एउटी महिला यात्राको सिलसिलामा शहरको एउटा 3 स्टार होटलमा बास बसिछन ।उनिको साथमा १ बर्षकी छोरी पनि थिइन ।
महिला :– एक गिलास दुध पाइन्छ होला ?
होटल मेनेजर :- हजुर मेम पाइन्छ तर एक गिलासको १०० रुपैयाँ पर्छ ।
महिला:- ठिकै छ , दिनुहोस् न
अर्को दिन महिला यात्रा सकेर बसबाट आफ्नो घरतिर फर्किन्छिन ।
सायद भोक लागेर होला जोर स्वरले बच्ची रुन थाल्छिन
बस रोडको छेऊको सानो छाप्रे चिया पसलमा रोकिन्छ
महिला:- साहुजी यहाँ एक गिलास दुध पाइन्छ ?
साहुजी काका:- हजुर पाइन्छ , यि लिनुहोस् दुध
महिलाले बच्चिलाई एक गिलास दुध खुवाउछिन
बच्ची रुन छोडेर आमाको काखमा नै निदाउछिन
महिलाले साहुजी काकालाई १०० को नोट दिदै भन्छिन् ” धन्याबाद साहुजी , यो पैसा लिनुहोस्”
साहुजी काका खुशी हुदै भन्छन :- ” होइन नानी यहाँ बच्चा बच्चीलाई खुवाइएको दुधको पैसा लगिदैन बाटाको लागि चाहिन्छ भने एक गिलास दुध अरु पनि लिनुहोस् ….”
महिला बसमा बस्छिन
बस पनि अगाडी बढ्छ
तर तिनी महिलाको दिमागमा एउटै प्रश्न घुमिरहन्छ ” आखिर धनि को …???? 3 स्टार होटलको मालिक कि ….. छाप्रे चिया पसलको मालिक ….