– सुशिला निङ्लेकु

हृदयको आँचल थापेर उठाउनु
पर-पर भागीजान्छ जिन्दगी
मनको पछ्यौरीले तानी ल्याउनु
नत्र मदहोसिन्छ जिन्दगी
शितैमा फुट्छ जिन्दगी

उदासीले मुटु कट-कटिन्छ
सम्झनाले छाती बाफिन्छ
आफैले सम्हाल्नुपर्छ उदासिलाई
आफैले फकाउनुपर्छ सम्झनालाई
नत्र एकोहोरिन्छ जिन्दगी
नत्र छरप्रस्टिन्छ जिन्दगी

आवेशमा क्रोध रापीई दिन्छ
छन-भर मै सपना खरानीबन्छ
आफैले छेक्नु पर्छ,मनको आवेगलाई
आफैले बचांउनु पर्छ,अनमोल सपनाहरुलाई
नत्र धुलोसरी बन्छ जिन्दगी
नत्र बिलाई जान्छ जिन्दगी

१९ जुन २०१०, सिड्नी-अस्ट्रेलिया

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *