अज्ञानताको अन्धकारबाट उठेर
खोज्न निस्किएको थिएँ म ज्ञानको प्रकाशपुञ्ज
आँखाभरि रोइरहेको थियो
“ब्ल्याक डेथ” महामारीबाट पिल्सिएको
एङ्लो नर्मन काल
प्लेगले आक्रान्त भएको थावेस राज्यको विवशता
दोस्रो विश्वयुद्घले गरेको भयङ्कर मानव विनाश
उठ्न सकेकै थिएन विश्व
भोगेर कोरोना महामारीको अभिघात ।
साक्षी राखेर ग्रीसेली र रोमनेली इतिहास
जब गाएँ मैले खोजी र अन्वेषणको सिम्फोनी
तब भेटेँ —
पेट्रार्कको बाटोमा मैले खोजेको पुनर्जागरण
मलाई पर्खिरहेको समयले भन्यो—
‘भूमध्यरेखाबाहिर फिँजाऊ मान्छेको शक्ति
भगवानलाई छोडिदेऊ उनीहरूकै तालमा
अब केन्द्रमा राख मान्छेलाई
र जन्माऊ फेरि भिञ्ची, बेकन, स्पेन्सर र मार्लोको शक्ति ।’
ओ ! मान्छेहरू
ब्रह्माण्डको केन्द्रमा राखेर मान्छेको क्षमता
म यतिबेला भास्को डिगामा जन्मिएर भन्दै छु
सांसारिक शक्तिको चाहना गर्दै
ज्ञानको खोजी र पूर्णताको अपेक्षामा
लेखौँ न—
लेख्न बाँकी अर्को युटोपिया
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र