– शशी थापा सुब्बा

मैले सुने यसपाली

पहेलै भएर सुन्तलामा फल्यौ रे
मकैको जमरामा निस्क्यौ रे
धानको बालामा लहरायौ रे
खै मलाई धिक्कारयौ भन्ने
कतैबाट सुनिन
खै मलाई सरापेयौ भन्ने


कहीबाट आएन
तिमी बिकट पहराहरुमा
मृत्युसंग लुकामारी गर्दै गर्दा
मा मलमलमा बस्ने रहर बोकेर
बिदेसिने तरखरमा थिए
त्यसैले तिम्रो पुकारहरु
नसुनेको हुनुपर्छ
मुटुछुने तिम्रो चित्कारहरुको
अनुभव नभएको हुनुपर्छ
अंह मैले थाहा पाइन
मेरो बिदाइमा तिमी रोएको
कसैले भनेनन् मलाई
तिमीले मलाई रोक्ने कोशिस गरेको
आज तिम्रो त्याग र बलिदानले
सिचेको धर्ति छाडिसकेको छु
तिमीले दिएको
रगतको रिन देखि
टाउको जोगाएर
भागिसकेको छु
तर मलाई तिम्रो मौन अभिव्यक्ति
ढिलो बुझेकोमा
औडाहा भएको छ
मूल्यांकनको तराजुमा
आफु हलुको भएपछि
कर्त्यब्यानिष्ठ तिमीदेखी
डाहा लागेकोछ
त्यसैले त यसपालिको चैतमा
तिमी गुरास भएर हास्दा
मलाई पोलेको छ
फेरी पनि तिमी चुप लाग्दा
मलाई घोचेको छ
आजभोली त मलाई
यस्तो लाग्न थालेको छ
म जिउदो हुनुको पिडा बोकेर
ओझेलमा परेको बेला
तिमी सहिदको उपनाम पाएर
देशको कुनाकुनामा
विस्तार भएको छौ
आफ्नो स्वरूपदेखि संतुस्त तिमी
मेरो क्रीतिम सास फेराइको उपहास गर्दै
इतिहासका पानाहरुमा हासिरहेको छौ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *