झुप्रो देउ या महल , माने आमा ! तिमी महान ! 
अर्ति देउ या सराप , जाने आमा ! तिमी महान ! 

दुनियाको नजरमा , भए पनि चरित्रहीन 
जन्म दाता तिमी मेरो , ठाने आमा ! तिमी महान ! 

सारा घृणा सही एक्लै , मेरो निम्ति बाँची रह्यौ 
मेरो भन्नु तिमी मात्रै , छाने आमा ! तिमी महान ! 

भगवान सम्झी पुजें मैले , वेश्य तिमी होइनौ 
कोर्नु बाटो हात तिम्रै , ताने आमा ! तिमी महान ! 

झुप्रो देउ या महल , माने आमा ! तिमी महान ! 
अर्ति देउ या सराप , जाने आमा ! तिमी महान !

सजना गुरुङ
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *