– तिब्वत दर्लामी
मनभरी तनभरी, दुख्ने घाउ जिन्दगीको
बेच्न खोज्छु आफैलाई, छैन भाउ जिन्दगीको ।।
वारी चर्को भयो व्यथा, पारी तरुँ भन्छ मन
चल्यो आँधी नदीविच, डुब्यो नाउ जिन्दगीको ।।
सारङ्गीमा मुटुलाई, रेटी–रेटी बाँचेको छु
विरहका गीत मात्रै, कति गाउँ जिन्दगीको ।।
जता हेर्छु सन्सारै यो, रित्तो–रित्तो देख्दैछु म
कस्ले पूरा गरिदेला, खाली ठाउँ जिन्दगीको ।।
सोचाइमा भोगाइमा, बेग्ला–बेग्लै परिभाषा
लौन कोही चित्तबुझ्ने, अर्थ पाउँ जिन्दगीको ।।
काभ्रे, साल्धारा
१९ अप्रिल २०१०
Please follow and like us: