाई- स्वप्निल स्मृति

Posted on January 6, 2018 | by admin

तिम्रो र मेरोजस्तै उहिले उहिले  माइ र तमोरको मायापिरती थ्यो’ रे । चञ्चले तमोर  छाँगाबाट हाम्फाल्दा–हाम्फाल्दा चट्टानमा खोपेछ एक मानिस गहिरो दह  सुटुक्क आफ्नो अनुहार हेर्दा बुढो हिमाललाई देखेछ भागेछ […]

कमिला  बालकविता-रमेशचन्द्र घिमिरे, लमजुङ 

Posted on January 2, 2018 | by admin

माथिदेखि तल, तलदेखि माथि हिँडेका छन् हेर भई साथी साथी सोधेँ प्रश्न तिमीलाई – के हुन् भन रमिला ?    केको कानेखुसी हो केको सट्यासुटु हो ? टाउको टाउको जोडेर […]

उनि गए पछि-रामकृष्ण अनायास

Posted on January 1, 2018 | by रामकृष्ण अनायास

आज पनि उत्तिकै संझिरहेको छु उनि गए पछि हामीले खेलेको बगरको किनारामा, बनाएको घर कैयौपल्ट ढल्यो होला तर समयले छुटाए पनि कहिल्यै ढलेन आशाहरु टुटेन कहिल्यै बिस्वासका ताराहरु हामीले छोएको त्यो नदीको  पानी  कैयौ संसार घुम्यो होला त्यो भन्दा बढी घुमेको तिम्रो स्मृति, मेरो आँखामा आज पनि उत्तिनै साक्षी छन्   म नगएको कुरै पल रहेन जहाँ तिम्रो हाँसो छोडिएको थियो जहाँ तिमी र म भाँडाकुटी खेल्दा सपनाहरु बुनेका थियौ अनि कति पटक त तिम्रो सिउदो बालुवाले भरेको थिए   हो त्यहि बगर साक्षी छ सोध नदी सँग […]

समुद्र – लक्ष्मी उप्रेती,  विराटनगर 

Posted on December 31, 2017 | by admin

म छेउ एउटा धमिलो समुद्र छ उम्लिएर मडारिँदै लहरिँदै आउँछ र, किनारमा ठोक्किएर छताछुल्ल पोखिन्छ असरल्ल सलबलाउँदै जिस्कन खोज्छ मसँग मेरो मनलाई नछोई मलाई निथ्रुक्क भिजाउँदै फकिॅन्छ र, मिसिन्छ आफ्नै […]

नभेम्बर एघार – पप्पी डे – आँकाला

Posted on November 12, 2017 | by रामकृष्ण सुनुवार “आँकाला”

बेल्जियमको फ़्लाण्डर मैदान सम्म आइ पुग्दा बन्दुक उठाउने हातहरु रगत लत्पतिएर सिंचित जमिन लाश कुहिएर मलमा परीणत भई बिहानी सूर्यको झुल्को देखि साँझको रक्तिम लालीले टल्किएका बैंश मै ओझेल परेका […]

सम्झना पुर्खाहरुको-जानू काम्बाङ्ग लिङ्देल

Posted on November 11, 2017 | by जानु काम्बङ लिङ्देल

कहिले पुरानो हुन नसकेको नयाँ एउटा लडाईंको कथा काँधमा बोकेर मेरो वीर गोर्खाली पुर्खा अझैँ उभिएको देख्छु त्यो पारि आँखैले नभ्याउने दुर…पप्पी फुल्ने देशको सीमाना नेर आज उनै मेरो पुर्खालाई […]

विमलगुरुङ स्मृति ..वार्षिक कविता-प्रथम, दृतिय र तृतीय Poems

Posted on November 8, 2017 | by admin

विमलगुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको सत्ताइसौँ वार्षिक कविता प्रतियोगितामा असिम सागर, प्रकाश रम्घालि र मनोज मुस्किल क्रमशः प्रथम, दृतिय र तृतीय हुनु भएको छ । निर्णायकद्बय कवि मनु मन्जिल र […]

अन्तरवार्ता: By जानू काम्बाङ्ग लिङ्ग्देन

Posted on October 25, 2017 | by जानु काम्बङ लिङ्देल

मेरो निम्ती सिर्जना भनेको साधना र आत्मसन्तुष्टी हो चर्चाकोमृगतृष्णा होईन ! यस्तै महान बिचार र भनाई  राख्ने गीतकार, कबि मुकेश राईसँग जानू काम्वाङ्ग  लिङ्ग्देनले गरेको रमाईलो कुरोकानी प्रस्तुत छ |  […]

पात्र संवाद-Deepa Rai Pun

Posted on October 23, 2017 | by दीपा राई पुन

सम्झनाको गहिरो तलाउमा अनायास एउटा आकृति झुल्कन्छ मुस्कुराउँदै भन्छ म तिम्रो पहिलो पात्र तिम्रै कलमको निभबाट निस्केर तिम्रो आँखामा बास माग्ने तिम्रै मुटुको धड़कन हु भन्ने   तिम्रो शब्दहरू अक्षरहरू […]

मेरो अवसान पछि-By अन्जना इछमफूल

Posted on October 17, 2017 | by अन्जना इछमफूल

घाम सङ्गै आफुलाई एक कान्ला पश्चिम डाँडातिर धकेलि सकेपछी  रातसङ्गै बगेर एउटा बिहानीलाई लिन जानुछ फर्किएर फेरि सल्काउनुछ  जिन्दगी नामको पालामा आयुको सलेदो भोली बिहानै आफैं जलेको खरानि धसेर निधारमा  […]

ब्ल्याकहोलमा मैच्याङ-बिना थिङ तामाङ

Posted on October 17, 2017 | by बिना थिङ तामाङ

बिहानीको शीतसंगै बिउँझनु चराहरुसंगै गीत गाउनु पानी पंधेरोको म्याराथुन दौडनु आफ्नो भाग्यलाई जाँतोमा पिध्नु अथवा दुःखको ओखल एकहोरो कुटिरहनु मैच्याङहरुको दैनिकी हो भोको पेटमा मैच्याङहरु आफ्ना सन्तानलाई आप्mनो स्तबाट दूध […]

जब जब म

Posted on October 16, 2017 | by का:तिच उकुसु

जब जब म आफैंबाट आफु परिचित हुँदै गएँ तागाधारी र मतवालीको दायराबाट उम्केर नेपाली बन्न खोज्थेँ ।   समाजबाट तिरस्कृत म मेरो बुबाको नजरबाट मूर्ख बेकम्मा पटक पटक बहुला बनाइएको […]

दशैंको हार्दिक मंगलमय शुभकामना-गोविन्द बेल्वासे

Posted on September 29, 2017 | by admin

भाइरस र मालवेयरबाट दुर्गा भवानीले रक्षागरून भगवतीले जागिर बढाइ पदोन्नति गरिदिउन लक्ष्मी देवीले तलब बढाइ समृध्दि बढाइदिउन चण्डी माइले आतङ्कबादी हमलाबाट बचाइदिउन चिकित्सा विज्ञानको उन्नतिले अयू बढाइदिउन जुकर बर्ग कर्मले फेक न्यूजदेखि […]

दशैं-सुशील शाह

Posted on September 28, 2017 | by admin

ए दशैं ! अाउँछस् भने झाेलामा एक जाेर नयाँ लत्ता र खल्तिमा एक मानाे चामल लिएर अाइज भाेकभाेकै छ उ पाेहाेरसाल देखि नागंनागै छ उ पाेहाेरसाल देखि जाे केही मिठाे […]

संसारमा जन्मनुको अर्थ के हो ?– आँकाला

Posted on September 25, 2017 | by रामकृष्ण सुनुवार “आँकाला”

बम बारुद बोकेर बन्दुक भिरेर छुरा उधाएर भित्र छुपाएर आत्मघाती विस्फोटक पदार्थ बोकेर कुबिचार लिएर लुटपात मच्चाएर धोकाको संजाल बुनेर प्रकृति प्रकोप बल्झाएर ध्वस्त उल्कापात मच्चाएर हिंड्नु मात्र हो कि […]

खुवालुङ – खुक्सङ खम्बु

Posted on September 25, 2017 | by admin

खुवालुङ ! खुल, खुल, खुल ! नछेकिदेऊ मेरो बाटो नरोकिदेउ मेरो पाइला नलागोस् है मलाइ ठेस चाँडै पुगी हेर्नुछ, किरातीको देश । सुनैकोशी पछ्याइ जाने तिलुङ, वाम्बुले सही बाटो हिँड्दैछन् […]

अन्तरवार्ता By- जानु काम्बङ लिङ्देल

Posted on September 11, 2017 | by जानु काम्बङ लिङ्देल

बाबा देबी राई र आमा दया देबी राईको कान्छा छोरा ५ बहिनी चेलीहरुको प्यारो माईती र एक दाजुको भाई, हाल बेलायतको आसफोर्ड केन्टमा बसोबास गरिरहनु भएका, संगीत पारखी सांगीतिक आकासका […]

सम्पादकीय

Posted on September 11, 2017 | by admin

आज करिव १० बर्ष पछि साहित्य सँगालो डट कमले नयाँ वेबसाइट्को लेआवट गरेको छ । हुनत हरेक चिजहरु नयाँ र नौलोनै मन पर्दछ । तर त्यो सम्भव हुन सक्दैन । […]

तिम्रो कसम हौ ठुली-जानु काम्बङ लिङ्देल

Posted on September 9, 2017 | by जानु काम्बङ लिङ्देल

 ईको कबिता ओलाङ्ग्चुङ्ग गोला वारिपारिका अग्ला अग्ला हिमालहरु हिँऊको अंगालोमा मस्त निदाउँन थाल्दा बल्ल मेरो गाउँ बेंसितिर चिसो सिरेटो ओर्लन थाल्थ्यो !! त्यो चिसो सिरेटोले बोकी ल्याएको तिम्रो न्यानो मायाको […]

असामाजिक किशोर

Posted on May 30, 2017 | by बिना थिङ तामाङ

कुनै एक अपराह्न सामाजिक शिक्षा पढ्दा–पढ्दै तिमी असामाजिक भएर निस्कियौ कक्षाबाट र, उभियौ तिम्रो आफ्नै जिन्दगीको अस्पष्ट मानचित्रमा तिमीले देख्यौ धुमिल–धुमिल केही चित्रजस्तो स्मृति त्यसमा थियो तिम्रो बाजेको मक्किएको करङ […]