उनि अथवा मेरी श्रीमती खिल्खिलाएर हाँसिन । कान्त्,पबित्र्,छलकपट मुक्त हाँसो । मेरो मुटु भित्र भुइचालो गयो ।उन्को हाँसो को लम्-बाइ संगै एक होइन अनेक धक्का पछी धक्का गैरह्यो । मेरो मुटुको धड्कन नै भुइचालोमा परिवर्तन भैदियो ।म डगमगाइ रहे ।मेरो दुइ शब्दको बिश्वासमा उनि जन्म घर छाडेर आइन ।बाबु, आमा, साथि, संगि, पाखा, पखेरा छोडेर आइन ।आफ्नो इतिहास बिर्सेर आइन ।आज म उनि माथी शंका गर्दैछु ।पहिले जस्तो हिजो आज मलाई उनि हाँसे को मन पर्दैन । जुन हाँसो को प्रसंशा गर्दै’तिम्रो मिठो मुस्कान र उन्मुक्त हाँसोले मलाई मोहनी लगायो” भन्दा उनि लाज ले रातोपितो हुन्थिन ।म आफुलाई गर्बित महसुस गर्थे । उन्को त्यै हाँसो र मुस्कान ले मलाई घोच्छ ।उन्को वरपर कोही पुरुष देखियोकी छाति भित्र ह्वारर ह्वारर आगो दन्किन थाल्छ ।म भित्र एकाएक मैदानमा उत्रीएर चुनौती फ्याँक्ने प्रबल इच्छा जागृत हुन्छ । म मा भएको भाले हार्मोनले पोथी लाई आफ्नो निजी सम्पत्ती ठानेर हो कि ? हर पुरुष मलाई बिद्रोहि,प्रतिद्वन्दी झै महसुस हुन्छ । आजकाल मेरो छाती साँगुरिदै छ जस्को साँगुरोपन नाप्ने कुनै यन्त्र छैन । हुंदा हुंदा उन्को हाँसो पनि मेरो छातिमा अटाउन छाडेकोछो जस्को मैले लागी संसार भुलेको थिएँ ।समय को अबिरल प्रबह मा बगेर हाम्रो सम्ब्-न्धले चालिस बसन्त पार गरिसकेको छ । उमेरले मेरो सुझबुझ मा पनि खिया लगाइदिएर हो कि ?बुढ्यौली संगै म भित्र उनि प्रती अबिश्वास झ्याँगिएको छ ।वा मेरो प्रेम संभोग को कमजोर धरातल मा उभिएर हो कि ? उन्माद को अवाशान संगै खहरेको भेलले  झै मेरो सबै भावना हरु बगाएर लगेको छ । वा मेरो प्रेम केवल आकर्षण थियो ।अब यो प्रेम बाट आकर्षण  जन्मन्छ   वा आकर्षण बाट प्रेम ।संभवत यि दुबै एउटै सिक्का को दुइ पाटो हुन ।प्रेम बिना आकर्षण हुँदैन र आकर्षण बिना प्रेम ।म पहिले उन्को दुर्बलतामा सबलता खोज्थे तर आजकाल यस्को बिपरित ।स्त्री जन्य शारिरिक परिवर्तन ले हो कि उनि आजकाल ओछ्यानलाई सुत्ने ठाउँ मात्र ठान्छिन ।तर मेरो पुरुषबादी आँखाले अरु नै कारण खोज्छन ।त्यसैले परपुरुष संग को उन्को हाँसोले मेरो शँका को घेरामा इंट थप्ने काम गर्छ ।उनि मेरो काखमै गहिरो निन्द्रामा सुतेकी छिन तर मेरो आँखामा निन्द्रा ‘यति’झै दुर्लभ देखिन्छ । चुरोट कश सँगै कोठा धुंवारिन्छ ।उनी ख्वाक्क खोकेर कोल्टो फेर्छिन ।आजकाल मलाई उन्को खुशी भन्दा धुम्रपान्,मध्यपान प्यारो लाग्न थालेको छ । अचेल म मा उति ‘इन्टेरेस्ट्’ देखाउँदिन उनि ।फेरी को होला जो संग उनि यती स्वच्छ्न्द हाँसो हाँस्दै थिईन ।म जती जती सोंच्छु शंकाको पासो मेरो अस्तित्वको गलामा उति कस्सिदै जान्छ ।म निस्सासिन्छु । आधै बाँकी भएको चुरोटलाई निर्ममतापूर्वक एस्ट्रेमा ठोस्दै ध्यान अर्कै तिर मोड्ने यत्न गर्छु ।

            उति बेला मैले  उन्को हाँसोको आफ्नो मष्तिस्क को शब्द्कोश मा भएसम्मको रंगिन शब्दहरुले तारिफ गरेको थिएँ ।बस-न्ती फुल्,कोइली को कुहु कुहु देखी नौलाखे तारा सम्म लाई मेरो दलिल दरो बनाउन गुहारेको थिएं । हुन पनि हर पल उन्को ओठ मा मन्द मुस्कान छाएको हुन्थ्यो जसलाई म मोनालिसा संग तुलना गर्थे ।मेरो कसिमा उन्को हाँसो सधैं मोनालिसा भन्दा अव्वल दरिन्थ्यो । झन उन्को उन्मुक्त शैली को हाँसो ले त म लठ्ठै हुन्थे मन्त्र मुग्ध हुन्थे । उन्को हाँसोले मेरो अन्तरमन मा काउकुती भित्र्याँउथ्यो । हजारौं रोमान्टिक पुतली हरु उड्थे ।समय संगै  उन्को हाँसो फेरिएको थिएन ।परिवर्तनको अजिंगरले मलाई निलेको थियो । मेरो नियत को सुर्यमा कहिल्यै नछुट्ने ग्रहण लागिसकेको थियो ।म उनलाई सधै हाँसेको हेर्न चाहन्थे । पहिले मेरो चाहाना निसर्त हुने गर्थ्यो भने आजभोलि पु-र्बाग्रह जोडिन थालेको छ ।उनी मेरो लागी मेरो अगाडी मात्र हाँस्नु पर्छ ।जुन हाँसोमा मैले आफ्नो संसार भेटें ,आफ्नो घरबार बसाएँ । त्यै हाँसो मलाई  आजकाल बिझाउन थालेको छ । कुनैबेला उन्को सामिप्य मात्रले मेरो रक्त धमनिमा नजानिदो तवरले ताप र दवाब बढाउँथ्यो ।उन्को मन्द मुस्कानमा म निमेस मै गलेर ढल्थे ।उन्को हाँसो बाहेक संसारका  हर दृश्य वा बस्तु म बाट कोशौ टाढा बसोस भन्ने लाग्दथ्यो । त्यै हाँसो त्यै सामिप्य आजकाल चिसो,गतिहिन्,निर्जिब्,निरस लाग्छ । हिजोआज त्यो जिवनदायिनी मुस्कान ले मलाई उकुसमुकुस तुल्याउँछ ।उन्को हाँसो ले बेहिसाब गिज्याए झैँ लाग्छ । कुनै समय यस्तो पनि थियो । उन्को फरक फरक शैलिको हाँसो मैले आफ्नो नेत्रको क्यामेराले दिल्को एल्बम मा कैद गर्दा गर्दै कती खेर म नै उन्को प्रेमको कैदी भएँ अझै मेरो लागी अनुसन्धान कै बिषय छ ।संभवत कुनै पनि खाले बिश्लेषण्,खोज्,वा आबिश्कारले खुट्याउन नसक्ला ?आज म त्यै हाँसो को दुश्मन हुँदै छु । मेरो राक्षसी पन्जा उन्को मुटुमा गड्दै छ भन्ने उन्लाई के थाहा ? मैले अघोषित भुमिगत युद्द छेडिसकेको छु ।उनी अझै अन्जान बेखबर छिन ।म उन्को त्यो हाँसो लाई कुनै पनि मुल्य र मान्यतामा रोदनमा परिवर्तन गर्ने योजना बुन्दैछु ।मलाई उनि रोएको,मेरो अगाडी घुँडा टेकेर बिन्ती गरेको देख्न मन लाग्छ ।मेरो मन मा हजारौ हिट्लर ले जन्म लिइसकेको छ ।आफुलाई संसार कै क्रुरतम ब्यक्ती भएर उन्को हाँसो मा भर्खरै धावा बोलुं झै लाग्छ । तर म सही समय को प्रतिक्षामा छु ।म उन्को हरेक उम्कने बाटो बन्द भएको हेर्न चाहान्छु ।मलाई उन्को ‘टोटल डिफिट्’ भन्दा एक रत्ती भर पनि कम सफलता मन्जुर छैन । मैले उनिलाई उन्ले चाहेको,रोजेको,खोजेको दिने बाचा गरेर उन्को स्वतन्त्रता खोसें पनि मैले उन्ले मलाई कस्तो देख्न चाहेकी छौ भन्ने सोधपुछ गरिन ।सधैं मैले यो लगाउ,यसरि बोल आदी मात्र भनिरहे ।मैले उन्लाई हरपल हरघडी मेरो कोण बाट हेर्न चाहे ।उनिले मेरो हर माग को बिना प्रतिकार अनु-सरण गर्दै ग-ईन ।बलिदान पछी बलिदान पाइला पाइलामा बलिदान ।आज म हदै सम्म तल झरेको छु ।उन्को एकमात्र पहिचान जस्ले उनिलाई मेरो आँखामा बसायो’उन्को हाँसो’ त्यस्लाई पनि ध्वस्त्,निमिट्यान्न पार्ने उत्कठ कलुषित इच्छाहरु मन भित्र मडारिदै छन ।उन्को हाँसो लाई म हिरोसिमा र नागासाकी भएको हेर्न चाहन्छु ।बिध्वंसित भएर भाताभुङ छताछुल्ल भएको देख्न चाहान्छु ।उन्को त्यो हाँसो जलेको अमिलो धुवाँ फोक्सो भित्र स्वररर तान्न चाहन्छु र च-रम आनन्दको अनुभुती गर्न चाहन्छु ।कुनै दिन मैले उनिलाई मेरो प्राण भनेको थिएँ आज म स्व-हत्यामा उद्दत छु । कन्परोको कपाल फुल्दै जाँदा पनि मैले उन्लाई हेर्ने दृटिकोण बदल्न सकिन ।उनि प्रेमिका बाट श्रीमती अनि बुहारि,भाउजु हुँदै आमा मा सजिलै रुपान्तरित भ-ईन तर म भने लोग्ने को लोग्ने  रहेँ ।मेरो मन भित्रको आक्रोश त्यसैको परिणाम हो ।’घोडा र लोग्ने मान्छे कहिल्यै बुढो हुँदैन्’ साच्चै हो ।एक पछी अर्को सन्तानको आगमन संगै उनिको समय बाडियो ।भान्सा देखी करेसाबारि,केटाकेटिको अनेकौ माग र आवश्यकता संगंसंगै सासु ससुरा को सेवा,उन्ले आफ्नो लागी कहिल्यै आफ्नो समय छुट्ट्याइन ।रात बिरात आफ्नो मुटुको टुक्रा च्यापेर मेडिकल्,धामी झाँक्री,मठ मन्दिर धाइन कि ? मेरो घर बसाल्न उन्ले एक पछी अर्को आफ्नो चाहानाको बलिदान दिदै ग-ईन ।बैंश्,परिवार्,रगत्,दिनरात्,आँसु हाँसो सर्बस्व मेरो पोल्टा मा हालिदिईन ।हरिश्चन्द्र पनि उनि भन्दा बढी दानी थिएन होला । म दुर्घटना मा परी जिवन मरण को दोसाँध मा हुँदा उनि रुनु सम्म रोएकी थिईन ।उन्कै त्याग तपस्याले म बाँचेको थिएँ ।उन्को उदाहरणिय समपर्णको च-र्चा अस्पताल भरी चलेको थियो ।सबैले मलाई भन्थे तिमी त साह्रै भाज्ञमानी रहेछौ । तर  मेरो मानसपटल बाट यावत कुरा हरु मेटिइ सकेको छ ।मानिस को सम्झने भन्दा बिर्सने शक्ती चिताउनै नसकिने गरी बढी हुन्छ ।  म समय को उहि बिन्दु मा उभिएकोछु । म उनिलाई मेरो श्रीमती मात्र  भएको हेर्न चाहान्छु ।भ्-लै  म तीन तन्देरी तरुनी छोराछोरी को बाउ किन नहोस । उनिले केवल मलाई समय देओस भन्ने चाहन्छु । मानसिक वा शारिरिक तवर ले मलाई मात्र सन्तुष्टी प्रदान ग-रोस भन्ने ठान्दछु ।उन्को शारिरिक मानसिक स्थितिको म किंचित पर्बाह गर्न्दिन ।  म कती निर्द-यी ।मेरो अनुकुल नलागे म उन्को एक मात्र सम्पत्ती त्यो हाँसो पनि खोसेर त्यसलाई आफ्नो पाइला मुनी थिचेर कुरुप बनाउन चाहान्छु ।उन्को त्यो हाँसो पछाडी कती पिडा होलान मैले कहिल्यै बुझ्ने कोशीश गरिन ।उन्को हरेक पक्षलाई मैले मेरो निजी सम्पत्ती ठाने ।सम्पत्ती निर्जिव बस्तु हो त्यसैले संबेदनाको हेक्का राख्ने कुनै पहल गरिन । सन्तान देखी सम्पत्ती सम्म मेरै हक स्थापित गरेर पनि मलाई पुगेको छैन । उन्को माया सन्तान्,परिवार समाज गर्दै फराकिदैं गयो ।मेरो सांगुरिदै । ।म झन भन्दा झन ‘पोजेसिफ्’ हुँदै गएं ।मैले धेरै सो-चें धेरै गमे ।उनिलाई कसरी तल खसाल्ने ।उन्ले आफ्नो अथक प्र-यास बाट परिवार समाज मा एउटा स्थान बनाइसकेकी थिइन उन्को पराजय त्यती सजिलो छैन ।सन्तानले पनि मेरो साथ नदिन पनि सक्छ ।मैले आफ्नो जाल होसियारी पूर्वक सही समय र स्थान मा ओछ्याउनु पर्छ ।

                 बचेराहरु गुँड बाट पँख लगाएर दुर गगन मा बिचरण गरिसकेको  छ। त्यसैले होला उन्को हर श्वास प्रस्वासमा निस्सिम आत्मसन्तुष्टी को प्रबाह देख्न सकिन्छ  ।थकित बटुवाले शितल चौतारी भेटे झैँ उनि सुस्ताउँदै छिन ।मेरो सुरक्षित खोकिलामा ? । उफ्! उन्को निर्दोष आँखाहरुले मेरो मनको कालो पढ्न सकेको छैन ।षडयन्त्र छाम्न सकेको छैन । मैले उनिलाई हराउने हर उपायको सुक्ष्म अध्यायन पश्चात एउटै निष्कर्ष निकाले च-रित्र हत्या ।उन्को त्यो कन्चन्,स्निग्ध छाबिमा कालो पोत्ने ।यो भन्दा अचुक हतियार कुनै हुनै सक्दैन ।यो नै निर्बिकल्प उपाय हो ।पुरुषबादी समाजमा स्त्री ले नै हर युग मा अग्निपरिक्षा दिदै आएको छ ।म पनि उन्लाई आगोमा होम्दै छु ।चलिस बर्ष पछी जब मैले उन्लाई अबिस्वासको कट्घरामा उभ्याउँदा उन्लाई कती पिडा होला ? अकल्पनिय पिडा ।त्यो पिडा उन्को आँखामा देख्न चाहान्छु । चार दशक अघी मैले स्वर्णिम भबिष्यको सपना देखाएर उन्को स्वतन्त्रता खोसेको थिएँ ।फलस्वरुप उन्को उन्मुक्त हाँसो मेरो घर को भित्ता भन्दा बाहिर जान नपाएर बि-स्तारै परिवार को जिम्मेवारी सँगै नेपथ्य मा पुगेको थियो ।आज त्यो फेरी पर्दा अगाडी आउँदै थियो ।उन्ले सोच्दै होली अब खुलेर हांस्छु ।तर अफसोस उन्को आकांक्षामा तुषारापात हुँदैछ ।उन्को हाँसोको उल्टो गन्ती शुरु भैसकेको छ ।अब मैले सदाका लागी उन्को हाँसो को घाँटी निमोठ्ने निर्णय गरी सकेको छु ।जती नै उपमा दिएर स्त्रीलाई आकाश मा उचाले  पनि स्त्री पुरुष को सम्ब्-न्ध ओछ्यान ले तय गर्ने रहेछ । ओछ्यान तात्न छाडे पछी उन्को उपयोगिता पनि समाप्त हुँदैछ ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *