खान्नुमा नाना लगातार भनिरहनुभएको छ— ‘बाबा उठ्नुस्, अलिकति केहि त खानुहोस्।’ मैले पनि थप्दै भनें, ‘यसरी कहाँ हुन्छ केहि पनि नखाएर मामा, अलिकति त लिनुपर्छ ।’ गोरखाली पल्टनियाँ, लाहुरे परिवेश र जिब्रोमा झुण्डिएको ‘मामा’ प्रचलित एवं आदरणिय अनि उस्तै प्रिय सम्बोधन हो । सम्बोधन जस्तै आदरणीय पल्टनियाँ मामा मेजर धनवीर राई। बहुआयामिक प्रतिभाका धनी यि पल्टनियाँ मेजर राई बुढा हेर्दा ठिक्कै उचाई अनि चिम्सो आँखासँगै बेलायती सैनिकको जीवनको उकाली–ओह्रालीहरुमा करिब २९÷३० वर्षसम्म देश–देशान्तर हेर्दै÷घुम्दै गोरखालीहरुका लागि निक्कै नै उचाई मानिने बेलायती सेनाको ‘मेजर’ दर्जाबाट अन्ततः सन् १९८० ताका सेवा निवृत हुनुभएको थियो । गणनाको हिसाबले हाल ६७ बशन्त छिचोलेका यि मेजर मामा बेलायती सेनामा वहालछँदा अधिकांश समय हङ्गकङ्ग, मलाया, ब्रुनाई तथा बेलायती उपनिवेशका अन्य धेरै ठाउँहरुमा बित्यो । बेलायत पनि निकैपटक तालिम गर्न आउँदै÷जाँदै गरेका तर यहाँको चिसोले गर्दा कहिले पनि आर्कषण नभएको बताउँछन् । तर, बेलायती सरकारले भुतपूर्व बेलायती अवकासप्राप्त लाहूरेहरुलाई आवास भिसा फुकुवा गरेपछि केहि महिनायतादेखि बेलायतको फोक्सटनमा आफ्नी छोरी खान्नुमाको परिवारसँग बस्दै आउनुभएको छ। ‘दवाई खानका लागि पनि अलिकति तातो केहि त लिनुहोस् ।’ खान्नुमा नाना मेजर मामालाई लगातार ढिपी गरिरहनुभएको छ । थप बल पुर्याउन हौस्याउँदै मैले भने, ‘रातोपीरो बाघजस्तो मान्छे तपाईले नखाए त शरिर पुरै गल्छ है! मामा ।’ सिरानी अडेस लगाउँदै मामा बिस्तारै उठ्नुभयो । खान्नुमा नानाले हातमा पानीको ग्लास र दवाई अघाडि बढाउँदै भनिन्, ‘नेपाल हुँदा सखारै मर्निङ्ग वाक गर्दै सबै चौक घुमेर आईपुग्नुहुन्थ्यो । हेरन! युके आए’देखि बाबा थला पर्नु हुनुभयो ।’ ठाडो घाँटी दवाईसँगै पानी घुट्क्याईसकेपछि मामाले मलाई हेर्दै कमजोर आवाजमा बोल्नुभयो, ‘कान्छी दुःख पाईयो है! यो उमेरमा बेलायत आएर ।’ हाल, धरानमा बसोबास गर्दै आएका यिनको परिवारमा पत्नी लालसरी राईनी, एक छोरा बुहारी तथा नाति—नातिनीहरु छन् । लाहूरेको छोरा, लाहूरे नै बन्नुपर्दैन । मेहनत तथा अवशर पाए स्वदेशमा नै गरेर खान सक्छन् भन्ने उदाहरण उनको एकमात्र छोरा रनबीर धरानमा नै आफ्नो सानो—तिनो ब्यवसाय गरेर आनन्दको पारावारिक जीवन ब्यतित गरिरहेका छन् । एकमात्र छोरी खान्नुमाको परिवार भने हङ्गकङ्ग आईडी हुँदै बेलायत बसाईं सरेका हुन् । सबैको गृहस्थी बसाउन भ्याई पारिवारिक दायित्वबाट मुक्त, अवकासप्राप्त बेलायती मेजरको गतिलो पेन्सन, सम्पन्न जीन्दगी र सुख–सयल भन्दा पर्तिर जीवनको यो उत्तराद्र्धमा अझै के रहर र सपना होलान् र ! मैले यस्तै केहि सोच्दै गर्दा मेजर मामाले मेरो ध्यान भंग गर्दै भन्नुभयो, ‘रगत, पसिना तथा ज्यानको पर्वाह नगरि उबेला बेलायत सरकारको सेवा गरियो । अहिले पाएको यो सुविधा त्यसैबापत पाएको अधिकार हो । त्यहि लिन आएको तर खै! नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार जस्तै भयो है! गाँठे ।’ खुर्ई्यय गर्दै मेजर मामाले कुरा अगाडि बढाउनुुभयो, ‘कान्छी, तर यो उमेरमा काल पर्खन पो आएजस्तो भयो बेलायत पनि । जागीर खान पनि उमेरभन्दा पनि स्वास्थ्यले साथ दिंदैन, म बाथको रोगी । जाडोमा त काक्राककुक्रक्कै पो हुन्छु त । नेपालमा त त्यति साह्रो भएजस्तो लाग्दैन । हिउँदमा पनि पो तालपर्दा मज्जाले मर्निङ्ग वाक गर्थें त ।’ कुराकानीको क्रममा, छोरीको घरमा बस्नु परेको कारण पनि बेलायत बसाई अलिकति असहज भएको भन्ने अप्रत्यक्ष आसय पनि जाहेर गर्नु भयो । खान्नुमा नानाले अघि भेद पाईन क्यार, मन दुखाएझैं गरि भनिन्, ‘विदेशमा के को छोरा न छोरी हौ बाबा ।’ समझदारी हो सबै । अलिकति मत्थर भए पुन बोलिन्, ‘कि! तपाईलाई त्यो गोरा बुढाबुढीहरु बस्ने एल्डर्ली होम्समा लगेर राखौं त, हँ?’ अघि एलर्डली होम्स प्रसंग आउँदा, केहि महिना भयो भोलिण्टियरको हैसियतले एउटा केयर होम्समा सघाईरहेकी थिएँ । एर्डली होम्सबारे संक्षिप्तमा मेजर मामालाई सुनाएँ । उमेर हुँदा यी गोराहरु देश, विदेश घुम्छन् । जीवनमा निक्कै चैन गर्छन् । तर जीवनको यो संघारमा एक्लै अरुको स्याहारमा बस्न एल्डर्ली होम्समा आउँछन् । केयर होम्समा अरुले रेखदेख त गर्छन् तर आफ्नो घरमा बसेको जस्तो कहाँ हुन्छ र ! एकप्रकारको नजरबन्द जस्तै जीन्दगी हो । यहाँ बस्नेहरुको दैनिकी, बिहान बेडरुमदेखि मुख्यहलसम्म । मुख्यहलदेखि डाईनिङ्गहलसम्म । मध्यान्ह, खाना खाईसकेपछि एकाध घण्टा केहि अतिरिक्त कृयाकलाप गराईन्छ । अधिकांश त झोक्राएर या सुतेर बिताउँछन् । प्रायसोः म्झभलतष्ब (एकप्रकारको दिमागी रोग) भएकाहरु छन् । शारिरीक एवं मानसिक दुवै सद्घे भएकाहरु केहि पुराना अंगे्रजी गितहरु ँचबलप क्ष्लबतचब, म्भबल ःबचतष्ल, ब्लमचभधक क्ष्कतभच, एभननथ ीभभ, ख्भचब ीथलल, ज्ष्तक या भ्खिष्क एचभकभिथ सबैभन्दा बढि बज्ने गितहरु मध्ये धेरै पुरानो कोरस कानमा सधैं गुञ्जिरहन्छ ः ूज्भििय१ ज्भििय१ ध्जयुक थयगच बिमथ ाचष्भलमरु ध्जयुक तजभ ष्तितभि नष्च िदथ थयगच कष्मभरु क्ष्ुखभ कभभल थयग धष्तज ब नष्च ियच तधय। इज१ इज१ इज१ क्ष्mु ९क्ष् ब्ः० कगचउचष्कभम बत थयग। ज्भििय१ ज्भििय१ क्तयउ थयगच ष्तितभि नबmभक। म्यलुत थयग तजष्लप थयगच धबथक थयग यगनजत तय mभलमरु क्ष्त ९त्जष्क० ष्कलुत तजभ नष्च िक्ष् कबध थयग धष्तज बत द्यचष्नजतयल। ध्जयरु ध्जयरु ध्जयुक थयगच बिमथ ाचष्भलमरु मेजर धनवीर मामाले पनि बैंशमा प्रेम गर्नु भो होला । एउटा सैनिकको प्रेम कहिलेकाहिं अक्कर भिरमा फूल्ने उत्तिसको फूलजस्तै अपायक जंगल र युद्धका मैदानहरुमा फक्रन्दोरहेछ । यसै भन्छन् पल्टनियाँहरु । उहिले गाउँघरमा पलाएको माया हङ्गकङ्ग आएयता धेरैको फिलिपिनो बजारमा साटिएको प्रसंग कोट्याउन भुल्दैनन् । कहिले ताई—पो बजारमा सिउ—माई बेच्ने चिनानी कान्छीसँग भाषा नबुझि, नबुझि आँखा जुधाएको संझन्छन् । भएन, साइप्रस कोर्समा जाँदा भेटिएको अनाम सुन्दरीको तस्बिर अर्को गोर्लाद्ध बेलिज पुग्दा नपुग्दै मेटिएका प्रसंगहरु सुनाउँछन् । सैनिकहरुको गफ त्यतिबेलासम्म टुंगिन्दैन जबसम्म ‘मेसिङ्ग’ खाएको र बिबिक्य,ु इकेबाना (ब्रुनाईको भुरा माछा) मिसिएको आलुदमसँग बियर पिएको । कति छन् , कति भिन्दै स्वाद पस्कने पल्टनियाँ गफहरु चाहे दहशरा कालरात्रीको मारुनी नाँच अथवा, घोडा (एकप्रकारको जुवा) खेलेर धोती न टोपी भएर स्वदेश फर्कने भुक्का लाहूरे । तालिम, जंगल, लडाईका कथाहरुमात्रै नभएर कति छन् मौलिक संझनाहरु पल्टनघरको मेजरमामासँग । भौगोलिक विशेषता अनुसार जीवनदेखि निक्कै रमाएकै हुन् । तर अहिले सबै मिथक लाग्दैछन् ती प्रसंगहरु । मोह भंग हुँदैछ क्रमशः यो बेलायत बसाई पनि । सगोलमा बस्ने अधिकांश नेपाली परिवार, संस्कार तथा समाज भन्दा भिन्न, बेलायतीहरु प्रायः एक्लै बस्न रुचाउँछन् । संस्कार हो सायद । एक्लै रहँदा बुढेशकालमा असक्त हुने हुँदा सरकारले नै यिनिहरुको हेरचाह सुविधाका लागि यस्ताखाले केयर होम्समा बस्ने ब्यवस्था गर्दोरहेछ । यहाँको चलन नै हो । बुढेशकालमा एकप्रकारले परित्यक्ता जस्तै रहने ती वृद्धाहरुलाई एकाध जनाका मात्रै छोराछोरीहरु आउँछन् भेट्न । केहिका आफन्तहरु पनि यदाकदा भेट्न आउँछन् नत्र जन्मदिन या एनिर्वसरीमा डेलीवरी गरि पठाएका फूलका गुच्छा र कार्डहरुमा सिमित पाईन्छन् अपनत्व एवं सम्बन्धहरु । ‘बेलायतको भौगालिक धरातल तथा परिवेशको हिसाबले बेलायत बस्ने नेपाली वृद्धाहरुमा पनि भोलि यस्तरी नै केयर होम्स बस्ने दिन नआउँला र!’ त्यसैले अघि खान्नुमा नानाले जिस्काउनु भएको थियो मेजर मामालाई। खान्नुमा नानाले मेरो कुराको आड लिंदै भन्नुभयो, ‘त्यसैले त रुढीवादी सोच त्याग्नुपर्छ छोरीको घरमा बस्नु हुन्न भन्ने । तपाईलाई कस्ले औंल्याएको छ ? विदेशमा उस्तै परे मन नपरेको मान्छेको घरमा पनि आस्रय लिनुपर्छ । दुःख, बिमार हुँदा हो झन् आफन्त अनि परिवार भन्ने । मलाई राम्ररी थाहा छ । किन मामाले यसो भनिरहनुभएको छ । मामाको आँखामा पनि अहिले त्यहि दृश्य बसेको हुनुपर्छ जो यतिबेला मेरो मष्त्ष्किमा स्पष्ट घुम्दैछ । मेजर बाउकी प्यारी एक्ली छोरी, खान्नुमा नानाले कहिले घर—धन्धाको काम नगरेको तर परदेशमा आफ्नी प्यारी छोरीको अहोरात्री खटाई देखेर पनि मेजर मामा अलिक खिन्न देखिएका हुन् । यहाँ कहाँ पाउनु मेजरकी त्यो छोरीले नोकर—चाकर, त्यो सुखसयल । यति नखटे कसरी तिर्ने पाउण्डमा किनेको घरको किस्ता? नेपाली रुपियाँमा तिनुपर्ने हो र थोरै ! सुखसयल भन्दा पनि मुख्य मुद्धा बेलायतमा, घरको किस्ता तिर्ने हो । बाँकी, एकसरो जेनतेन जीन्दगी त नेपालमा नै आनन्दमयी बित्दो थियो । पुख्र्यौली घर खोटाङ्ग । बेलायत सेनानिवृत भईसकेपछि धरान बस्दै आएका खाईलाग्दो, रातोपीरो यी राई बुढालाई टोलछिमेक सबैले आदरसाथ पल्टनियाँ दर्जा अनुरुप मेजर मामा भनेर सम्बोधन गर्छन । नेपाल छँदा, झिसमिसे बिहान नियमित मर्निङ्ग वाक भ्याएर रमाईलो चौकको परिचित साईंली भुजेल्नीकोमा एककप तातो चिया चुस्कीसँगै जम्मा भएका अन्य दौंतरी बुढापाकाहरुसँग भलाकुसारी गर्थे । अनि, त्यहाँ भेला भएका बुढाहरु साईली भुजेल्नीको संग्राहलयमा राख्न लायक भईसकेको पानासोनिक रेडियोमा बिहानको राष्ट्रिय समाचार सुन्न भ्याउँथे । आफ्नो टोल सुधारकको सर्वसम्मत अध्यक्ष पनि मेजर धनवीर राई । कतिसम्म जाँगरिला भने, टोल सफाईमा देखि छरछिमेकको विहेभोज, जन्ती, मलामी सबै कुरामा अग्रसर एवं अनुभवी समाजसेवी । वहाँको त्यो दिनचर्यालाई फर्केर हेर्ने हो भने निश्चय नै यो अहिलेको बेलायत बसाईमा नत सार्थकता न अनुहारमा खुशीको भाव नै देखिन्छ । सधैं च्याट्ट कपाल कोर्ने फूर्तिला, जाँगरिला मेजर मामालााई नयाँ परिवेशमा न उनले कसैलाई चिनेका छन् नत, बेलायतको चिसोमा मर्निङ्ग वाकमा निस्कन सकिन्छ । बिहानको मर्निङ्ग वाकमा पश्चात् पारिलो घाममा दौंतरी बुढाहरुसँग गफिंदै पिएको साईंली भुजेल्नीको पसलको चियाको चुस्कीको तलतलले सताएको हुनुपर्छ । धेरै समयपछि भेट्न गएको खान्नुमा नानाको परिवार । त्यो रात, नानाले पकाउनु भएको अन्य परिकारहरुसँगै डल्ले खुसार्नी र गोलभेडासँग फत्काएको किनेमाको पिरो अचार र लैला चामलको भात पाँच औंला चाट्दै खाईयो। खाना खाईसकेपछि किनेमा गन्हाएको नभनौं, नेपालबाट आएको किनेमाको मौलिक सुगन्धसँगै त्यो हार्दिकता, मामाको मुखबाट धेरै कुराहरु सुनियो । मामा भन्दै हुनुहुन्थ्यो, यर्थात् त के भने, ‘धरानमा नै पनि यतिबेला तन्नेरी मलामी पाउन छोडियो । विहे बटुलमा पहिलाकोजस्तो रौनकता छैन नत धराने मेलामा । यि, हामी बुढाहरु, त आयौं । भएका जायजेथाहरु बेचेर बेलायतमा किस्ताबन्दीमा घर किन्नेहरुको लर्कोसँगै माटोसँगको सम्बन्ध पनि छुट्दैछ है! हाम्रो लाहूरे समुदाय भएको गाउँ÷टोलमा ।’ खान्नुमा नानाको करले लिएको दवाई र तातो सुपले अलिकति तंग्रिएका मामाले सबैभन्दा घत लाग्दो प्रसंग के भन्नुभयो भने, उहिल्यै हामी भरिया लगाएर पहाड, गाउँ जाँदा भञ्ज्याङ्ग काट्दा, नकाट्दै पल्लो डाँडा गाउँका छिमेकीहरुले समेत फलानाका छोरा आएछ है पल्टन घरबाट भनेर गाउँ नै उज्यालो हुन्थ्यो । टाढाका चेलीहरु पनि ‘माईत’ बोकेर भेट्न आउने क्रम धेरैदिनसम्म रहन्थ्यो । आफन्त, नातागोताहरु उमेर पुगेको क—कस्का छोरीहरु छन—् बा—आमालाई यसो छड्के सुईंको दिन्थे । लागिन्थ्यो, हाटबजार दौंतरीहरुसँग बिनायो बजाउँदै हिंडेका सुम्निमाहरुसँग जुहारी खेल्न । मित्रसेन थापामगरको आवाजहरु सापटी माग्दै गाईंन्थ्यो पल्टनियाँ भाका–‘अव त जाऊँ कान्छी घर, बाटो छ उकाली–ओराली ।’ त्यस्तो रहेन समय । त्यस्तो रौनक रहेन पहाडमा । नयाँ अनुहारहरु भित्रिने अनि पुरानाहरु विस्थापित हुने क्रम यथावतै छ धरानमा । यतिविघ्न आफ्नो थाँतथलोको माया हुँदाहुँदै किन परदेश लागे हुँला, मेजर धनवीर राई आफैसँग पनि जवाब छैन । गोर्खा समान हकका लागि सबै गोर्खाहरुसँगै ऐक्यबद्धता जनाएको वाहेक पल्टनियाँ सोझा राई बुढालाई नत कुनै राजनितिको रंगले छोएको थियो । अवकासप्राप्त अन्य औसत दौंतरीहरु भन्दा आफ्नै गाउँ, टोलको सुधारमा केहि गरौं भन्ने जागरिला, स्वभिमानी विशुद्घ, ‘अर्गानिक’ सोझा यि मेजर राई बुढा । घर छोड्नु अघिल्लो साँझ— पहाडबाट केहि महिनाअघि उपचारका लागि धरान झर्नु भएकी करिब ८५ वर्षिय वृद्धा मेजर मामाकी आमा, छोरा बेलायत जाने खबर सुनेर लोती झुण्डिएको चिम्सो आँखा रसाउँदै राई—चाम्लिङ्ग भाषामा भन्दैहुनुहुन्थ्यो, ‘सिबेउ दोना ताखाते बेलायत सेलायत खामो पहाडदामो काखिम पनि ताछिता र मधेश दान ताबान । आसो खुदामो सोमोपो सोमो देस्दान ताखाते आङ्गामन सुरेङ्गासे । आसो खामो अनुहार खोंमा पनि ओकोङ्गो अन्तिम तिरेहे दोसो सिबेउ?’ (काजी! किन जान्छस् बेलायत÷सेलायत तिमीहरुले पहाडघर छोडेर मधेश झर्यौ । अब दूरदेश नै जाने कुराले मन नजाति लागेको छ । खै! तेरो अनुहार हेर्नु पनि यहि नै अन्तिम हुने हो कि!) घरको सिकुवामा बसेर एक डबका कोदोको निख्खर छनुवा जाँड घुट्क्याउँदै आमा बोल्नुको भएको मातृत्वका शब्दहरु मेजर मामाको कानमा गुञ्जिरहन्छ । पत्नी लालसरी राईनीले घरबारदेखि आफ्नी आमाको राम्रैसँग रेखदेख गरिरहेकी छिन् । स्वास्थ्यका कारण आमालाई जाँड नखानुस् कैंयन पटक संझाए पनि अटेर गर्दै एक घुट्को कोदोको छनुवा जाँडको आमाको तलतल संझेर मेजर मामालाई बेलायत बसाईभन्दा पनि डाँडामाथि अस्ताउनै लाग्नुभएको आमाको संझनाले यो दूरदेशमा मन धेरै पिरोलिरहेको छ । सुुत्न जानुअघि भन्दै थिए मेजर मामा, हामी किराँतहरु नेपालका भूमिपुत्र हौं भन्छौं तर आफ्नो भूमिबाट पलायन भएपछि खै! गाह्रै हुँदोरहेछ देश बोकेर हिंड्न । कहिले कता दुख्छ, कहिले कता दुख्छ । नदेखिने घाउजस्तै । हिजोराति, अबेरसम्म बात मारिएछ । बिहान उठ्दा टाउको दुखिरहेको थियो । ‘इंगलिश ब्रेकफाष्ट बनाएकी छु’ निक्कै फूर्तिसाथ बिहानको खाजा खान बोलाउनुभयो नानाले । हिजो म नानाको घर पुग्दा, सखारै रात्रिकालिन जागिरमा जानुभएको भेना, बिहानै अनिंदो आँखा लिएर ‘गुडमर्निङ्ग!’ भन्दै घर भित्रिनुभयो । विहानै म लण्डन फर्कने भन्ने जानकारी पाएपछि भेनाले कुरा काट्दै भन्नुभयो, ‘सालीसँग धित मरुञ्जेल आँखा त जुधेको छैन, कस्तो आजै जाने कुरा गर्नु भा’को ! बल्ल, बल्ल आउनुभएको बस्नुस् बरु भोलि मेरो छुट्टी छ म ड्रप गरिदिउँला !’ मैले हिजै दोहोरो यात्राको टिकट काटीसकेको जानकारी दिएँ । समय भए भेना पनि निक्कै रसिला र बोल्ने मान्छे तर रातिको जागिरले थकित, सँगै सबैजनासँगको बे्रकफाष्टको धन्धा सकिएपछि,सुत्न कोठातर्फ लाग्नुभयो । मामा फोक्सटनबाट नै प्रकाशित नेपाली साप्ताहिक ‘नयाँ सन्देश’ पढ्न थाल्नुभयो । करिब ३ घण्टाको रेलयात्रा तय गर्नुथियो त्यसैले, हिजो समय मिलाएर काटेको ट्रेन समात्न मैले पनि अबिलम्ब नगरि नाना साथै घरका सबैसँग बिदा लिएँ । त्यसपछिका पछिल्ला दिनहरु म ब्यस्त रहें । एकसाँझ मोबाइलमा मिस कल आएको रहेछ । हेरें, खान्नुमा नानाको रहेछ । धेरै लामो समयपछि पुनः कुराकानी भयो । मिस कल दिनुको कारण अहिले थाहा भयो । मामा अर्को हप्ता शुक्रबार कतार एयरवेजबाट नेपाल फर्कन्दै हुनुहुँदोरहेछ । ‘पार्सल बोक्न नसके पनि केहि मौखिक समाचार छ भने भन्नु नत्र, फेरि खबर नगरि जानुभयो बाबाले भनौलि’, नानाले खुलासा गर्नुभयो । हिजोआज नेपालघरमा फोनबाट नै कुराकानी भईरहेको छ । खास त्यस्तो समाचार केहि नभएको बताएँ । नानासँगको भलाकुसारी गर्दैगर्दा मैले मेजर मामालाई यात्राको शुभकामना दिनका लागि फोनमा बोल्ने ईच्छा जाहेर गरें । मामासँगका छोेटो वार्तालापमा पनि वहाँले धेरै कुरा सुनाउनु भयो । होईन अब बेलायत सरकारले दिने बुढेशकालको भत्ता—सत्ता केहि चाहिएन । उहिल्यै गोर्खाको कत्रो ईज्जत थियो । हिजोआज बरु बढि विषमता पाएँ । बेलायतको यो चक्करले हाम्रो नेपाली धेरे बुढाबुढीहरुले भाषिक समस्यासँगै अन्य धेरै समस्या भोग्दैछन् । आफ्नै माटोमा केहि गर्न नसकेका हामीहरु यहाँ झन् के गरौंला र! खै, जागिर खाने उमेर पनि गयो । दुइएक ठाउँ उमेर सुहाउँदो कोशिस गरेको नानी, घर बसिरहन अल्छि लागेर तर पारा लागेन । सेक्युरिटी गर्न पनि उमेरको हदबन्दी काटि गयो । त्यहिमाथि आफूले भर्ति लगाएको केटाहरुको अण्डरमा पो गर्नु पर्ने एउटा गोदामघरमा पाएको जागिर पनि । गरिन मैले त । साह्ै टाडा नानी त्यहि माथि यो उमेरमा कार चलाउनु पनि हात नै काम्दोरहेछ । भएन, ड्राइभिङ्ग लाईसेन्स पनि पास नहोला यो उमेरमा !। कोशिस नै मर्यो मेरो त । केहिअघि दुइचार दिन त फार्महाउसमा एजेन्सीले धेरै बुढाबुढीहरु लगेको थियो अंगुर टिप्न, आफु पनि त्यहाँ गएको छोरीले त नजानु भनेकी नै हो, चिसोले बाथ बल्झिएर काक्रककुक्रुक झण्डै थला परियो । जिजिविषाको ढाकरसँगै आफ्नो थाँतथलो छोडेर नेपालीहरुको बेलायत आप्रवास पछिल्लो समयमा हवात्तै बढेको छ । बेलायती सेनामा आबद्ध रहेका गोर्खालीहरुको समान हक—हित र अधिकारको लामो लडाई पश्चात् अवकासप्राप्त गोर्खा सैनिक तथा उनीहरुका आश्रितहरुप्रति आवासकालागि बेलायती सरकारले केहि वर्षअघिमात्रै अपनाएको खुला निति भनेको निश्चय नै गोर्खाहरुले बगाएको रगत, पसिना अनि संर्घषको दुई शताब्दीपछिको मूल्यकांनको परिणाम हो । अतः केहि वर्षयता कुटनीतिक निकाय, शैक्षिक तथा रोजगारका लागि भित्रिएका नेपालीहरुको भन्दा बेगल परिचय बोकेका यी गोर्खाली नेपालीहरुको बेलायत आगमन बढ्दो छ । बढ्ने क्रम जारी छ । आफ्नो जागिरको बेलिबिस्तार लगाउनेक्रममा मेजर मामाले प्लमस्टिड, अल्र्डसट लगायत धेरै गोर्खाली बसोबास गर्ने ईलाकाहरुमा यसरी नेपालबाट भर्खर आएका बुढाबुढीहरुले भाषाका कारणले भोग्नु परेको तितो यर्थातसँगै नयाँ परिवेशमा भिज्न नसक्नुले खेप्नु पर्ने सास्ति सुनाउनु भयो । बेलायतको नेपाली समाजभित्रको अर्को संक्रमण रोग—एक नेपाली, अनेक संस्था । आफ्नो थाँतथलो छोडेर मान्छेहरु जब एउटा भूगोलबाट अर्को भूगोल बसाईं सर्छन् उनीहरु चाहे जुनसुकै समुदायका हुन्, आफूसँग आफ्नो शरिरमात्रै स्थानान्तर गर्दैनन् सँगसँगै आफ्नो भाषा, कला र संस्कृति पनि बोकेर लैजान्छन । यो सबै कुराका लागि बेलायतका समग्र नेपालीहरु एकढिक्का हुन जरुरी देख्छु म त, मेजर मामाले चिन्तित स्वरमा सुनाउनु भयो । भएन, भएन हाल बेलायतमा नेपाली विद्यार्थीले भोग्दै गरेको समस्या—दुःखसास्ति पनि कम छ र ! परिचय जे बोकेता पनि, पहिला त हामी नेपाली हौं । टड्कारो देखा परेको फरक संस्कृति तथा बद्लावका कारण नयाँ पुस्ताहरुमा बढदै गएका विसंगतिहरु । जस्टिन विबर तथा ‘लेडी गागा’ सँग रमाउने पुस्ताहरुको जमात । पुराना तथा नयाँहरु पुस्ताहरु माझको सम्बन्धका खाडल । धेरै, धेरै सच्चाईहरुसँगै बेलायत सरकारले दिने अलिकति राहत सुविधासँग वहाँको उमेरभन्दा पनि अन्तरहृदयले सम्झौता गर्न नचाहेको ठम्याए । मेजर मामा भन्दै हुनुहुन्थ्यो, ‘नम्बरी, दौंतरीहरुले लाहूरे बुढोले गफ हाँक्यो भन्ला कान्छी, ‘घुमियो÷हेरियो पुराना ठाउँहरु तर नबस्ने, लोभ पनि रहेन यो उमेरमा ।’ सुविधा खोज्न आउँदा सास्ति पो खोज्न आएजस्तो भईयो । तर, वहाँसँगै आएका अन्य नम्बरी, दौंतरीहरु यसो पनि भन्दै थिए’रे, ‘बेलायतमा नै थपक्क बसि, बसि सरकारी सुविधा पाउण्ड थापेर खाँदै नबसेर किन फिर्ने होलान् यि बुढा नेपाल । त्यस्तो मुलुकमा के फर्कनु आफ्नो देश भनेर, जहाँ राजनीति अस्थिरता, गरिबी समस्यै, समस्या सिवाय केहि छैन । खानेपानीदेखि, बिजुली, बाटोघाटोको असुविधा उस्तै छ ।’ वहाँको अर्का नम्बरी भद्रमान त नेपाल पुगेर पनि भर्खरै बेलायत फर्किनुभयो अरे । अबका बाँकी उमेर नेपालमै बिताउने सुर कसेर हिंडेका बुढा किन फर्किएछन् ? मेजर मामाले भन्नुभएको, श्रीमती बितेपछि एक्लै भएका भद्रमान सबै परिवारसँग उतै नेपाल बसुँ भनेर स्वदेश फर्केको तर परिवारका अन्य सदस्यहरुले उनलाई राम्ररी रेखदेख गरेनन् अरे, पेन्सन मात्रै खोज्ने तर उनको एकांकीपनको मर्म बुझेनन् । त्यसैले नेपाल बस्नुको के औचित्य ? उनी भन्दै थिए’रे, कसैले मलाई वास्ता गर्दैनन् पेन्सनको पैसा खर्च गर्नुभन्दा यहि भत्ता थापेर गुजारा गर्छु । मेजरमा मामाले थप सुनाउनुभयो—‘पेन्सन खाने अर्की पो विहे गरुँ कि! भन्दैछ भद्रमान बुढो यो उमेरमा ।’ मेजर मामाले अझै भन्न छोड्नु भएन, कपाल फुलिसकेपनि आस फुलेको छैन । उहिल्यै बैंश छुट्यो । अहिले घर÷माटो छुट्दै छ । हो, तागत छँदा पो रहर, कर या बाध्यता धेरै कारणले लाहूरे बनेर परदेशी भईयो । बुझ्नै पर्ने त अहिले, राज्यले हामीलाई अवहेलना गर्यो या हामीले राज्यलाई अवहेलना गर्यौ र, रगत, पसिना परदेशमा बगाईरकेका छौं । नेपाल सबै वर्ग तथा जातिको समान राज्य हो भने, समानअधिकार किन नेपालमा नै लडेर नलिने । लश्कर लागेर आईयो बेलायत । यो उमेरमा उप्रान्त भौतारिनुको पनि कुनै औचित्य देख्दिन । पेन्सनले मनग्ये पुगिहाल्छ । पेन्सन नहुनेले पनि खनी—खोस्रि खानै पर्यो चिन्ताको विषय त बरु, परिस्थीति हाम्रो मुलुकको पनि कसो ढिलोचाँडो सुधार नहोला त! तर दुईएक भएका चिन्तकहरु पनि यसरी परदेश लाग्ने अनि मुखमात्रै बजाएर, राष्ट्रलाई दोषेर पनि हुँदैन । मेजर मामालाई राम्ररी थाहा छ, स्वदेश फर्कंदाको पहिलो झड्का त वहाँलाई नेपालको एयरपोर्टमा नै लाग्ने छ । त्यो चिम्सो आँखा, लाहूरे पहिचान—मेजर धनबीर राईको देशभक्ति तथा स्वाभिमानमाथि हावी हुनेछ । निश्चित वर्ग तथा निकायहरुबाट आफ्नै मुलुकको माटोमा अनागरिक सरह गरिने÷गरिएका ब्यवहारहरुले मेजर धनवीर राईजस्ताहरुले बषौं परदेशमा बगाएको रगत—पसिनाले मुलुकभित्र भित्रयाएको आर्थिक लगानीको कुनै लेखाजोखा गरिंदैन । उनीहरुको समुदायलाई पौरखीभन्दा पनि विलासीहरु भनेर अर्थयाईन्छ । यहि कुरालाई जोड दिंदै मेजर मामाले भने, त्यसैले पनि मैले मेरो छोरालाई, ‘लाहूरेका छोराहरु, लाहुरे बन्छन्’ भन्ने मानसिकतालाई उक्साईन । केहि कुराले मत्थर पार्नसकेन मेजर मामाको नेपाल फर्कने निर्णयलाई । अन्त्यमा लामो कुराकानी पश्चात् मेजर मामाले भन्नुभयो, मृत्यु कुर्नकै लागि के बसाई भो परदेश बरु,–‘अव त जाऊँ कान्छी घर, बाटो छ उकाली–ओराली ।’ नत्र, गुमनाम बित्ला बाँकी उमेर बेलायतको चिसो बेनाम कुनै एलर्डली होम्समा । समाप्त । लारा, लण्डन । ))))))))))))))))))))))))))))))))))))))))))))))))))))))))))
Please follow and like us: