– कृष्ण प्रसाद पान्डेय
पैले, हिजो, आज सदा मनपराएँ
त्यताबाट चल्ने हावा मनपराएँ
इन्कारको तिम्रो कला मनपराएँ
प्यार , प्यारो नै भो घ्रिणा मनपराएँ
रिस , छल , खिसी सारा मनपराएँ
लुकेको त्यो प्यार खुला मनपराएँ
उज्यालोको निम्ती सबै तड्पिंदैछन्
घाम छेक्ने केश घना मनपराएँ
माया अझै थप्न दूरी राखौं भन्यौ
त्यही साँझ भेट्ने बिदा मनपराएँ
अलि छिटो तिमी राजी भयौ क्यारे !
कता कता !! तडप ज्यादा मनपराएँ
खाएर लाग्ने जहर हो म भन्छु
यो सम्झेरै लाग्ने नशा मनपराएँ ।।
हाल, जेद्दाह, साउदी अरेबिया ।
कृष्ण प्रसाद पान्डेयको फेसबुकबाट साभार ।
Please follow and like us: