– लारा

जून पोखिएको रात
तिम्रो अंगालोको साथ
ओ प्रिय !
सारा याद त्यहि छ…………..

त्यहि हो आँगन
चोक त्यहि छ
छैनौ केवल तिमी !
शोक त्यहि छ ।

शहर त्यहि हो
कोलाहल त्यहि छ
छैनौ केवल तिमी
सन्नाटा त्यहि छ ।

ओ प्रिय!
सारा याद त्यहि छ…………………

छैन केवल,
तिम्रा चंचल पाउहरु
तिमीले छोडेका
डोबहरु त्यहि छ ।

विश्वास रहेन
तिम्रो उप्रान्त !
यादहरु तैपनि,
अझै त्यहि छ

जून पोखिएको रात
तिम्रो अंगालोको साथ
ओ प्रिय !
विस्मात त्यहि छ ।

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *