जन्म दियौ आमा तिमि
चराचुरुगिं नदिनाला संग मितेरि गास्दै
बाल्यकालमा माटोलाई चिनाऔ आमा तिमि
फागुनको हुरि नभनि साउनको भेल सगैं
जुध्न सिकाउने तिम्रा ति पौरखि हातहरु
सन्तानले दिएको दुखसगैं
अटुट सन्तानकालागि रुकेका छैनन ति पौरखि हातहरु
हिजो तिमिले माटो चिनाएर हुर्काएका सन्तानहरु
आज तिमिमाथि उल्टै ब्रजपात गर्दैछन
तिमिले दिएका शिक्ष्ँदिक्ष्ाँ असलकुराहरु
धेरै सन्तानहरुले धुलोमा मिलाइरहेका छन ।
आफना सन्तानहरुले आफुलाई केहि गर्लान भन्ने तिम्रो सोच
आज बालुवामा पानि खनाएसरि भएको छ
बुद्धलाई जन्म दिने प्राण प्यारि मेरि आमा
तिमिमाथि नै अशान्तिको बिजारोपण भएको छ ।
आमा तिमिले सिकाएका अशल कुराहरु
अझैपनि मेरो मानशपटलमा ताजै रहेका छन
तिमिले दिएका उपहार कोशेलिहरु
मेरो मुटुभित्र सजिएर बसेका छन
मलाई माफ गर मेरि आमा
तिम्रो आग्रहलाई सहन मान्न नसकेकोमा
बरु खुसि हुनु तिमि
हजार सन्तान मध्ये,असल सन्तान जन्मदिएकोमा
हो , तिमिले सधै भन्न्ो गथ्र्यौ
आफना पौरखि हातहरु आफनै माटोमा उपयोग गर्नु
तर,
म विवश छु आमा ,तिम्रा ति कपुत सन्तानहरु
जसले
म जस्ता सयौ अशल सन्तानहरुलाई
तिम्रो काखबाट टाढा पुरयाएकाछन।
हामि प्रतिका तिम्रा माया ममताहरु च्ुाडाएका छन
सन्तानको विछोडमा तिमि कहिल्यै नआत्तिनु आमा
किनकि
तिमिले शत्रुसगं जुध्न सिकाएका बाटाहरु र
मित्रसगं गास्न सिकाएका सम्बन्धहरु शिरोपर नै छन।
बरु,
तिम्रो अगाध प्रेमले मलाई दिनहु सताएको छ
विदाइका अन्तिम पलहरुमा झरेका तिम्रा ति आशुहरु
रोदनसरि मुटुमा बगेका छन ।
आमा,
आकाशका तारा र जुन सगैं मलाई हेरि बस्नु
एकदिन तिम्रो सन्तान पुष्प सुगन्ध सगैं
तिम्रै काखमा सदाको लागि सारथि बन्न आउनेछु
पौरखि हातहरु आफनै जन्मभुमिमा लगाउनेछु ।
बु्रज,बेल्जिएम
२०६७ बैशाख १