– तीर्थ संगम राई

पगली !
तिम्रो सम्झनामा नरोएको रात छैन
तिम्रो कल्पनामा नडुबेको प्रहर छैन ।

आकाशीदै माथि-माथि मनका बाँधहरु
कहिले बादलका सेता डफ्फाहरु सँग

कहिले समुन्द्रका निलो छालहरु सँग
टाढा-टाढा क्षितिजमा लुकामारी खेल्छ
तिमीलाई पाउने अतृप्त लालसा
मन्दिर, चर्च र गुम्बाहरुमा
भाकल गरी फूलपाती अक्षता चढाउँछु
जन्म-जन्म नछुटिने कशमहरु
फगत नाना भाँति के-के, के-के कुराहरु
मन भरि लेख्छु, मेट्छु अनि फेरि लेख्छु
पगली !
तिम्रो मायाँले मेरो होस ठिकमा छैन
तिम्रो कायाँले मेरो रोष दिलमा छैन ।

मन तरङ्गीत हुँदा जीऊ हलुङ्गो हुदो रहेछ
आँखा भरि बग्रेति सपनाहरु फुर्दो हरेछ
यथार्थमा भन्नु पर्दा आकाश च्यातु जस्तो
धर्ति चिथोरु जस्तो खै ! के-के गरुँ जस्तो
सायद, यसैलाई शब्द अर्थमा प्रेम भन्दो हो
थाहा छैन तिमी प्रतिको आकर्षण हो या प्रेम
थाहा छैन मलाई यो यौन कुण्ठा हो या द्धेष
तर लाग्छ कुनै रोमााचीत गीतहरु गाउँदै
आकाश गङ्गा माथि तारापुाज भन्दा मािथ
नाँचि रहुँ हाँसि रहुँ अनि सदैव बाँचि रहुँ
तर…………………
पगली !
तिम्रो सौन्दर्यमा म मदहोस पक्कै छैन
मेरो यो प्रेम उद्घोषको कुनै प्रमाण छैन ।

कोमल सुन्दर स्निग्ध तिम्रो प्रतिबिम्बहरु
अध्यारो मझेरीमा, साँघुरो जस्केलीमा
हाम्रॊ सुन्दर स्वप्न महलको प्रतिक्षारत
कहिले सावनको झरी बनि
कहिले बशन्तको फुल बनि
टलपल टलपल शीत बनि पात मािथ
हरेक रात कोल्टे फेर्दि हौली बिछ्यौनामा
पहिलो रातको झझल्कोलाई आलो बनाई
मदहोसीका देहलाई हेर्दि हौली दर्पणमा
तर, यथार्थमा म तिमी भन्दा कोशौ टाढा
जहाँ तिम्रो स्मृति भन्दा अरुको कल्पनै नहुने
कर्मभूमिको मैदानमा पौरख गरी रहेको छु
भविष्य कस्ले देखेको छ र ?
तर…………………
पगली !
तिम्रो सम्झनामा नरोएको रात छैन
तिम्रो कल्पनामा नडुबेको प्रहर छैन ।

लेटाङ्ग-७ मोरङ्ग
हाल-नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतार
तीर्थ संगम राईको फेसबुकबाट साभार ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *