– हरि मानन्धर ‘विवश’
एक्लै सागर तर्छु भन्यौ, मरे अन्तै मर्छु भन्यौ
अब देखि आफ्नो शुर, आफै अन्तै गर्छु भन्यौ ।
मत अवाक् जिल्ल पर्दै, तिम्रो साहस हेरि रहेँ
मन मिल्ने अर्कै खोजी, बसाई अन्तै सर्छु भन्यौ ।
मेरो मनको ढोका सधैँ बन्द गर्ने तिम्रो रहर
र त अर्को बास्ना दिने, फूल अन्तै छर्छु भन्यौ ।

मेरो मनको रंग तिम्ले, सुके सरी देखे पछि
चमक दिने बस्तु अर्को, रंग अन्तै भर्छु भन्यौ ।
निर्दयी पो हुँदो रैछ, निर्मोहिको मनै पनि
बीच बाटोमै छाडि मलाई, जालमा अन्तै पर्छु भन्यौ ।
क्याक्मी ९, स्याङ्ग्जा (हाल इजरायल )
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Hari sir please use your own your password now ur password is hari12345 thanks sir for your kind cooperation your name will be in editor list

Leave a Reply:

Your email address will not be published. Required fields are marked *