स्वीकार गर्छु 
आज पनि तिम्रै प्रेममा 
मनमुटु फाटेर नायगरा फल्स बनेको छ 
आँशुको अविरल बगाई भित्र 
म दुख्दै , क्षतविक्षप्त हुँदै 
गतिशील बन्दै अगाडी बढी रहेकी छु 
कहिले पापी मन 
सबै बाट खोसेर तिमीलाई
 आफ्नो एकलौटी बनाउने जिद गर्छ 
फेरी मन त्रसित हुन्छ 
तिमीले गरेको घातको आभासमा 
टुक्रिनु छैन भन्छ अचानो बनि 
तिम्रो प्रेममयी खुकुरीको धारमा 
हो म हरपल 
सम्झनाको ताजमहल भित्र हराउन चाहन्छु ,
 बिगतरुपी सगरमाथाको वर्णन गर्न मन पराउछु ,
 अनौठो , आकर्षक 
त्यो अतितमय झुलनबागमा विचरण गर्न मन पराउछु,
 जति ठुलै हुरी बतास चले पनि
 यो प्रेमको पिरामिडलाइ ढल्न दिने छैन भनि प्रण गर्छु
 तर जब तिमी 
वर्तमानको ग्रेट वालमा 
पश्चातापको अग्निमा जल्दै 
म सँग एक मौका माग्छौ
 मेरो प्रेमलाई सार्थक रुप दिने मौका
 मेरो आँशुलाई मोती बनाउने मौका
 मेरो साथ निभाउने मौका
 तिम्रो पुन : उपस्थितिमा 
म फेरि दुख्छु , धेरै दुख्छु
 हाँसो खुशी लुटिए जस्तै असह्य बनि दुख्छु
 प्रेम , माया , बिश्बास , भरोशा 
सारा सारा समबेदनाले त्यागेको 
तिम्रो नाङ्गो मन , नाङ्गो पन 
नाङ्गो पश्चाताप अनि प्रेमलाई
 मेरो वर्तमानले बहिष्कार गर्छ
 वर्तमानमा म भित्र जीवित 
मेरो सारा रगत र ढुकढुकीले 
सारा सम्झना र समबेदनाले बहिष्कार गर्छ
 मात्र बहिष्कार गर्छ !
 निरन्तर बहिष्कार गर्छ !!

sajna gurung
kushma, parbat
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *