माग्दैछ एक अठोट, आफ्नै जगतले आज
भन्दैछ देश बचाऊ, हाम्रै रगतले आज
राष्ट्रको चिन्ह खुकुरी, आफ्नै गर्दनमा हेर !
थामेर राख्न सकेनौं,अन्धो मगजले आज
लिए नि कोही तर्वार ! भए नि अचानो कोही
दर्बार ढल्यो देखेनौ ?उस्कै हठतले आज
चिहान राख्ने यो माटो, साझ हो हामी सबैको
खसेको खाल्डो पुरेर, उठौँ सजगले आज
Please follow and like us: