-सञ्जय जुग्जाली
नबोल्ने सँग बोल्नु पनि हुन्न रे,
मनका कुरा खोल्नु पनि हुन्न रे।
न त तिमीले दियौ न मैले लिए,
नदिएको कुरा लिनु पनि हुन्न रे।
तिमीलाई कस्तो छ मैले त सोधे
सबै भन्छन सोध्नु पनि हुन्न रे।
दिल दुखिरहेछ आशु झरिरहेछ,
कस्तो अच्म्म रुनु पनि हुन्न रे।
Please follow and like us: