– समदर्शी काइँला
अहा ! कत्ति मीठो पुराकथाको भूत अभिभूत
समय सन्त्रासको हाउगुजीले
निलिन्छु म अधपिल्टो
म्
अनि नी अस्तित्वको दाबीमा-
शब्दब्रह्मको घुङ्रिङ खिप्छ रातभर भुइँफुट्टा कवि !

र तिगेनजोङ्ना काँसकोथालमा
यसपल्ट छेतछेती जोखना बक्छिन् -प्रतिरङ्ग !
‘बाघ’ -धर्मेन्द्र बिक्रम नेम्बाङको ।
इतिहासमा एटलान्टिस टापू बिलाएकै दिन
समुद्रको रङ्ग बदलेको ठूलो साँझ
मीठास वर्तमान ‘रुपान्तरण’!
मेरो भावनाको राजकुमारी !
स्फिङ्स बेलुकी बनेपिछ-
म काफ्काको किरो बिहान बनंे
अर्काे पुस्तालाई वापतको भान सोझै हस्तान्तरण !
चिद्वैम्यताको अन्तिम फैसला !
बहुरङगगताको सर्वाेच्च अदालतमा-
आज म मान्छेको हलुको मृत्यको दिन सुनाउँदैछु ।
भविष्यकथनको भवसिन्धु !
एक फोक्टो अन्तरीप जिवन उबारेर
अभिसारिकाको अनन्त खोजाइ र पर्खाइमा
अनि उँभौली बसिबसाइ ! सिसिफस काइँला भेडाबाख्रा चराउँदैछ………
भू-गोलको बर्फिलो पहाडमा
जिजीविषा र जिगमिषाको न्यानो मफलरले
जाडो छल्दै छल्दै
फुङ्वानामा,फुङ्लेतीमा,फुङ्अम्लामासित
लालीगुराँसको प्रेम रोप्दै
प्रेमको लालीगुराँस रोप्दै
जिवनको चिसो नीलो लय !
हेत्रुङ बनेर भीरपहराबाट-हाम्फाल्दै निरन्तर बग्छ……….
एक फोक्टा अन्तरीपमा पुग्न
एजक्सको बित्थैको आँट
आदीनवको चहकिलो प्रतिरङ्ग !
अहा ! कत्ति मीठो पुराकथाको भूत अभिभूत
समय सन्त्रासको हाउगुजीले
निलिन्छु म अधपिल्टो
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *