– रमेश दिलुन्छा
आँशुमा
रुपान्तरीत
शीत टप्की रहन्दा
कर्कलो पातमा
संझे
आगन्तुक तिमीलाई ….!
घुम्तीमाझ
निमेष भर हेराई
आजन्म बाँची दिन्दा
प्रीत को कथामा
साँचे
आगन्तुक तिमीलाई ….!
सम्झनाका
आलै स्वप्नचित्र
पूर्णता खोज्दै
जीवनरुपी क्यानभासमा
पोते
आगन्तुक तिमीलाई ….!
२५ फरवरी २०१० (यु.ए.इ.)
Please follow and like us: