दुई भाई थिए ।खेती किसान लगायत सम्पूर्ण ब्यबसाय भिन्ना भिन्नै थियो ।खेतको सिमाना भने जोडिएको थियो ।
दाई बिवाहित थियो । श्रीमती थिईन , दुई सन्तान थिए दाईका। भाई अविवाहित थियो । बृद्ध बुबाआमा भाईकोसाथमा थिए ।पेशाले कृषक थिए दुबै भाई ।राम्रो मौसमले गर्दा यस पटकको खेती असाध्यै राम्रो थियो । उत्पादन प्रसस्त मात्रामा भएको थियो ।
दुवै भाईको खेती भित्राउने बेला भएको थियो ।दुबै भाई आ-आफ्नो खेतमा काम गरिरहेका थिए । खेतीबारी नजिकै भएकाले काम गर्दागर्दै दाईले भाईलाई आफू आउने बेलासम्म अनाज हेरी दिने भनेर नास्ता खानको लागी घरमा गयो ।
दाई घरमा गएपछी भाईले सोच्यो कि ” गएका वर्षहरुको भन्दा यो बर्ष खेती राम्रो छ ।उत्पादन पनि धेरै भएको छ । मैंले त आमाबुबा मात्र पाल्नु पर्छ । खर्च पनि थोरै नै छ । मेरो लागी यो अनाज चाहिएभन्दा धेरै छ। दाईको साथमा त भाऊजू हुनुहुन्छ । लाउने , खाने , पढ्ने लेख्ने छोराछोरी छन् ।खर्च पनि अलि बढी नै छ दाईको मैंले केही सहयोग गर्नु पर्छ दाईलाई “…आदी ईत्यादी सोचेर भाईले आफ्नो १० बोरा अनाज दाईको अनाजमा मिसाईदिन्छ ।
दाई खाना खाएर खेतमा आउछ। दाई आएपछी भाई खाना खान जान्छ ।
भाई खाना खान गएपछि दाईले विचार गर्छ । ” मेरो परिवार त राम्रैसंग चलिरहेको छ । भाईको त विवाह गर्न पनि बाँकी नै छ। बुबा-आमालाई भाई ले नै पाल्नु पर्छ । पाहुनाहरु पनि धेरै जसो भाई कहाँ नै आउने गर्छन । यसपालीको उत्पादन पनि बढी नै भएको छ । यति धेरै अनाज मलाई किन चाहियो र ??? ” …… आदी ईत्यादी विचार गरेर दाईले भाईको अनाजमा आफ्नो १० बोरा अनाज मिसाईदिछ ।
दुबै भाईलाई अनाज एकअर्काबाट पाएकोमा त अन्जान नै थिए । तर १० बोरी अनाज आफुले दिन पाएकोमा दुबै भाई खुशी थिए । अनाज जती थियो त्यति नै थियो । हर्ष , स्नेह , वात्सल्य अझै बढेको थियो ।
* सोच राम्रो भएमा माया प्रेम पनि स्वत् बढ्छ । यदी भाई भाईमा यस्तो प्रेम मिलापको भावमा भयो भने संसारको कुनै पनि शक्तिले परिवारलाई फुटाउन सक्दैन । ***