– केदार सङ्केत

आगो आगो जताततै पानी पानी
आगो पानी जताततै पानी आगो
के पानी राम्रो भन्छौ के ताल गहिरो
भए पानी बढि चल्छ बाढी पहिरो ।

जान्दिन बग्न लौ म मग्न भएर
जान्दिन बल्न लौ म न्यानो भएर ।
जलकै कणले यो जिब्रो रसिन्छ
जलकै रणले यो जिब्रो डसिन्छ ।

बग्छ आगो जलाई दिन्छ माटो
बग्छ पानी बगाई दिन्छ माटो ।
न आगो मात्रले चल्दछ सृष्टि
न पानी मात्रले बल्दछ सृष्टि ।

बन्छ धर्ती उज्यालो बेग पानी ले नै
पार्छ झुप्रो न्यानो तेज आगो ले नै ।
प्रयोग छैन यहाँ म पानीको कतै
त्यसैले छचल्किन्छु म जता ततै ।

आगो नहुदा पनि काम्दछ जीवन
पानी नहुदा पनि सुक्दछ जीवन ।
न रोक्ने तागत छ मानव तिम्रो
न छेक्ने साधन छ मानव तिम्रो ।

पर्‍यो पानी ओहो ! अति बर्षा पर्‍यो
झर्यो पानी ओहो ! अघोर बाढी चल्यो ।
बल्यो ल बल्यो कठै ! प्रकृति जल्यो
पशु र पंछि कठै ! यो धरती जल्यो ।

आगो आगो जताततै पानी पानी
आगो पानी जताततै पानी आगो ।
के पानी राम्रो भन्छौ के ताल गहिरो
भए पानी बढि चल्छ रे बाढी पहिरो ।

(राहत मिल्दछ हेर एक रुपैया दिए दान यहाँ
आहत मिल्दछ करोड, करोडौ जनताका त्यहाँ ।
भानु भक्तले भने यो जगतमा मरि लानु के छ
देवकोटाले भने केहि गर आज छोडी जानु जे छ ।)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *