– बानिया राजन

अचेल तपाईं हामीबिचमा निक्कै सुन्नमा आउने गर्छ शब्द विश्मरण। अझै अर्को शब्दमा ‘ज्या भुसुक्कै ‘ भन्ने शब्द नौलो भने पक्कै होइन । तपाईं हामी माझ यो शब्दले धेरैलाई सुताउने गर्छ । जस्तोकी रामले उस्को अन्तर्वातामा आबस्यक कागजातहरूनै लैजान भुलेछ । श्यामले बिरामी भएको खबर सीतालाई भन्न भुलेर बिचरीले आमाको मुख पनि देख्न पाईन।

यी यस्ता प्रकारका उदाहरणहरू प्रशस्त भेटिन्छन् यहाँ । अझै विद्यार्थीहरू माझमा त कहिले गृहकार्य भुलेर शिक्षकको गाली पिटाइ त कहिले पढेको ,घोकेको कुरा भुलेर परीक्षा दिनै नसकिने स्थितिमा पनि बिद्यामान छ ।वास्तबमा विश्मरण भन्नाले सिकाइ गरेका बिषयबस्तुलाई पुन :स्मरण गर्न नसक्नु हो । यो पूर्व अनुभवको सम्झाइको अभावमा हुने गर्दछ । धेरै मानिसहरूमा यो विश्मरण किन हुन्छ त भन्ने सन्दर्भमा बिभिन्न तथ्य ,कथनहरूको प्रयोग गरेक छन बैज्ञनिकहरू वlस्तबमा विश्मरण हुनुमा सामान्य र सैध्दान्तिक गरी दुइप्रकारका कारणहरू भेटिन्छन् ।
१. सैध्दान्तिक कारणहरू:
क) दमनको सिध्दान्त (Repression थेओर्य्):-(यसमा दु:खद तथा बेखुशीका घटना तथा अनुभबहरू बिस्तारै पुन: स्मरणमा नल्याइ हराउदै जान्छ । यी कुराहरु अचेतन मस्तिश्कमा दबिएर विश्मरण हुन्छ ।
ख) हस्तक्षेपको सिध्दान्त Interference theory :-यस सिध्दान्तमा नयाँ बिषयबस्तुको सिकाइको कारण पुरानो सिकाइका कुराहरु स्‍मृतीबाट मेटिदै वा हराउदै जान्छ ,नया बिषयबस्तुको हस्तक्षेपको कारण पुरानो कुराहरुको विश्मरण हुन्छ ।
ग) समयको व्यवधानको सिध्दान्त Delay theory :-मनिसले सिकेका कुराहरु समयको प्रबाहसँगै मस्तिश्कमा रहेको स्म्रितीचिन्ह क्षीण हुँदै जान्छ र विश्मरण हुन्छ र आभ्यासको कारण पनि यस्तो हुने गर्छ ।
२. सामान्ने कारणहरू
क) मस्तिश्कमा आघात :- मानसिक रोग व चोतपटकको कारण स्नायू तन्तुमा प्रभाब पारी विश्मरण हुन्छ ।
ख) सिकाइको प्रकृया :-बिषयबस्तु बुझेर सम्झेर नसिकी घोकेर कन्ठ गरेका कुराहरु चाँडै विश्मरण हुन्छन ।
ग) सामाग्रीको स्वरूप :-बिषयबस्तु अर्थपूर्ण र रूचिकर नभै निरथक बिषयबस्तुको विश्मरण छिट्टै हुन्छ ।
घ) सामाग्रीको मात्रा :-बिषयबस्तुहरू विस्त्रित र धेरै भन्दा थोरै पाठ्यपुस्तकको स्मरण धेरै समयसम्मा रहन्छ ।
ङ) सन्बेगात्मक तनाब :-सन्बेगात्मक रूपमा ग्रसित भयको अवस्थामा स्मरणमा रहेका कुराहरु विश्मरणमा जान्छन ।
च) ब्रिध्दावस्थ :-यसाबस्थामा स्नायूकोशहरू शिठिल हुनेहुँदा सिक्न समय लाग्ने र सिकेका कुराहरुको अत्याधिक विश्मरण हुन्छ । उतिनै नयाँ कुराहरु प्राप्तीका लागि आबश्यक छ l
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *